
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–१ र पाल्पाको रम्भा गाउँपालिका–१ को संगमस्थल उत्तरवाहिनीमा सञ्चालन भैरहेको उत्तरवाहिनी महामेला तथा दामोदर धर्मोत्सव–२०८२ मा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगिताको उपाधी सुवास पौडेलले जित्नुभएको छ ।
अन्य ६४ जना प्रतिस्पर्धीलाई पछि पार्दै पर्वतको मोदी गाउँपालिका ७ मा रहेको पशुपति माविका पौडेलले उपाधि जित्नुभएको हो ।
श्री कालीगण्डकी गुरुकुलम, उत्तरवाहिनीको आयोजनामा भएको प्रतियोगितामा कालीगण्डकी गुरुकुलमका राघब बस्याल दोश्रो तथा कपिलवस्तु विद्यामन्दिर वाणगंगाकी श्रद्धा घिमिरे तेस्रो हुनुभएको छ ।
यस्तै प्रतियोगितामा पाँच जना सान्त्वना हुनभएको छ । जसमा परमानन्द स्मृति वैदिक विद्या मन्दिर, चितवनका श्रीकृष्ण न्यौपाने, भू पू सैनिक राइजिङ आवासीय मा वि , रामपुर पाल्पाका डिप्लब सेन, काजिमान हरिटिका मावि पुतलीबजार स्याङ्जाकी रितिका केसी, चिराग आवासीय मावि गल्याङकी प्रकृति पाण्डे, र सरस्वती मावि, वालिङ १३ का शंकर न्यौपाने सान्त्वना हुनुभएको हो ।यसैगरी, प्रोत्साहन पुरस्कार जगन्नाथ मा वि सुनवल १२, भुमही, नवलपरासीका प्रशंसा महतोलाई प्रदान गरिएको कार्यक्रम संयोजक तथा निर्णयक संयोजक डाक्टर तुलसी प्रभास खनालले जानकारी दिनुभयो ।
शनिबार हरिबोधनी एकादशीको दिन प्रतियोगिता सञ्चालन गरिने भनिएपनि प्रतिस्पर्धी धेरै भएपछि आइतबार समेत प्रतियोगिता संचालन गरिएको आयोजक समितिले जानकारी दिएको छ ।प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट कक्षा ७ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी भएको निर्णायक समितिका संयोजक प्रभासले जानकारी दिनुभयो ।
प्रतियोगिताको विषय “उत्तरवाहिनी, कालीगण्डकी र शालग्रामको महत्व” रहेको थियो । उत्तरवाहिनी क्षेत्रस्थित कालीगण्डकी गुरुकुलमको पाल्पा तर्फको हलमा सञ्चालन भएको प्रतियोगितामार्फत विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतना अभिवृद्धि गर्न र वक्तृत्वकला तथा आत्मविश्वास विकासमा योगदान पु¥याउने उद्देश्य राखेको जनाएको छ ।
६५ जना प्रतिस्पर्धि रहेको प्रतियोगितामा उत्कृष्ट वक्तालाई आकर्षक नगद पुरस्कार प्रदान गरिएको छ ।विजेताहरुलाई प्रथम पुरस्कार रु ३१,०००, द्वितीय पुरस्कार रु २१,०००, तृतीय पुरस्कार रु ११,००० तथा सान्त्वना पुरस्कार पाँच जनालाई जनही रु ५,१०० प्रदान गरिएको हो ।
प्रतियोगिताको आयोजना उत्तरवाहिनीमा रहेको श्री कालीगण्डकी गुरुकुलमले गरेको हो ।
प्रतियोगितामा निर्णयक संयोजक डाक्टर तुलसी प्रभास खनाल रहनुभएको थियो भने निर्णायकहरुमा सुस्मा पौडेल र आचार्य भागवत रहनुभएको थियो ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया