
१फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
६पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८फेरि किन भयो ग्यास अभाव ?
९सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१०सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–१ र पाल्पाको रम्भा गाउँपालिका–१ को संगमस्थल उत्तरवाहिनीमा सञ्चालन भैरहेको उत्तरवाहिनी महामेला तथा दामोदर धर्मोत्सव–२०८२ मा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगिताको उपाधी सुवास पौडेलले जित्नुभएको छ ।
अन्य ६४ जना प्रतिस्पर्धीलाई पछि पार्दै पर्वतको मोदी गाउँपालिका ७ मा रहेको पशुपति माविका पौडेलले उपाधि जित्नुभएको हो ।
श्री कालीगण्डकी गुरुकुलम, उत्तरवाहिनीको आयोजनामा भएको प्रतियोगितामा कालीगण्डकी गुरुकुलमका राघब बस्याल दोश्रो तथा कपिलवस्तु विद्यामन्दिर वाणगंगाकी श्रद्धा घिमिरे तेस्रो हुनुभएको छ ।
यस्तै प्रतियोगितामा पाँच जना सान्त्वना हुनभएको छ । जसमा परमानन्द स्मृति वैदिक विद्या मन्दिर, चितवनका श्रीकृष्ण न्यौपाने, भू पू सैनिक राइजिङ आवासीय मा वि , रामपुर पाल्पाका डिप्लब सेन, काजिमान हरिटिका मावि पुतलीबजार स्याङ्जाकी रितिका केसी, चिराग आवासीय मावि गल्याङकी प्रकृति पाण्डे, र सरस्वती मावि, वालिङ १३ का शंकर न्यौपाने सान्त्वना हुनुभएको हो ।यसैगरी, प्रोत्साहन पुरस्कार जगन्नाथ मा वि सुनवल १२, भुमही, नवलपरासीका प्रशंसा महतोलाई प्रदान गरिएको कार्यक्रम संयोजक तथा निर्णयक संयोजक डाक्टर तुलसी प्रभास खनालले जानकारी दिनुभयो ।
शनिबार हरिबोधनी एकादशीको दिन प्रतियोगिता सञ्चालन गरिने भनिएपनि प्रतिस्पर्धी धेरै भएपछि आइतबार समेत प्रतियोगिता संचालन गरिएको आयोजक समितिले जानकारी दिएको छ ।प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट कक्षा ७ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी भएको निर्णायक समितिका संयोजक प्रभासले जानकारी दिनुभयो ।
प्रतियोगिताको विषय “उत्तरवाहिनी, कालीगण्डकी र शालग्रामको महत्व” रहेको थियो । उत्तरवाहिनी क्षेत्रस्थित कालीगण्डकी गुरुकुलमको पाल्पा तर्फको हलमा सञ्चालन भएको प्रतियोगितामार्फत विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतना अभिवृद्धि गर्न र वक्तृत्वकला तथा आत्मविश्वास विकासमा योगदान पु¥याउने उद्देश्य राखेको जनाएको छ ।
६५ जना प्रतिस्पर्धि रहेको प्रतियोगितामा उत्कृष्ट वक्तालाई आकर्षक नगद पुरस्कार प्रदान गरिएको छ ।विजेताहरुलाई प्रथम पुरस्कार रु ३१,०००, द्वितीय पुरस्कार रु २१,०००, तृतीय पुरस्कार रु ११,००० तथा सान्त्वना पुरस्कार पाँच जनालाई जनही रु ५,१०० प्रदान गरिएको हो ।
प्रतियोगिताको आयोजना उत्तरवाहिनीमा रहेको श्री कालीगण्डकी गुरुकुलमले गरेको हो ।
प्रतियोगितामा निर्णयक संयोजक डाक्टर तुलसी प्रभास खनाल रहनुभएको थियो भने निर्णायकहरुमा सुस्मा पौडेल र आचार्य भागवत रहनुभएको थियो ।

प्रतिक्रिया