
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत ।बेमौसमी बर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेपछि पर्वतका कृषकहरु चिन्तित भएका छन् । सोमबारदेखीको लगातारको बर्षाका कारण पाकेर थन्काउन लागेको खेतीमा नोक्सान पुगेपछि मेहनत र लगानी खेर जान लागेको भन्दै कृषकहरु चिन्तित भएका हुन् । जिल्लाका अधिकांश स्थानहरूमा लगाइएको धान बाली करिब पाक्ने अवस्थामा पुगेको छ । कतिपय स्थानमा धान काट्ने बेला भएको भए पनि कृषकहरूले तिहारपछि काट्ने गरी चाडबाडमा व्यस्त भएका थिए। मङ्गलवारको वर्षाले कतिपय स्थानमा काटेर सुकाइएको धान भिजाउने, निहिनमा नै धान झार्ने, पराल भिज्ने भएको छ। नकाटेर खेतको गह्रामा नै ठाडो अवस्थामा रहेको धानमा वर्षाले खासै क्षति नगरेको भए पनि सोमबारको हावाले भने धान ढलाएर क्षति भएको छ। वडाभित्रका करिब १ सय ५० रोपनी खेतमा रोपेको धानमा हावापानीले नोक्सानी पुर्याएको बिहादी गाउँपालिका वडा नं.२ बराचौरका कृषक तथा बाच्छाबोट कृषक समुहका अध्यक्ष रामप्रसाद पराजुली जानकारी दिए । १ सय ५० रोपनी खेतको खायन धान र ६० रोपनी खेतमा लगाएको बीउँ धानमा क्षति पुगेको उनको भनाइ छ ।
फलेवास नगरपालिका–४ मुडिकुवाका कृषक रघुनाथ गौडेलले आफूले लगाएको हाइब्रिड जातको धान नढलेको भए पनि स्थानीय जातका धानहरू भने ढलेको बताए। हाइब्रिड धान खासै अग्लो नहुने भएकाले क्षति कम भएको तर अग्लो पराल भएका स्थानीय जातका धान भने खेतमै लडेको उनको भनाइ छ।
सातबीसे, बाह्रबिसे, नौबिसे, सेरा लगायतका फाँटमा धान ढलेको छ। हाइब्रिड जातको छोटो पराल भएको धान त खासै ढलेको छैन। लामो पराल भएको एक्ले, जेठ बुढो, गुडुरा जस्ता जातका धान खेतमै लडेका छन्’, उनले भने, ‘लगभग २० गतेभित्रमा काटिसक्ने धान हो। १० दिन अगाडि नै ढल्यो। कतिपय धान फूल खेल्ने बेलामा नै ढलिसकेको अवस्था छ। त्यो बेलामा त गेडामा चामल पसेको पनि हुँदैन। पराल पनि काम लाग्दैन। ढलेको धान झन् पानी परेपछि त्यही पानीले कुहाउँछ।’
बेमौसमी बर्षाका कारण पर्वतमा कृषकहरुले लगाएको हाइब्रिड धानमा बढी क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतकी सुचना अधिकारी तथा बाली संरक्षण अधिकृत सोविता सुवेदीले जानकारी दिइन् । काटेर सुकाएका निहिन भिजाएको भन्दा हावाले ढलाएका सूचनाहरू बढी आएको र त्यसमा पनि स्थानीय जातका धानहरूमा बढी क्षति भएको कृषकहरूले बताएको सुवेदीको भनाइ छ।
ढलेको धानको बाला झर्ने, पराल कुहिने, बाला कुहिने जस्ता समस्या पनि आउँछन्। लोकल जातका धान काट्ने बेला नभइसकेकाले अधिकांश ठाउँमा धान ठाडो अवस्थामा रहेको छ।’ पैंयु र बिहादी गाउँपालिकामा बढी मात्रामा हाइब्रिड धानमा क्षति पुगेको कृषकहरुले जानकारी गराएको बताउदै कृषि ज्ञान केन्द्रबाट क्षतिको मुल्यांकन गरेर राहत उपलब्ध गराउने उनले बताइन् । मौसमको अवस्थाका बारेमा बुझेर मात्रै धान सहितका अन्य बाली भित्राउने र लगाउने तयारी गर्नुपर्ने सुवेदीको भनाइ छ।
यसैबीच पैंयु गाउँपालिका र बिहादी गाउँपालिकाले मौसमजन्य विपत्तिबाट भएको क्षतिको संकलन गरि कृषकहरुलाई राहत उपलब्ध गराउने भएका छन् । पालिकाहरुले सुचना जारी गरि पालिलाभित्र धानबालीको क्षतिको यथार्थ विवरण संकलन गरि कृषकहरूलाई राहत उपलब्ध गराइने बताइएको छ ।



१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया