
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
सिरहा । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको बताएका छन् ।मन्त्री गुप्ता आज आफ्नो गृहजिल्ला सिरहाको भ्रमणका क्रममा जेनजी समूह लहानले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा देशभर नीतिगत भ्रष्टाचार व्यापक बनेको र त्यसकै परिणामस्वरूप जनतामा असन्तुष्टि र विद्रोहको भावना बढ्दै गएको बताए ।
‘शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै क्षेत्रको उचित विकास नहुनुको मूल कारण नीतिगत भ्रष्टाचार नै हो’, मन्त्री गुप्ताले भने, ‘यही भ्रष्टाचारको अन्त्यका लागि भएको जेनजी आन्दोलनमा युवाहरूले बलिदान दिनुपर्ने स्थिति आयो ।’ उनले जेनजी आन्दोलनलाई पनि भ्रष्टाचारको अन्त्य र रोजगारी सिर्जनाका मागमा केन्द्रित जनआन्दोलनको रूपमा व्याख्या गरे ।
यो आन्दोलनले युवाको आवाज र चाहना स्पष्ट रूपमा देखाएको छ’, उनले भने, ‘अब सरकारले युवाको सोच र आकांक्षाअनुसार नीति बनाउनुपर्छ ।’मन्त्री गुप्ताले लहानमा रहेको खेलकुद क्षेत्रका पुराना विवाद र नीतिगत अनियमितताको विषयमा पनि चर्चा गरे । उनले बलान पुल नजिकको लहान खेलकुदको सात बिघा पाँच कट्ठा १७ धुर जग्गाको उचित मूल्य नउठेको र त्यसमा पनि नीतिगत भ्रष्टाचार भएको बताए ।
‘यो प्रकरणको फाइल म आफैंले खोजी गरिरहेको छु’, उनले भने ।गृहजिल्ला आएको अवसरमा मन्त्री गुप्ताले लहान–१५ स्थित जेनजी सहिद विजय चौधरीको परिवारसँग सोमबार भेटघाट गरेका थिए । सो अवसरमा उनले शहीद परिवारलाई सरकारले बेवास्ता गर्न नहुने र सहिदका सपना पूरा गर्ने दिशामा आफू सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरे ।मन्त्री गुप्ताले आगामी दिनमा सिरहाको खेलकुद क्षेत्रको पूर्वाधार निर्माण र युवा कार्यक्रमका लागि विशेष पहल गर्ने आश्वासन दिए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया