
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
अजय मिश्र, कपिलवस्तु,।सांस्कृतिक एकताको पर्व भनेर छठ पर्वको छुट्टै पहिचान छ। मैथिली अवधि, भोजपुरी र पहाडी समुदायलाई पर्वले जोडेको छ। केही बर्ष अघि सम्म पूर्वी तराईका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ। अहिले तराईका जिल्लाहरूमा समेत विभिन्न जात जातिहरूले समेत मनाउन थाले पछि यो पर्व समावेशी र सांस्कृतिक पर्वकारुपमा विकसित हुँदै गएको हो । सिराहा सप्तरी, पर्सा लगायतका जिल्लाहरू मनाई गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरूमा समेत धूमधामसँग मनाउन थालिए पछि यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको हो।
देशका विभिन्न जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन हुने छ। जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरूले सोमवार साँझ सूर्यलाई अर्घ्य दिएका छन्
कपिलवस्तुको तौलिहवा, बहादुरगंज, महाराजगंज, लगायत जिल्लाका विभिन्न स्थानका जलाशय सिँगारिएको छ । छठ व्रत गर्ने महिला र पुरुषहरूले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभिएर माटोले निर्मित भाडा वर्तन, कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाडा वर्तनमा राखिए केरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफूल, सामग्रीहरू सूर्य देवतालाई चढाउने गर्दछन् ।
कृष्णनगर नगरपालिका वडा नं १ स्थित पोखरीमा पनि छठ पूजा धूमधामका साथ मनाइएको छ । उक्त स्थानमा एक हप्ता देखि निरन्तर पोखरी सरसफाइको काम चलिरहेको र त्यसको कृष्णानगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह लगायत छट्ठघाट व्यवस्थापन समितका पदाधिकारी धिरेन्द्र विक्रम सिंह, विनय शर्मा, अजय गोयल, रामेश्वर गुप्ता (टिल्लु चाचा) निरन्तर अवलोकन गरेका थिए।
छठ घाट व्यवस्थापनका लागि वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताले वडा बाट पचास हजार सहयोग गरेको बताए।सरसफाइ गराउन लगायत अन्य व्यवस्थापनमा वडा सदस्य राहुल मोदनवालको समेत भुमिका अविस्मरणीय रहेको दियो।
उद्योग वाणिज्य संघ कृष्णानगरका अध्यक्ष रितेश शर्माले छठघाट व्यवस्थापनका लागि एक्काइस हजार नगद सहयोग तथा सरसफाइमा संलग्न कर्मचारी लाई खादामाला लगाई सम्मान गरि एक हजार एकसय बराबरको प्रोत्साहन स्वारूप पुरस्कार समेत दिएका थिए।
कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, , वडाध्यक्ष कृष्ण कुमार गुप्ता, तुंगनाथ चौधरी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीपूर्व सांसद अभिषेक प्रताप शाह, पूर्व मंत्री विरेन्द्र कुमार कनोडिया, नगर उप प्रमुख आरती देवी चौधरी लगायतले श्रद्धालु हरूको सांस्कृतिक एकताको पर्व छठमा सामेल भई शुभकामना दिएका छन्। सुरक्षा व्यवस्था राम्रो बनाउन छट्ट घाटको अवलोकन देखि पुजा स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया