
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत । जिल्लाको जलजला गाउँपालिकाले एक सय वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन गर्न सुरु गरेको छ।
शताब्दी उमेरका पुरुष र महिलाका अनुभवलाई सामाजिक रूपमा प्रसारण गर्न, उनीहरूका अनुभव, सीप र कौशलहहरु पछिल्ला पुस्तामा स्थानान्तरण गर्न, ज्येष्ठ नागरिकप्रति अरूले निर्वाह गर्ने भूमिकालाई बलियो बनाउन यो अभियान थालिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए।
सोही सिलसिलामा जलजला गाउँपालिका–२ ओखरबोटमा जन्मिएर एक सय वर्ष पूरा गरेका लालबहादुर जि.सी.लाई सम्मान गरिएको छ। उनलाई गाउँपालिका, बराह टोल विकास संस्था, घर्ती क्षेत्री लामिछाने बन्धु समाजले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेका हुन्। गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले ज्येष्ठ नागरिक जि.सी.गाउँपालिकाको तर्फबाट दोसल्ला र सम्मान पत्रले अभिनन्दन गरे।
वि.स. १९८३ कात्तिक ६ गते जन्मिएका जि.सी अझै पनि स्वस्थ छन्। ९९ वर्षको उमेरले गालामा चाउरी परेको भए पनि उनी अझै जोसिला छन्। त्यसमा पनि आफ्नै घरमा पुगेका जनप्रतिनिधि, छिमेकी र परिवारका सदस्यहरूले आफ्नो जन्मदिनलाई उत्सवको रूपमा मनाइदिँदा उनी भावुक पनि थिए। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षद्धयले आफ्नो जीवनभोगाईका बारेमा जि.सी सँग भलाकुसारी पनि गरे।
खेतीपातीमा काम गरेर जीवन बिताउँदै आफूले अहिलेसम्म एक चक्की औषधि नै सेवन नगरेको खुसीको कुरा जि.सी.ले सुनाए। दैनिक जसो काममा व्यस्त हुनु, कसैको कुभलो नचिताउनु, गाउँघरमै पाइने जडीबुटी र अन्नपात खानु, विषादी तथा रासायनिक मलको प्रयोग भएका उत्पादन नखानु लगायतका कारण आफू अझै पनि जोसिलो भएको जि.सी.ले बताए। नयाँ कपडा लगाउन र मिठो खान चाडबाडले मौका जुराउने गरेको, कहीँ जाँदा पैदल यात्रा नै गर्नुपरेको, राणाकालीन शासन व्यवस्थाका भोगाई लगायतका बारेमा पनि उनले भेला भएकाहरूसँग अनुभव साटे।
उनका कुरा सुन्न भेला भएकाहरूले नपत्याउने खालका पुराना अनुभवहरू लालबहादुरले सुनाउँदा अहिलेको पुस्ताकाले नपत्याउने खालका थिए। जुत्ता चप्पल लगाउन नपाएको, मट्टितेलको उज्यालोमा बसेको, पर्वतबाट बुटवलसम्म पुगेर नुन बोकेर आएको, सञ्चार सुविधा नभएको, चामलको अभावमा कोदोको ढिँडोले हुर्किएको लगायतका अनुभव सुनाउँदै उनले अहिलेको नेपाल देख्न पाउँदा पत्यारै नलाग्ने जस्तो भएको उनले सुनाए।
विगतमा हरेक परिवारका सदस्यहरूले जति सक्छन् उति काम गर्ने, जमिनको कुनै पनि भाग बाँझो नराखी जे सकिन्छ त्यही उत्पादन गर्ने, माटोमै खेल्ने र रमाउने, पशुपालनलाई आम्दानीको स्रोत बनाउने गरेको उनको अनुभव छ। तर आजभोलि यी कर्महरू छाड्दा उत्पादन घटेको, आयातित सामानले दैनिकी गुजार्नुपरेको लगायतका कठिन दैनिकी अहिलेको पुस्ताले भोगिरहेको के.सी.को गुनासो छ।
गाउँपालिकाका अध्यक्ष आचार्यले एक सय वर्ष पुगेका ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन गर्ने तथा उनीहरूका जीवन भोगाइलाई संरक्षण गरेर राख्ने अभियान शुक्रवारदेखि सुरु भएको बताउँदै अभिनन्दनलाई निरन्तरता दिइने बताए।
‘पालिकाभरका शताब्दी पुरुष र महिलाको पहिचान गरेर घरमै पुगेर सम्मान गर्दै छौँ। उहाँहरूको अनुभव, जीवन भोगाई र सुझावलाई रेकर्ड गरेर राख्ने, परम्परागत ज्ञान, सिप र अनुभवको पुस्तान्तरण गर्न यो काम महत्त्वपूर्ण हुन्छ’, उनले भने, ‘यसले पछिल्लो पुस्तामा ज्येष्ठ नागरिकप्रति गर्ने व्यवहार, उहाँहरूप्रतिको सम्मान, उहाँहरूको अनुभवबाट सिक्ने सकिने उपाय लगायतका धेरै कुरामा फाइदा हुन्छ। यसले सामाजिक एकताका लागि पनि सहयोग गर्छ।’ धार्मिक हिसाबले पनि ८४ पूजा जस्तै एक सय वर्षको पूजा पनि राम्रो मानिने भएकाले सोही अवसर पारेर पालिकाले सम्मान गर्न थालेको आचार्यले बताए।
जलजलाले हरेक तीन÷तीन महिनामा घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने, अस्पताल जान आउन निःशुल्क एम्बुलेन्स व्यवस्थापन गर्ने, आवश्यकताका आधारमा सहायता सामग्री वितरण गर्ने, अन्तर पुस्ता अनुभव बाँड्ने कार्यक्रम राख्ने लगायतका कामहरू गरिरहेको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य बताउँछन्।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया