
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत । जिल्लाको जलजला गाउँपालिकाले एक सय वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन गर्न सुरु गरेको छ।
शताब्दी उमेरका पुरुष र महिलाका अनुभवलाई सामाजिक रूपमा प्रसारण गर्न, उनीहरूका अनुभव, सीप र कौशलहहरु पछिल्ला पुस्तामा स्थानान्तरण गर्न, ज्येष्ठ नागरिकप्रति अरूले निर्वाह गर्ने भूमिकालाई बलियो बनाउन यो अभियान थालिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए।
सोही सिलसिलामा जलजला गाउँपालिका–२ ओखरबोटमा जन्मिएर एक सय वर्ष पूरा गरेका लालबहादुर जि.सी.लाई सम्मान गरिएको छ। उनलाई गाउँपालिका, बराह टोल विकास संस्था, घर्ती क्षेत्री लामिछाने बन्धु समाजले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेका हुन्। गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले ज्येष्ठ नागरिक जि.सी.गाउँपालिकाको तर्फबाट दोसल्ला र सम्मान पत्रले अभिनन्दन गरे।
वि.स. १९८३ कात्तिक ६ गते जन्मिएका जि.सी अझै पनि स्वस्थ छन्। ९९ वर्षको उमेरले गालामा चाउरी परेको भए पनि उनी अझै जोसिला छन्। त्यसमा पनि आफ्नै घरमा पुगेका जनप्रतिनिधि, छिमेकी र परिवारका सदस्यहरूले आफ्नो जन्मदिनलाई उत्सवको रूपमा मनाइदिँदा उनी भावुक पनि थिए। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षद्धयले आफ्नो जीवनभोगाईका बारेमा जि.सी सँग भलाकुसारी पनि गरे।
खेतीपातीमा काम गरेर जीवन बिताउँदै आफूले अहिलेसम्म एक चक्की औषधि नै सेवन नगरेको खुसीको कुरा जि.सी.ले सुनाए। दैनिक जसो काममा व्यस्त हुनु, कसैको कुभलो नचिताउनु, गाउँघरमै पाइने जडीबुटी र अन्नपात खानु, विषादी तथा रासायनिक मलको प्रयोग भएका उत्पादन नखानु लगायतका कारण आफू अझै पनि जोसिलो भएको जि.सी.ले बताए। नयाँ कपडा लगाउन र मिठो खान चाडबाडले मौका जुराउने गरेको, कहीँ जाँदा पैदल यात्रा नै गर्नुपरेको, राणाकालीन शासन व्यवस्थाका भोगाई लगायतका बारेमा पनि उनले भेला भएकाहरूसँग अनुभव साटे।
उनका कुरा सुन्न भेला भएकाहरूले नपत्याउने खालका पुराना अनुभवहरू लालबहादुरले सुनाउँदा अहिलेको पुस्ताकाले नपत्याउने खालका थिए। जुत्ता चप्पल लगाउन नपाएको, मट्टितेलको उज्यालोमा बसेको, पर्वतबाट बुटवलसम्म पुगेर नुन बोकेर आएको, सञ्चार सुविधा नभएको, चामलको अभावमा कोदोको ढिँडोले हुर्किएको लगायतका अनुभव सुनाउँदै उनले अहिलेको नेपाल देख्न पाउँदा पत्यारै नलाग्ने जस्तो भएको उनले सुनाए।
विगतमा हरेक परिवारका सदस्यहरूले जति सक्छन् उति काम गर्ने, जमिनको कुनै पनि भाग बाँझो नराखी जे सकिन्छ त्यही उत्पादन गर्ने, माटोमै खेल्ने र रमाउने, पशुपालनलाई आम्दानीको स्रोत बनाउने गरेको उनको अनुभव छ। तर आजभोलि यी कर्महरू छाड्दा उत्पादन घटेको, आयातित सामानले दैनिकी गुजार्नुपरेको लगायतका कठिन दैनिकी अहिलेको पुस्ताले भोगिरहेको के.सी.को गुनासो छ।
गाउँपालिकाका अध्यक्ष आचार्यले एक सय वर्ष पुगेका ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन गर्ने तथा उनीहरूका जीवन भोगाइलाई संरक्षण गरेर राख्ने अभियान शुक्रवारदेखि सुरु भएको बताउँदै अभिनन्दनलाई निरन्तरता दिइने बताए।
‘पालिकाभरका शताब्दी पुरुष र महिलाको पहिचान गरेर घरमै पुगेर सम्मान गर्दै छौँ। उहाँहरूको अनुभव, जीवन भोगाई र सुझावलाई रेकर्ड गरेर राख्ने, परम्परागत ज्ञान, सिप र अनुभवको पुस्तान्तरण गर्न यो काम महत्त्वपूर्ण हुन्छ’, उनले भने, ‘यसले पछिल्लो पुस्तामा ज्येष्ठ नागरिकप्रति गर्ने व्यवहार, उहाँहरूप्रतिको सम्मान, उहाँहरूको अनुभवबाट सिक्ने सकिने उपाय लगायतका धेरै कुरामा फाइदा हुन्छ। यसले सामाजिक एकताका लागि पनि सहयोग गर्छ।’ धार्मिक हिसाबले पनि ८४ पूजा जस्तै एक सय वर्षको पूजा पनि राम्रो मानिने भएकाले सोही अवसर पारेर पालिकाले सम्मान गर्न थालेको आचार्यले बताए।
जलजलाले हरेक तीन÷तीन महिनामा घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने, अस्पताल जान आउन निःशुल्क एम्बुलेन्स व्यवस्थापन गर्ने, आवश्यकताका आधारमा सहायता सामग्री वितरण गर्ने, अन्तर पुस्ता अनुभव बाँड्ने कार्यक्रम राख्ने लगायतका कामहरू गरिरहेको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य बताउँछन्।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया