
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
अजय मिश्र ,कपिलवस्तु। कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष गङ्गेशनाथ तिवारीले गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि पूर्व वनमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले वन संरक्षण र दिगो व्यवस्थापन राज्यको मात्र नभई स्थानीय समुदायको पनि साझा जिम्मेवारी रहेको बताउनुभयो । उहाँले सामुदायिक र साझेदारी वनले रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र स्थानीय विकासमा पुर्याएको योगदान उल्लेखनीय रहेको भन्दै यसको प्रभावकारिता बढाउन सुझाव दिनुभयो ।
शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले साझेदारी वनहरूले नागरिकलाई स्वरोजगार र आम्दानीमुखी कार्यक्रमसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले बेसार, केरा लगायतका नगदे बाली तथा वनजन्य उत्पादनसँग सम्बन्धित परियोजना सञ्चालन गर्न सके नगरपालिकाले पनि सहकार्य र साझेदारी गर्न तयार रहेको जानकारी दिनुभयो । साथै, नगरमा आएको वनसम्बन्धी बजेट कानुनी अड्चनका कारण पूर्ण रूपमा प्रयोग गर्न नसकिएको बताउँदै यस विषयमा सरोकारवालाबीच अन्तरक्रिया र नीति सुधार आवश्यक रहेको धारणा राख्नुभयो ।त्यसैगरी वडा नम्बर ३ का वडा अध्यक्ष एवम् साझेदारी वनका सदस्य टेकलाल सापकोटाले वन तथा वन्यजन्तु संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले चोरी निकासी नियन्त्रण र काठको वितरणमा पारदर्शिता आवश्यक रहेको बताउँदै वन उपभोक्ता समूहहरूको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा समूहका अध्यक्ष गङ्गेशनाथ तिवारीले आगामी वर्षका कार्ययोजना प्रस्तुत गर्दै समूह जिल्ला कै दोस्रो ठूलो साझेदारी वन भए पनि हाल घाटामा रहेको जानकारी दिनुभयो । उहाँले लुम्बिनी प्रदेशमा वन मन्त्रालय रहे पनि यसको प्रभाव जनस्तरसम्म नपुगेको गुनासो गर्दै, मन्त्रालयले स्थानीय तह र साझेदारी वनसँग प्रत्यक्ष सहकार्यमा जोड दिनुपर्ने माग गर्नुभयो ।सभामा सरोकारवाला निकायका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, उपभोक्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साधारणसभाले नयाँ वर्षका लागि वन संरक्षण, आयमूलक कार्यक्रम र उपभोक्ताको क्षमता विकासमा केन्द्रित योजना अघि बढाउने निर्णय गरेको छ ।कार्यक्रमको सञ्चालन कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहका कार्यालय प्रमुख पहलमान शेरबुजा मगरले गर्नुभएको थियो


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया