
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित विभिन्न सरकारी निकायमा पदाधिकारीहरूको राजीनामा माग गर्दै धम्की दिएका जेनजीका प्रतिनिधि अर्जुनबहादुर शाही पक्राउ परेका छन्।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो।
शाहीका यसअघिका विभिन्न कसुरका मुद्दा बाँकी नै रहेकाले पक्राउ गरिएको परिसरका एसपी पवन भट्टराईले बताए।
‘उहाँका चार/पाँच वटा मुद्दा देखिएका छन्। केहीमा फरार र केहीमा जिम्मा जमानी भनिएको छ। हामी हेर्दैछौं। अतिरिक्त मुद्दाहरू पनि हुन सक्छन्। पछिल्लो समय उहाँले गरेका गतिविधिका आधारमा थप उजुरी पनि आउन सक्छन्,’ उनले भने।
प्रहरीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई पक्राउ गरेको हो ।
उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार, उनको गतिविधिलाई लिएर गुनासो आएपछि प्रहरीले सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
जेन-जी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले केरकार गर्ने गरेका थिए । उनी प्रधानमन्त्री सपथमा पनि देखिएका थिए भने भारतीय मिडियासँग जेनजी नेताकै रूपमा अन्तर्वार्ता दिएका थिए ।
नागरिक उड्डयान प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीहरुले समेत उनीको गतिविधिबारे गुनासो गरेका थिए । कर्मचारीहरुका राजीनामा माग्दै हिँड्ने गरेका उनीबारे खोजी हुँदा वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको थियो ।
उनलाई २८ वैशाख २०८२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत वैदेशिक रोजगारीसम्बन्धी कसुरमा पक्राउ गरेको थियो । उनी इलाम २ मा भएको उपचुनावमा समेत उम्मेदवार बसेका थिए । स्वतन्त्र उम्मेदवारी दिएर उनले ५५ मत ल्याएका थिए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया