
पोखरा ।नेकपा एमालेको ११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि कास्कीको पोखरामा गर्ने प्रस्ताव भएको छ।
बुधबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
अध्यक्ष ओलीले आज गरेको प्रस्ताव तीनदिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिनेछ । अहिले ओलीको प्रस्तावमाथि छलफल बैठकमा चलिरहेको छ ।
एमालेमा ओलीलाई नेतृत्वबाट बिदा गर्नेुपर्ने बहस चलिरहेको छ । तर, अध्यक्ष ओलीले भने फेसबुकले भन्दैमा नेतृत्व नछाड्ने भन्दै पार्टी कमिटीले भने मात्रै छाड्ने बताइसकेका छन् ।
















