
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
पर्वत । नेपाली काँग्रेस पर्वतले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबाट क्षति भएको पार्टी कार्यालय पुनर्निर्माण गर्न शुरू गरेको छ । नेपाली काँग्रेसले क्षतिग्रस्त भवनको पुनर्निर्माणको लागि लोकतान्त्रिक उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष शिव शर्मा पौडेलको संयोजकत्वमा नयाँ समिति बनाएर पुनर्निर्माण थालेको शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुनर्निर्माण समितिले क्षतिको विवरण २१ लाख १९ हजार निकालेको छ ।
नेपाली काँग्रेसले जेन-जी आन्दोलनको शुरूवात असल एजेन्डाबाट भएपनि आन्दोलनको परिणाम दुखद भएको निष्कर्ष निकालेको छ । पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै पार्टी केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले जेन-जीले शुरूमा अघि सारेका मुद्दाहरू राम्रा भएपनि २४ गतेको ध्वम्सात्मक आन्दोलनको परिणामले अन्तत मुलुकलाई दशौं बर्ष पछि धकेलेको वताउनुभयो । उहाँले दलीय व्यवस्था र लोकतन्त्र विरुद्धनै लक्षित गरेर थालिएको आक्रमण निकै खतरनाक भएको समेत दावी गर्नुभयो ।
वीपी स्मृति भवन निर्माण समितिका संयोजक समेत रहनुभएका नेता जोशीले हजारौं कार्यकर्ता, समर्थक र शुभचिन्तकको सद्भावबाट निर्माण भएको पार्टी कार्यालयमा गरिएको आगजनीले आफू र हजारौं काँग्रेस कार्यकर्तामा समेत चोट पुगेको वताउँदै क्षतिग्रस्त भवनको पुनर्निर्माणको लागि काँग्रेसले शुरू गरेको अभियान राम्रो भएको वताउनुभयो । नेता जोशीले जेन-जीको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा आगजनी गर्ने जुनसुकै पार्टी निकट कार्यकर्ता भएपनि कार्वाहीको दायरामा आउनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति युवराज जोशीले जेन-जी आन्दोलनबाट सिर्जित मुलुकको अवस्था निकै भयावह भएको दावी गर्दै गुमेको शान्ति र अमनचैनलाई पुनर्स्थापित गर्न सबै पक्ष सचेत भएर अघि बढ्नुपर्ने समय आएको वताउनुभयो । सभापति जोशीले भाद्र २३ गते भएको सरकारी दमन नाजायज भएपनि भाद्र २४ गतेको हिंसात्मक आन्दोलन र आगजनी इतिहासकै दुर्भाग्य भएको वताउनुभयो । उहाँले जेन-जी पुस्तालाई पनि संयम भएर अघि बढ्न शुझाव दिनुभयो । साथै सभापति जोशीले क्षतिग्रस्त भवनको पुनर्निर्माणको लागि नयाँ समिति बनाएर जिम्मा दिइएकोले सबै कार्यकर्ता र शुभेच्छुकहरूलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले आम्दानी खर्चको हिसाब पारदर्शी राखेर काम गर्न समितिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा भवन पुनर्निर्माण समितिका संयोजक शिव शर्मा पौडेलले भवनमा भएको क्षतिको विवरण एकिन गरि समितिले हिजोदेखि काम शुरू गरेको वताउँदै समितिको नाममा गरिमा विकास वैंक कुश्मामा रहेको खातामा सहयोग गर्न सबैमा अपिल गर्नुभएको थियो । संयोजक पौडेलले इष्टिमेट गरेको भन्दा कम खर्चमा भवन निर्माण पुरा गरेर बचत रकम पार्टीलाई हस्तान्तरण गर्ने वताउनुभयो । पत्रकार सम्मेलनमा नेपाली काँग्रेस पार्टीका उपसभापति डाक्टर चूडामणि शर्माले पाँचहजार एकसय ५० रूपैयाँ समितिका संयोजक पौडेललाई प्रदान गरेर सहयोगको शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस कुश्मा नगर कार्यसमितिका सचिव एवं भवन पुनर्निर्माण समितिका सदस्य उत्तम ढकालले गर्नुभएको थियो ।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया