
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत । नेपाली काँग्रेस पर्वतले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबाट क्षति भएको पार्टी कार्यालय पुनर्निर्माण गर्न शुरू गरेको छ । नेपाली काँग्रेसले क्षतिग्रस्त भवनको पुनर्निर्माणको लागि लोकतान्त्रिक उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष शिव शर्मा पौडेलको संयोजकत्वमा नयाँ समिति बनाएर पुनर्निर्माण थालेको शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुनर्निर्माण समितिले क्षतिको विवरण २१ लाख १९ हजार निकालेको छ ।
नेपाली काँग्रेसले जेन-जी आन्दोलनको शुरूवात असल एजेन्डाबाट भएपनि आन्दोलनको परिणाम दुखद भएको निष्कर्ष निकालेको छ । पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै पार्टी केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले जेन-जीले शुरूमा अघि सारेका मुद्दाहरू राम्रा भएपनि २४ गतेको ध्वम्सात्मक आन्दोलनको परिणामले अन्तत मुलुकलाई दशौं बर्ष पछि धकेलेको वताउनुभयो । उहाँले दलीय व्यवस्था र लोकतन्त्र विरुद्धनै लक्षित गरेर थालिएको आक्रमण निकै खतरनाक भएको समेत दावी गर्नुभयो ।
वीपी स्मृति भवन निर्माण समितिका संयोजक समेत रहनुभएका नेता जोशीले हजारौं कार्यकर्ता, समर्थक र शुभचिन्तकको सद्भावबाट निर्माण भएको पार्टी कार्यालयमा गरिएको आगजनीले आफू र हजारौं काँग्रेस कार्यकर्तामा समेत चोट पुगेको वताउँदै क्षतिग्रस्त भवनको पुनर्निर्माणको लागि काँग्रेसले शुरू गरेको अभियान राम्रो भएको वताउनुभयो । नेता जोशीले जेन-जीको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा आगजनी गर्ने जुनसुकै पार्टी निकट कार्यकर्ता भएपनि कार्वाहीको दायरामा आउनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति युवराज जोशीले जेन-जी आन्दोलनबाट सिर्जित मुलुकको अवस्था निकै भयावह भएको दावी गर्दै गुमेको शान्ति र अमनचैनलाई पुनर्स्थापित गर्न सबै पक्ष सचेत भएर अघि बढ्नुपर्ने समय आएको वताउनुभयो । सभापति जोशीले भाद्र २३ गते भएको सरकारी दमन नाजायज भएपनि भाद्र २४ गतेको हिंसात्मक आन्दोलन र आगजनी इतिहासकै दुर्भाग्य भएको वताउनुभयो । उहाँले जेन-जी पुस्तालाई पनि संयम भएर अघि बढ्न शुझाव दिनुभयो । साथै सभापति जोशीले क्षतिग्रस्त भवनको पुनर्निर्माणको लागि नयाँ समिति बनाएर जिम्मा दिइएकोले सबै कार्यकर्ता र शुभेच्छुकहरूलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले आम्दानी खर्चको हिसाब पारदर्शी राखेर काम गर्न समितिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा भवन पुनर्निर्माण समितिका संयोजक शिव शर्मा पौडेलले भवनमा भएको क्षतिको विवरण एकिन गरि समितिले हिजोदेखि काम शुरू गरेको वताउँदै समितिको नाममा गरिमा विकास वैंक कुश्मामा रहेको खातामा सहयोग गर्न सबैमा अपिल गर्नुभएको थियो । संयोजक पौडेलले इष्टिमेट गरेको भन्दा कम खर्चमा भवन निर्माण पुरा गरेर बचत रकम पार्टीलाई हस्तान्तरण गर्ने वताउनुभयो । पत्रकार सम्मेलनमा नेपाली काँग्रेस पार्टीका उपसभापति डाक्टर चूडामणि शर्माले पाँचहजार एकसय ५० रूपैयाँ समितिका संयोजक पौडेललाई प्रदान गरेर सहयोगको शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस कुश्मा नगर कार्यसमितिका सचिव एवं भवन पुनर्निर्माण समितिका सदस्य उत्तम ढकालले गर्नुभएको थियो ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया