
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
काठमाडौं । मौसमविद् एवं विशेषज्ञहरुले आइतबार बिहानसम्म भीषण वर्षाको सम्भावना रहेकाले संकटको उच्च जोखिम कायमै रहेको चेतावनी दिएका छन् ।
आइतबार बिहानसम्म काठमाडौं उपत्यका र मधेशका पश्चिमी भागका जिल्लाहरुमा थप वर्षाको सम्भावना रहेको भन्दै जोखिममा रहेकाहररूलाई सुरक्षित ठाँउमा सार्नुपर्ने सुझाव दिएका छन् ।
आइतबारको अबेर बिहान भारी वर्षा हुने क्रम काभ्रेबाट पूर्वी क्षेत्रतर्फ सर्ने भन्दै उनीहरूले अब त्यता पनि जोखिमबाट बच्ने पूर्वतयारी थाल्नुपर्ने बताएका हुन् ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले विभिन्न मोडेलका आधारमा गरिएको पूर्वानुमान यथार्थपरक रहेको भन्दै काठमाडौं उपत्यकामा शनिबार राती अति भारी वर्षाको सम्भावना रहेको औंल्याए ।
‘तराईको वीरगञ्ज र आसपासको क्षेत्रमा जारी रेड अलर्ट अहिले पनि कायमै छ । काठमाडौं उपत्यकामा रातीदेखि पानी पर्ने प्रणाली अझै सक्रिय हुने अवस्था देखिएको छ’ महानिर्देशक जोशीले भने, ‘अझै संकट टरिसकेको छैन, आज रातभर अति भारी वर्षाको सम्भावना छ । सोमबारसम्म नै सतर्कता कायमै राख्नुपर्छ ।’
विभिन्न मोडेलहरुको पूर्वानुमान एवं चेतावनी अनुसार नै भारतको बिहार र उत्तरप्रदेशका साथै मधेश प्रदेशको पश्चिमी खण्डमा भारी वर्षा भएको छ । शनिबार बिहानदेखि करिब ३ सय मिलिमिटर वर्षा भएकोमा रातभरमा अझै बढ्ने अनुमान छ ।
उनले काठमाडौं उपत्यकाको हकमा बाढी, पहिरो र डुबानको जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा सार्न ढिलाइ गर्न नहुने बताए । लगत्तै काभ्रे, रामेछाप हुँदै पानी पर्ने प्रणाली पूर्वी नेपालमा पुग्ने र त्यसक्रममा मधेशको पूर्वी भागमा थप वर्षा हुने सम्भावना देखिएको महानिर्देशक जोशीले बताए ।
शनिबार बिहादेखि सक्रिय प्रणाली ‘पिक’ अवस्थामा पुगेको भन्दै उनले मधेश र काठमाडौं उपत्यकाको हकमा आइतबार बिस्तारै त्यसको प्रभाव घटने बताए । तराईका कतिपय जिल्लामा ३ सय मिलिमिटर वर्षा भइसकेको छ । मधेश प्रदेशको पश्चिमतिरको आधा भागमा अति भारी वर्षा भएको छ ।
बाढी र डुबानबाट जोगाउनुपर्छ
विपत व्यवस्थापनविज्ञ धर्मराज उप्रेती मधेशको पश्चिमी भागमा अति भारी वर्षा भएकाले ती क्षेत्रका प्रभावितहरुलाई सुरक्षित ठाँउमा सार्नुपर्ने बताउछन् । आइतबार बिहानसम्म थप वर्षा हुने सम्भावना देखिएकाले सतर्क हुनुपर्ने उनको सुझाव छ ।
काठमाडौं उपत्यकाका विभिन्न ठाँउमा १०० मिलिमिटर भन्दा बढी वर्षा भइसकेको छ भने त्यो क्रम बढ्दो छ । मौसम विज्ञान विभागका अध्यापक विनोद पोखरेल रातीदेखि थप भारी वर्षाको सम्भावना रहेको छ, जसले काठमाडौं उपत्यकाको हकमा बाढी र डुबानको सम्भावना देखिन्छ । रातभरमा त्यो भन्दा बढी पानी पर्दा उपत्यकाका कैयौ ठाँउ डुबानमा पर्नसक्ने विपद्विदहरुको चेतावनी छ ।
अहिले खोकनास्थित बागमतीको सतह सतर्कताको तह पार गरेर खतराको तह नाघ्ने अवस्थामा छ । रातभरको पानीले बल्खु, कालीमाटी, विष्णुमती, नख्खु लगायतका ठाँउलाई डुबानमा पार्ने सम्भावना रहेको उनी बताउछन् ।
नदिकिनारका बस्तीमा रातीको बेलामा बाढी पसेमा अवस्था भयावह हुने भन्दै उप्रेतीले बरु अहिले नै उनीहरुलाई सुरक्षित ठाँउमा सार्नुपर्ने बताउछन् । शनिबार अपरान्हदेखि गृह प्रशासनले खोला र नदी किनाराका बासिन्दालाई स्कूलहरुमा सार्ने तयारी गरिसकेको छ । खोलाकिनारका करिडोर सडकमा सवारीसाधन चलाउन रोक लगाएको छ ।
‘पर्याप्त समय हुदै अन्नकपडा जोगाएर महत्वपूर्ण कागजातका साथ सुरक्षित स्थानमा उनीहरुलाई सार्नु नै बुद्धिमत्तापूर्ण हुनेछ’ उनी भन्छन्, ‘मानिसले आफ्नो सामानको लाभ गर्नु स्वभाविक हो, त्यसमै लाग्दा अन्तिम समयमा थप जोखिम हुनसक्ने भएकाले अहिले नै उनीहरुलाई सामूहिक रुपमा बस्न मिल्ने सुरक्षित ठाँउमा सार्नु उचित देख्छु ।’
खासगरी नख्खु, हनुमन्ते र धोबीघाट क्षेत्रका बासिन्दालाई अहिले नै अलर्ट गराउनेदेखि माइकिङ गरेर आफन्तकोमा पनि व्यवस्थापन गर्न सकिने उनले सुझाए । मध्यरातमा बाढी पसेपछि उद्दार गर्नुभन्दा अहिले नै उनीहरुलाई आफन्तकोमा नभए अरु सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने भन्दै उनीहरुले गृहप्रशासनका अधिकारीहरुलाई पनि सुझाव दिएका थिए ।
भोलि बिहानसम्म छ जोखिम
विभिन्न मोडेलहरुले फरक फरक आँकलन गरेपनि आइतबार बिहानसम्म भारी वर्षाको सम्भावनबारे मौसमविद्हरु करिब करिब एकमत छन् । शुरुवातमा परेको झरीभन्दा पछिको उत्रै झरीले बाढी र डुबानको खतरा ल्याउने भन्दै उनीहरुले आइतबार दिनभरका लागि उपत्यकामा विशेष सतर्कता अपनाउन सुझाव दिएका छन् ।
काठमाडौं उपत्यकामा रातभर अझै ठूलो वर्षा भएमा करिब ३ सय मिलिमिटर पुग्ने र त्यसपछि उद्दारका प्रयासहरु निरर्थक हुने विपद्विदहरुको चेतावनी छ । उप्रेती भन्छन्, ‘अहिले नै सुरक्षित ठाँउमा सार्न सकियो भने रातीको ठूलो पानीले त्यति जोखिम हुँदैन ।’
जोखिम अब पूर्वी नेपालतिर
भारतको मौसम विज्ञान विभागले विहार र उत्तरप्रदेशमा रेड अलर्ट जारी गरेको थियो । चीनको मौसम पूर्वानुमान प्रणालीले पनि आइतबारसम्मकै लागि भारी वर्षाको आँकलन गरेकाले आइतबारदेखि पूर्वी नेपालमा जोखिमबाट बच्ने तयारी गर्नुपर्ने देखिन्छ ।
आइतबार दिउसोतिर सर्ने विकसित प्रणालीले पूर्वी नेपालको इलाम र झापासम्म नै वर्षा गराउने सम्भावना रहेको मौसमविद्हरुको भनाई छ । त्यतातिर सर्ने प्रणाली आइतबार दिनभर र राती पनि सक्रिय हुने भन्दै उनीहरुले सोमबारदेखि अवस्था सुधार हुने आँकलन गरेका छन् ।
‘महाभारत र चुरे क्षेत्रमा खहरे र साना बाढीको जोखिम छ, पहिरोको सम्भावना पनि उत्तिकै भएकाले त्यतातिर पनि सतर्क गराउदैछौं’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जोशीले भने, ‘जोखिमपूर्ण क्षेत्रमा रहेका बासिन्दाका लागि हामीले मोबाइलमा म्यासेज समेत पठाएका छौं । सुरक्षा निकायको समन्वयमा माइकिङ लगायतका काम पनि हुनेछ ।’


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया