
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
काठमाडौँ । अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका विभिन्न विमानस्थलमा हवाई सेवा पनि अवरुद्ध भएको छ। आन्तरिक उडानतर्फ काठमाडौँसहित कम्तीमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडानहरू प्रभावित भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका छन्।
यी विमानस्थलहरू बिहानैदेखि बन्द रहेका छन्। सुर्खेत विमानस्थल भर्खरै सञ्चालनमा आएको छ। तर काठमाडौँ विमानस्थल आन्तरिक उडानका जहाजका लागि बन्द भएपछि देशभरका सबै विमानस्थलको उडान प्रभावित भएका छन् । लुक्ला विमानस्थलमा भने बिहान सीता एयरको मात्रै एक उडान सम्पन्न भएको छ भने अन्य सबै उडानहरू मौसमी कारणले रोकिएका छन्।
शनिबारका लागि तय गरिएका माउन्टेन फ्लाइटहरू पनि पूर्ण रूपमा रद्द भएका छन्। यसमध्ये यति एयरलाइन्स र बुद्ध एयरका दुई-दुई वटा र श्री एयरलाइन्सको एक गरी पाँच वटा पर्वतीय उडान प्रभावित भएका हुन्। देशभरका विभिन्न गन्तव्यतर्फ शनिबारका लागि सूचीकृत उडान संख्या १ सय ४६ रहेको छ ।
जसमा बुद्ध एयरका ७३, यति एयरलाइन्सका ३२, श्री एयरलाइन्सका २३, सीता एयरका ७, समिट एयरका ४, तारा एयरका ३ र नेपाल वायुसेवा निगमका ३ उडान हुने तालिका छ । त्यस्तै, रामेछाप–लुक्ला सेक्टरमा सीता एयरले ५, तारा एयरले ६ र समिट एयरले ४ वटा उडान गर्ने तालिका रहेको छ ।
यद्यपि, काठमाडौँ विमानस्थल बिहान ६ बजेदेखि सञ्चालन हुनु पर्ने भए पनि खराब मौसमका कारण पहिलो उडान मात्र बिहान ७:१५ बजे सम्भव भएको थियो। दृश्यता कम भएकाले दिल्लीबाट आएको एयर इन्डियाको विमान अवतरण हुन नसकी ‘ओभर सुट’ भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सम्पर्क गरी उडान अवस्थाबारे जानकारी लिएपछि मात्र विमानस्थल पुग्न आग्रह गरेको छ। विमानस्थलमा रहेको टर्मिनल डियूटी अफिस (टीडीओ) का अनुसार, काठमाडौँ को भिजिबिलिटी ३ हजार मिटर रहेको छ ।
काठमाडौँ विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार, जहाज उड्ने मार्गको मौसम प्रतिकूल भएकाले बिहान १० बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको छ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया