
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
रामचन्द्र भुसाल, पर्वत । विजया दशमी तथा शुभ दिपावलि २०८२ को अवसर पारी पर्वतको फलेवासमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मोती सामुदायिक पुस्तकालय, समुदायिक रेडियो पर्वत, मोती सामुदायिक सिकाई केन्द्र, मोती महलिा बचत तथा ऋण सहकारी संस्था, र टेक एज युथको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
आईतबार पुस्तकालयको सभाहलमा सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्य विकास लमसाल, फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी, उप–प्रमुख शोभा कुमारी क्षेत्री, सामाजिक विकास समिति संयोजक तथा खानीगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछाने, समाजसेवी तथा वरिष्ठ इन्जिनियर रामेश्वर लमसाल, पुस्तकालय व्यवस्थापन समिति सदस्य तथा समाजसेवी, पूर्ण प्रसाद शापकोटा, ल्याम बहादुर दर्जी, सिकाई केन्द्रका सदस्य सिताराम लामिछाने, हेम शर्मा तिवारी, समाजसेवी खड्क लामिछाने, ट्याग संयोजक रमा भुसाल पोख्रेल, लाईब्रेरीयन शुसिलादेवी शर्मा, टेक एज युथका प्रतिनिधि निर्माण तिवारी र कृषा तिवारीले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले शुभकामना मन्तब्यसंगै जेन–जी आन्दोलन र पछल्लो देशको अवस्थाको बारेमा चासो व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले केहि समय पहिले जेन–जी पूस्ताले गरको आन्दोलनले देशमा नयाँ मोड ल्याउने उद्धेश्य राखेको बताउँदै तिनिहरुको उद्धेश्यविपरीत घुसपैठ हुन गई विभिन्न क्षेत्रमा क्षति हुन पुगेको बताउनुभएको थियो ।
पछिल्लो समयमा मिडियामा आउने घुस काण्ड तथा अनियमिताको बारेमा औला ठडाउँदै नगरप्रमुख तिवारीले आफु भ्रष्टचार विरोधी नेता भएको दावी गर्नुभयो । उहाँले देशमा बढ्दै गईरहेको भ्रष्टचार र अनियमितामा छानविन गर्न माग गर्दै जेन–जी पूस्ताले गरेको आन्दोलन र उनीहरुका मागहरुमा आफहरु सकरात्मक रहेको धारणा व्यक्त गर्नुभयो । प्रमुख तिवारीले हामी स्वयम आफु सचेत बनी सक्ने ठाउँबाट खवरदारी गर्दै फलेवास नगरपालिकामा सञ्चालित हरेक कार्यक्रम तथा गतिविधिमा पनि निग्रानी बढाउन आह्वान गर्दै कुनै त्यस्तो ठाउँबाट भ्रष्टचार तथा अनियमितता भएको गन्ध आएमा तुरुन्त खवरदारी गर्न अनुरोध गर्नुभयो ।
आफू स्थानीय सरकार प्रमुख भईसकेपछी उहाँले नगरबाट पाउने सेवासुविधाहरुलाई पनि कटौती गरी फलेवासबासिहरुको सेवामा खेलेर सयहोग गरेको कुरा स्मरण गराउनुभएको थियो । उहाँले फलेवास नगरपालिकाका विभिन्न विद्यालय तथा संघ सस्थाहरुमा लाखौँ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरी दिन दुःखीहरुको सेवामा समर्पीत भएको जिकिर गर्नुभयो । साथै उहाँले नेपालीहरुको घरआगनिमा छाइरहेका महान पर्व विजया दशमि तथा शुभ दिपावलिको पावन अवसरमा सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना प्रदान गर्दै जेन–जीको आन्दोेलनाम ज्यान गुमाएकाहरु प्रति श्रद्धासुमन प्रकट गरी घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य विकास लमसालले हालको देशको अवस्थाबारे सवै संयमित भएर सोच्नुपर्ने यो बेलामा शान्त तथा मर्यादित वातावरण सिर्जना गर्न जरुरत रहेको बताउनुभयो ।
गण्डकि प्रदेशका पूर्व पर्यटन मन्त्री समेत रहनुभएका लमसालले अहिलेको जेन–जी पूस्ताले गरेको आन्दोलन जायज रहेको तर त्यसलाई हामी सवै नेपाली जनताले सहि ढंगबाट बुझ्न जरुरी रहेको दावी गर्नुभयो । कतिपयले जेन–जी भनेके हो यो समुहभित्र के कती उमेरका व्यक्तिहरु पर्दछन् ? जेन–जीका खास माग केके हुन् ? भन्ने कुरानै नबुझि प्रदर्शनकारीहरु सडकमा उत्रीएका कारण देशले संकटको अवस्था भोग्नुपरेको जीकिर गर्नुभयो । सवैले सकारात्मक सोच राख्दै भ्रष्टचार तथा अनियमितताको विरुद्धमा बलियो रुपमा अडानका साथ लाग्न अनुरोध गर्दै आउँदै गरेका नेपालीहरुका चाडपर्वहरुलाई सम्बोधन गरी सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
ए पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राज पौडेलको अध्यक्षता, बरिष्टठ लाईब्रेरीयन इन्द्र प्रसाद शापकोटाको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन रेडियो पर्वतका स्टेशन म्यानेजर रामचन्द्र भुसालले गर्नुभएको थियो । सोही अवसरमा पुस्तकालयमा सञ्चालित टेक एज युथ परीयोजनामा आवद्ध ६० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री समेत प्रदान गरीएको थियो ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया