
शिशिर,पोखरा ।मोडल सपना सापकोटा बैबाहिक जीवनमा बाँधिएकी छिन्। पोखराको अमरसिंह चोककी उनले स्याङ्जा घर भई हाल पोखरामा बस्दै आएका सागर पौडेलसँग विहीबार धार्मिक परम्परा अनुसार लगनगाँठो कसेकी हुन् । सपना र सागर केही समय देखि प्रेममा थिए ।सपनाले केही म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् भने सागर व्यवसायी हुन्।
सपनाले केही वर्ष अगाडि रिलिज भएको टि आर पौडेलको स्वर र संगीत तथा शिवांश विनोदको निर्देशन रहेको ‘बहाना’ गीतमा अभिनय गरेकी छिन्।
उनले पोखरामा निर्माण भएका अन्य गीतमा पनि विभिन्न मोडलसँग स्क्रिन शेयर गरेकी हुन्।
















