
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन मन्त्रालयमै बस्ने भएका छन् ।पदभार ग्रहरण गरेपछि सञ्चारकर्मीसँग मन्त्री पुनले आफू मन्त्री क्वार्टरमा नबस्ने बताए । मन्त्रालयमै कोठा मिलाउन उनले निर्देशन दिए ।
‘मन्त्री क्वार्टर चाहिँदैन । यहीँ कोठा बनाउनू । सुत्ने खाट र टेबल भए पुग्छ । आफैं पकाएर खान्छु,’ मन्त्री पुनले भने ।सुरक्षाकर्मीलाई पनि मन्त्रालयमै बस्न आग्रह गरे । सरकारी कामबाहेक अन्य ठाउँमा जाँदा सरकारी गाडीको प्रयोग नगर्ने उनले घोषणा गरे । ६ महिनाका लागि मन्त्री भएको बताउँदै उनले आफूले सकेको काम गर्ने प्रतिबद्धता जनाए ।
















