News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    उद्योगमन्त्री सिन्हा जेनजी शहीदलाई सम्झिएर भक्कानिए

    काठमाडौं। तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त मन्त्री अनिल कुमार सिन्हाले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूलाई सम्झिएर भावुक बनेका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएर पदभार ग्रहणका लागि उद्योग मन्त्रालय पुगेका मन्त्री सिन्हाले बोल्दाबोल्दै भक्कानिएका हुन् ।

    उनले जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको केही तस्वीरहरू हेरेर अहिले पनि पीडा महसुस भएको बताए । उनले भने, ‘जेनजी आन्दोलनका केही फोटोहरू देखेको छु मैले। झल्झलती याद आउँछ मलाई।’

    उनले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली व्‍यक्त गर्दै आगामी दिनमा जेनजीले दिएको आहूति र देन खेर नजाने प्रतिवद्धता जनाए। ‘उहाँहरूप्रति पहिला म हार्दिक श्रद्धाञ्जली व्‍यक्त गर्न चाहन्छु। सायद अब उहाँहरूले दिनुभएको आहूति र देन खेर जाँदैन ।’

    लाेक कल्याणकारी

    प्रतिक्रिया