
१पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
२निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
३सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
४दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
५नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
६आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
७विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
८ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
९उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
१०एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
११प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१२समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५सञ्चार क्षेत्रमा संकट र सम्भावनाबारे पर्वतमा गहन छलफल
६प्रदेशले किन्यो आमा…!
७उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
१२प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
पर्वत। जिल्लाको फलेवास नगरपालिका- ६ देवीस्थानका लाल बहादुर कुँवरले लगाएको जेठोबुढो धानको बिरुवा धमाधम मर्न थाले। धानको बिरुवाको जराबाट सेतो धमिरो र रातो कमिलोको प्रकोप भएको जस्तो उनलाई लाग्यो। गह्रामा पानी नभएको वेलामा झनै प्रकोप बढेको जस्तो, जराबाट काटिन थालेको बिरुवाको काण्ड पनि काटिने र बिस्तारै बिरुवा नै मरेपछि उनले कृषि प्राविधिकहरूलाई खबर गरे।
फस्टाउने बेलाको धान खेतीमा रोगको प्रकोप बढ्दै गएर कृषक चिन्तामा परेपछि कृषि ज्ञान केन्द्र पर्वतले सोमबार स्थलगत रूपमा समस्याको अवलोकन गरेको छ। कार्यालयकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकारी सोविता सुवेदीले स्थानीय जातको धानमा यस्तो समस्या देखिएको बताउँदै यसको नियन्त्रणका लागि प्राविधिकको सल्लाह मान्नुपर्ने बताइन्।
आफूहरूले फलेवास नगरपालिका–३ को रुग्दी र वडा नं. ५ देवीस्थानमा लगाइएको धानमा देखिएको प्रकोपको बारेमा अध्ययन गरेको र केही नमुना बिरुवाको प्रयोगशालामा समेत अध्ययन गरिएको बाली संरक्षण अधिकृत सुवेदीको भनाइ छ। ‘राइस ब्लास्ट रोग बाहिरबाट ल्याएको बीउ वा बिरुवामा देखिँदैन। यो नेपालमा निषेधित रोग हो। यही कारण यसको प्रकोप स्थानीय जातका बीउमा नै देखिने हुन्छ’, उनले भनिन्, ‘यस्तो रोगको सङ्क्रमण भएको भए त बाहिरबाट आयात गर्न नै मिल्दैन। यसको प्रभाव बढ्दै जाने हो भने उत्पादन शून्य प्रतिशत पनि हुन सक्छ। अहिले पातमा देखिएको छ।’
हरेक वर्ष लगातार एउटै खालको बिउको प्रयोग गर्दा यो समस्या आउने सम्भावना रहने तथा यसको प्रभाव हावा र माटोबाट प्रसारण हुने सुवेदीले बताइन्। सुरुवाती अवस्थामा नै विषादीको प्रयोग गरियो भने यसको प्रभाव नियन्त्रणमा राख्न सकिने सुझाउँदै उनले अहिले घाम नलागेर तापक्रम घटेको बेलामा पनि यो प्रकोप बढ्ने सक्ने जानकारी दिइन्। अहिले धान गोड्ने बेला भएको र गोड्ने वेलामा कृषकले युरिया मल पनि छर्किने गरेकाले कतिपयले लगाएको धानमा रासायनिक मलकै कारण पनि प्रकोप फैलिएको हुन सक्ने सुवेदी बताउँछिन्।
केही दिन अगाडिबाटै प्रकोप बढ्न थालेपछि फलेवास नगर स्तरीय कृषि सञ्जालका अध्यक्ष विनोद भुसालको सक्रियतामा प्राविधिकको टोली आएर अवलोकन गरेको थियो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ बागलुङका प्राविधिक सहितको टोलीले प्रकोप नियन्त्रणका लागि केही किटनाशक औषधि वितरण गरेको थियो।
‘खासगरी जेठोबुढो, एक्ले जस्ता स्थानीय धानकै जातमा यो रोग लागेको देखियो। बागलुङका प्राविधिकलाई बोलाएर तत्कालै केही औषधि वितरण गरिएको थियो’, अध्यक्ष भुसालले भने, ‘फलेवास कृषि सञ्जालले कृषकहरूको समस्या छ भन्ने थाहा पाएसम्म समस्या समाधानको लागि खटेर काम गर्ने गरेका छौँ। अहिले पनि समयमा नै यसलाई नियन्त्रण गर्न सकिने अवस्था छ।’ कृषकहरूले गत वर्ष पनि गुभो कुहिने, ढुसी र किराको प्रकोपले क्षति बेहोरेका थिए। अहिले फलेवासका केही वडामा यसको प्रभाव देखिएको भए पनि अन्यत्र पनि थोरै थोरै मात्रामा समस्या देखिएको उनको भनाइ छ।
कृषि ज्ञान केन्द्र र फलेवास नगरपालिकाको कृषि शाखाका कर्मचारीसहितका प्राविधिकले मरुवा रोग व्यवस्थापनको लागि ट्राइसाइकाजोल ७५ प्रतिशत डब्ल्यू पी ०७५ ग्राम वा हेक्जाकोनाजोल ५ प्रतिशत इसी दुई मिलिलिटर वा क्रेसोक्जीम मिथाइल ४४.३ प्रतिशत एससी एक मिलिलिटर प्रतिलिटर पानीमा मिसाई १० दिनको फरकमा दुईतीन पटक छर्किन सुझाएका छन्। यस्तै ‘फुट रट’ रोग व्यवस्थापनको लागि स्वस्थ बीउको प्रयोग गर्ने, बेभिष्टिन दुई ग्राम प्रतिकिलोग्रामका दरले बिउको उपचार गर्ने, रोग ग्रस्त बोटहरू उखेलेर नष्ट गर्ने, खेतमा यो रोग देखा परेमा बेभिष्टिन तीन ग्राम प्रतिलिटर पानीमा मिसाइ छर्किनुपर्ने सुझाव उनीहरूले दिएका छन्।


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५सञ्चार क्षेत्रमा संकट र सम्भावनाबारे पर्वतमा गहन छलफल

प्रतिक्रिया