
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत। जिल्लाको फलेवास नगरपालिका- ६ देवीस्थानका लाल बहादुर कुँवरले लगाएको जेठोबुढो धानको बिरुवा धमाधम मर्न थाले। धानको बिरुवाको जराबाट सेतो धमिरो र रातो कमिलोको प्रकोप भएको जस्तो उनलाई लाग्यो। गह्रामा पानी नभएको वेलामा झनै प्रकोप बढेको जस्तो, जराबाट काटिन थालेको बिरुवाको काण्ड पनि काटिने र बिस्तारै बिरुवा नै मरेपछि उनले कृषि प्राविधिकहरूलाई खबर गरे।
फस्टाउने बेलाको धान खेतीमा रोगको प्रकोप बढ्दै गएर कृषक चिन्तामा परेपछि कृषि ज्ञान केन्द्र पर्वतले सोमबार स्थलगत रूपमा समस्याको अवलोकन गरेको छ। कार्यालयकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकारी सोविता सुवेदीले स्थानीय जातको धानमा यस्तो समस्या देखिएको बताउँदै यसको नियन्त्रणका लागि प्राविधिकको सल्लाह मान्नुपर्ने बताइन्।
आफूहरूले फलेवास नगरपालिका–३ को रुग्दी र वडा नं. ५ देवीस्थानमा लगाइएको धानमा देखिएको प्रकोपको बारेमा अध्ययन गरेको र केही नमुना बिरुवाको प्रयोगशालामा समेत अध्ययन गरिएको बाली संरक्षण अधिकृत सुवेदीको भनाइ छ। ‘राइस ब्लास्ट रोग बाहिरबाट ल्याएको बीउ वा बिरुवामा देखिँदैन। यो नेपालमा निषेधित रोग हो। यही कारण यसको प्रकोप स्थानीय जातका बीउमा नै देखिने हुन्छ’, उनले भनिन्, ‘यस्तो रोगको सङ्क्रमण भएको भए त बाहिरबाट आयात गर्न नै मिल्दैन। यसको प्रभाव बढ्दै जाने हो भने उत्पादन शून्य प्रतिशत पनि हुन सक्छ। अहिले पातमा देखिएको छ।’
हरेक वर्ष लगातार एउटै खालको बिउको प्रयोग गर्दा यो समस्या आउने सम्भावना रहने तथा यसको प्रभाव हावा र माटोबाट प्रसारण हुने सुवेदीले बताइन्। सुरुवाती अवस्थामा नै विषादीको प्रयोग गरियो भने यसको प्रभाव नियन्त्रणमा राख्न सकिने सुझाउँदै उनले अहिले घाम नलागेर तापक्रम घटेको बेलामा पनि यो प्रकोप बढ्ने सक्ने जानकारी दिइन्। अहिले धान गोड्ने बेला भएको र गोड्ने वेलामा कृषकले युरिया मल पनि छर्किने गरेकाले कतिपयले लगाएको धानमा रासायनिक मलकै कारण पनि प्रकोप फैलिएको हुन सक्ने सुवेदी बताउँछिन्।
केही दिन अगाडिबाटै प्रकोप बढ्न थालेपछि फलेवास नगर स्तरीय कृषि सञ्जालका अध्यक्ष विनोद भुसालको सक्रियतामा प्राविधिकको टोली आएर अवलोकन गरेको थियो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ बागलुङका प्राविधिक सहितको टोलीले प्रकोप नियन्त्रणका लागि केही किटनाशक औषधि वितरण गरेको थियो।
‘खासगरी जेठोबुढो, एक्ले जस्ता स्थानीय धानकै जातमा यो रोग लागेको देखियो। बागलुङका प्राविधिकलाई बोलाएर तत्कालै केही औषधि वितरण गरिएको थियो’, अध्यक्ष भुसालले भने, ‘फलेवास कृषि सञ्जालले कृषकहरूको समस्या छ भन्ने थाहा पाएसम्म समस्या समाधानको लागि खटेर काम गर्ने गरेका छौँ। अहिले पनि समयमा नै यसलाई नियन्त्रण गर्न सकिने अवस्था छ।’ कृषकहरूले गत वर्ष पनि गुभो कुहिने, ढुसी र किराको प्रकोपले क्षति बेहोरेका थिए। अहिले फलेवासका केही वडामा यसको प्रभाव देखिएको भए पनि अन्यत्र पनि थोरै थोरै मात्रामा समस्या देखिएको उनको भनाइ छ।
कृषि ज्ञान केन्द्र र फलेवास नगरपालिकाको कृषि शाखाका कर्मचारीसहितका प्राविधिकले मरुवा रोग व्यवस्थापनको लागि ट्राइसाइकाजोल ७५ प्रतिशत डब्ल्यू पी ०७५ ग्राम वा हेक्जाकोनाजोल ५ प्रतिशत इसी दुई मिलिलिटर वा क्रेसोक्जीम मिथाइल ४४.३ प्रतिशत एससी एक मिलिलिटर प्रतिलिटर पानीमा मिसाई १० दिनको फरकमा दुईतीन पटक छर्किन सुझाएका छन्। यस्तै ‘फुट रट’ रोग व्यवस्थापनको लागि स्वस्थ बीउको प्रयोग गर्ने, बेभिष्टिन दुई ग्राम प्रतिकिलोग्रामका दरले बिउको उपचार गर्ने, रोग ग्रस्त बोटहरू उखेलेर नष्ट गर्ने, खेतमा यो रोग देखा परेमा बेभिष्टिन तीन ग्राम प्रतिलिटर पानीमा मिसाइ छर्किनुपर्ने सुझाव उनीहरूले दिएका छन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया