
शिशिर,पोखरा ।साउन महिनाको अन्तिम सोमबार पोखराको सेती नदी किनार गाईघाटमा स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थापन सुदृढ गरिएको छ।
भक्तजनको सुरक्षा र भिड व्यवस्थापन गर्ने उद्देश्यले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा–१, बगर र नेपाल रेडक्रस सोसाइटी उपशाखा–१ को संयुक्त सहकार्यमा स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थापन गरिएको कार्यक्रम संयोजक लक्ष्मी शर्माले जानकारी दिनुभयो।
गाईघाटमा सोमबारे पूजाका अवसरमा ठूलो संख्यामा आउने श्रद्धालु भक्तजनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि सचेतना सहितको कार्यक्रम गरिएको हो।वर्षायाममा नदीको बहाव तीव्र र अनियन्त्रित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भक्तजनलाई सतर्क रहन र जोखिमपूर्ण स्थानबाट टाढा रहन आग्रह गरिएको अध्यक्ष रामप्रसाद अधिकारीले बताउनुभयो। संयुक्त टोलीले नदी किनारमा स्वयंसेवक तैनाथी र प्रत्यक्ष अवलोकन मार्फत सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारेको थियो।कार्यक्रम अध्यक्ष राम प्रसाद अधिकारीको नेतृत्व र कार्यसमिति सदस्य लक्ष्मी शर्माको संयोजनमा सम्पन्न भएको हो
सो अवसरमा दुवै संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरुको सहभागिता रहेको थियो।
















