SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/२५ गते
    १६४ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा ।पोखराको लामाचौरमा हुने तीज महोत्सवलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सघाउने भएको छ ।लामाचौरमा ३ दिनसम्म सञ्चालन हुने महोत्सव अन्तर्गतको अन्तर मावि छात्रा भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर एक्सपर्टले गरेको हो ।सो सम्बन्धमा आयोजक नवआदर्श सामुदायिक विकास समाज र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज बीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजक तर्फबाट अध्यक्ष दिनेश भण्डारी र कन्सल्टेन्सीका तर्फबाट पोखराका शाखा प्रमुख सलि देवान र बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णुप्रसाद गौतमबीच हस्ताक्षर भएको छ । चिप्लेढुंगास्थित पोखरा ट्रेड मलको पहिलो र दोस्रो तलामा कार्यालय रहेको उक्त कन्सल्टेन्सीले अष्टे्लिया, युके, यूएस, क्यानडा र न्यूजिल्याण्डमा विद्यार्थी पठाउँदै आएको छ ।

    समाजले संस्थाको आगामी भदौ ८ देखि १० गतेसम्म २९ औं वार्षिकोत्सव समारोह एवं २७ औं लामाचौर तीज महोत्सव गर्दैछ । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसरमा हुने उक्त कार्यक्रममा विविध सांस्कृतिक एवं खेलकुदका गतिविधि हुने छन् । अन्तरमावि छात्रा भलिबलसहित लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिता यहाँको प्रमुख आकर्षण हो ।

    हरितालिका तीज नजिकिँदै जाँदा महोत्सवको तयारी पनि तिव्र पारिएको अध्यक्ष भण्डारीले जानकारी दिए । तीजको दिन पोखरेली लगायत देशका विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउनेको घुइँचो नै लाग्ने गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं