
१बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
२जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
३पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
४काभा लिग महिला च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
५विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
६नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
७कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
८पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
९समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
१०जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
११पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
१२म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१२समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
पोखरा । गण्डकी प्रदेश सरकारको बजेटको वार्षिक विकास कार्यक्रम पुस्तिका सार्वजनिक भएसँगै सत्तापक्ष र विपक्षी दुबैतिर भाँडभैलो भइरहेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको ३१ अर्ब ९८ करोड रुपैयाँको बजेटले विपक्षी दलमात्रै होइन, सत्तापक्षमै ठूलो असन्तुष्टि पैदा गरेको छ ।
झण्डै ८७ प्रतिशत बहुमतको समर्थन पाएको शक्तिशाली सरकारले प्राथमिकताका क्षेत्र तोकेर बजेट हाल्न र प्रदेशको औचित्य पुष्टि गर्ने गरी योजना ल्याउनुपर्ने अनुशासनहीन बजेट ल्याएको भन्दै आलोचना भइरहेको छ । सरकारलाई पुष्टि गर्ने सुविधाजनक अवसरलाई गुमाउँदै सरकार फेरि पनि पहुँचवालाकै दबदबा कायम गर्दै टुक्रे योजनामै सीमित भएको छ ।
प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बजेटको प्राथमिकता बरालिएकोमात्रै होइन, जनयुद्धका शहीद परिवार, घाइते, अपांगलाई सरकारले बेवास्ता गरेको र दिँदै आएको कर छुटसमेत कटौती गरेको भन्दै सदन अवरुद्ध नै गर्यो ।
सांसद रेशमबहादुर जुग्जालीले जनयुद्धप्रति सरकार अनुदार हुनुको कारण सोध्दै सरकार नसच्चिएसम्स गण्डकीका ७१५ जना शहीद परिवार र २२२ जना बेपत्ताका परिवार ल्याएर मन्त्रालय घेर्ने चेतावनी दिए । माओवादीको यो चेतावनीपछि बाध्य भएर गण्डकी प्रदेश सरकार बजेट संशोधन गर्दै माओवादीका माग सम्बोधन गर्न तयार भयो ।
अर्थमन्त्री डा. टकराज गुरुङले रोस्टममा उभिएर जनयुद्धका शहीद, बेपत्ताका परिवार, घाइते, अपांगका परिवारलाई कर छुट दिने व्यवस्था आर्थिक ऐनमा गर्ने प्रतिबद्धता जनाए । त्यसपछि बल्ल संसद सुरु भएको थियो ।
चालु आर्थिक ऐनमा जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र आदिवासी/जनजाति आन्दोलनमा सहादत प्राप्त गरेका शहीदका आश्रित पति, पत्नी, छोरा र छोरी तथा मातापिताको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा अनुसूची बमोजिम लाग्ने सबै प्रकारका शुल्क पूर्ण रूपमा छुट हुनेछ भन्ने व्यवस्था थियो । अहिले त्यो व्यवस्था काटिएपछि माओवादी रुष्ट बनेको थियो ।
सत्तापक्षकै सांसद पनि असन्तुष्ट
संसद अवरोध हटे पनि तर सांसदहरुको असुन्तुष्टिका स्वरहरु भने चुलिएका छन् । बजेट सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सत्तारुढ दलका नेता खगराज अधिकारी र अर्थ सचिव राजेन्द्रदेव पाण्डेसमेतको क्षेत्रमा केन्द्रित हुँदा सत्तापक्षकै सांसदको योजना काटिएको भन्दै कांग्रेसका सांसद रुष्ट छन् ।
मुख्यमन्त्री पाण्डेले ८५ करोड, अधिकारीले त्यही हाराहारीमा, प्रतिपक्षी दल माओवादीका नेता हरिबहादुर चुमानलाई २५ करोड रुपैयाँ हाराहारीमा बजेट पार्दा सांसदका योजना भने काटिएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
सांसदका योजना काटेर खगराजका प्रिय पात्र रहेका मन्त्री प्रकाशबहादुर केसीमार्फत मुख्यमन्त्री, मन्त्री, दलका नेताले योजना हालेको र अर्थसचिव पाण्डेले आफ्नो जन्मस्थल भानु क्षेत्रमा बजेट खन्याएको आरोप छ ।
सत्तापक्षकै सांसद तथा पूर्वमन्त्री दिपेन्द्रबहादुर थापाले आफूले सिलिङमार्फत हालेको पुलको बजेट नै काटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बागलुङबाट निर्वाचित कांग्रेस सांसद डिल्ली सुवेदीले सरकारबाटै अनियन्त्रित योजना समावेश भएर पुस्तिका सार्वजनिक भएको बताएका छन् । अर्थसचिवले सरकार, मन्त्रीलाईसमेत छलेर, सांसदका योजना फाल्ने हो भने अर्थमन्त्रीकै नैतिकतामाथि प्रश्न उठ्ने सुवेदीको भनाइ छ ।
बजेटप्रति असन्तुष्टि जनाउँदै शुक्रबारको प्रदेश सभा बैठकमा बागलुङका अधिकांश सांसद उपस्थित नै भएनन् । सांसद द्रोण कुँवरबाहेक अधिकांशले बजेटकै कारण आफूहरु प्रदेश सभाको छलफलमा नगएको बताएका छन् ।
अघिल्लो वर्षकै दायित्व घटाउने र यस वर्षको प्राथमिकताको क्षेत्रमा मात्रै बजेट हालेर बजेटमा अनुशासन कायम गर्ने मुख्यमन्त्री पाण्डेले बताउँदै आएका थिए । तर, बजेट भने त्यस्तो नआएको भन्दै सांसददेखि नागरिक तहसम्मैबाट असन्तुष्टि र आलोचनाका आवाज सुनिएका छन् ।
बजेटमा ‘निलो कोट’ हाबी भएको भएको गुनासो
सरकारले प्रत्यक्ष सांसदलाई आफ्नो क्षेत्रमा एउटा सडकमा एक करोड रुपैयाँ छुट्याएर त्यसलाई बहुवर्षीय योजनाका रुपमा ठेक्का लगाउने प्रतिवद्धतासहित योजना मागेको थियो । त्योबाहेक प्रत्यक्ष र समानुतिक दुबै खाले सांसदलाई १/१ करोडका सडक दिइएको थियो ।
यस्तै प्रत्यक्षलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा ५०, पर्यटनमा ४०, सामाजिक मन्त्रालयमा ३०, वन मन्त्रालयमा १० लाख रुपैयाँ बराबरको योजना ल्याउन सिलिङ दिइएको थियो । समानुपातिक सांसदालाई त्यसको आधा सिलिङ तोकिएको थियो । तर, सरकारले ल्याएको बजेटमा सांसदले पठाएको योजनासमेत काटिएर आएको उनीहरुले गुनासो गरिरहेका छन् ।
मुख्यमन्त्री पाण्डे र एमाले दलका नेता खगराज ।
मुख्यमन्त्री पाण्डेले बजेट गोरखा केन्द्रित गर्ने, पूर्वमुख्यमन्त्री तथा सत्ता साझेदार दलका नेता खगराजले भौतिक पूर्वाधारमन्त्री केसीसमेतलाई प्रयोग गरेर कास्की केन्द्रित गर्ने, अर्थसचिव पाण्डेले तनहुँको भानु केन्द्रित गर्ने, पहुँचवाला मन्त्री र सांसदले आफ्नो क्षेत्र केन्द्रित गर्ने काम गर्दा बजेट नै जनताको पक्षमा होइन, नेता र पहुँचवालाको पक्षमा गएको देखिएको छ ।
सरकारले प्राथमिकताको क्षेत्र नै तय गर्न नसकेको भनेर आलोचना भइरहेको छ । बजेट ल्याउनु अगाडि नै मुख्यमन्त्री पाण्डे नै नेता रहेको कांग्रेस संसदीय दलमा योजना र बजेटका सन्दर्भमा सांसदहरुले आपत्ति जनाएका थिए । बजेटको समानुपातिक विवरण नहुने, सांसदले सिफारिस गरेका योजना बाहिरबाटै बजेट आउने हो भने त्यो मान्य नहुने सांसदको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले नेतृत्वमा बसिसकेपछि धेरैतिर मिलाउनुपर्ने बताएको एक सांसदले जानकारी दिए ।
मुख्यमन्त्री र सांसदबीच भनाभनकै स्थिति भएपछि मुस्ताङका सांसद विकल शेरचनले राजीनामा दिने घोषणा गरेर सच्याउन दबाबसमेत दिएका थिए । मुख्यमन्त्री पाण्डेले यसपटकको बजेटले अनुशासन कायम गर्ने बताएका थिए । तर, उनकै दलका सांसदहरुले बजेटमाथि असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यो असन्तुष्टि संसदमै प्रकट भइनसकेको भए पनि सत्तापक्षका सांसदले बजेट अनुशासनहीन आएको सञ्चारमाध्यममा प्रतिक्रिया दिइरहेका छन् ।
प्रदेशको राजस्व बढाउने, उत्पादन र रोजगारी बढाउने हिम्मत गरेर केही प्राथमिकताका योजना छानेर बजेट हाल्नुपर्नेमा त्यस्तो हुन नसकेको माओवादी सांसद जुग्जालीले बताए । सरकारले बहुवर्षीय योजनाले सिर्जना गरेका दायित्व पूरा गर्नेतिर भन्दा फेरि पनि टुक्रे योजनामै ध्यान केन्द्रित गरेको उनको भनाइ छ ।
‘जो दायित्व सिर्जना भएका बहुवर्षे आयोजनाहरु छन्, त्यो गत वर्षको बजेटमा पनि अलपत्र पार्ने गरी आयो । अहिले पनि वितरणमुखी र कार्यकर्ता खुसी पार्ने खालकै बजेट देखियो,’ उनले भने ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको तालमेल नमिलेको, बजेट वक्तव्यमा गएका कुरा वार्षिक विकास कार्यक्रममै फरक परेको र बजेटमा ‘निलो कोट’ हाबी भएको सांसदहरुको गुनासो छ ।
अर्थमन्त्री डा. गुरुङले पेश गरेको बजेटअनुसार सबैभन्दा धेरै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका निम्ति ११ अर्ब ९७ करोड रुपैयाँका योजना छन् । दोस्रो ठूलो बजेट पाउने मन्त्रालय ऊर्जा, जलस्रोत तथा खानेपानी हो । यो मन्त्रालयले ३ अर्ब ८८ करोड बजेट प्राप्त गरेको छ । तेस्रो ठूलो बजेट स्वास्थ्य मन्त्रालयको छ ।
स्वास्थ्य क्षेत्रका लागि गण्डकी प्रदेश सरकारले ३ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरेको छ भने सामाजिक विकास मन्त्रालयतर्फ २ अर्ब ३९ करोड रुपैयाँ छ ।
वन तथा वातावरण मन्त्रालयतर्फ १ अर्ब ६ करोड र उद्योग तथा पर्यटनतर्फ ८४ करोड २१ लख रुपैयाँ मात्र छ । यो बजेटमा पनि सरकारकै नेतृत्व, मन्त्री र तिनलाईसमेत प्रभाव पार्न सक्ने कर्मचारी हाबी भएको गुनासो सांसदहरुको छ ।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई

प्रतिक्रिया