News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    बिहादीले आगामी बर्षको बजेट असार ९ गते ल्याउँदै

    पर्वत । जिल्लाको विहादी गाउँपालिकाले असार ९ गते नीति कार्यक्रम तथा बजेट ल्याउने भएको छ । स्थानीय तहको सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजीम गाउँपालिकाले आगामी असार ९ गते सत्रौं गाउँ सभाको आब्हान गरेको हो । गाउँपालिका अध्यक्ष परविन गुरुङले ३ वटा कार्यसूचि राखि गाउँपालिकाको गाउँ सभाको आब्हान गर्नुभएको छ ।

    गाउँपालिका सत्रौं गाउँ सभामा आव २०८२÷०८३ को बाािर्षक नीति कार्यक्रम प्रस्तुत गर्नेछ । गाउँसभाको दोस्रो कार्यसुचि बमोजीम आगामी आर्थिक बर्षको विनियोजन ऐन र आर्थिक ऐन प्रस्तुत हुनेछन् ।

    गाउँ सभाले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम सोहि सभामा प्रस्तुत गर्ने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभएको छ । गाउँ सभा गाउँपालिकाको सभाहलमा आयोजना हुने प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद भुषालले जानकारी दिनुभयो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया