
१आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
३मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
पोखरा । भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले बिहीबार कास्की जिल्लाका राजनीतिक दलसँग अन्तरक्रिया गरेका छन् ।पृथ्वीचोक बसपार्कको जग्गामा बस्दै आएका बसोबासीको घरजग्गा खाली गराउन वडा कार्यालयले सूचना जारी गरेपछि उनीहरुले यसअघि विभिन्न निकायमा मागपत्र बुझाएका थिए ।
बिस २०३६ सालदेखि बसोबास गरेकाहरुलाई ३५ दिनभित्र घरजग्गा खाली गरिदिन बडा कार्यालय ९ ले गएको बैशाख २ गते पत्र काटेको थियो । त्यो जग्गा पोखराका विभिन्न व्यक्तिका नाममाा दर्ता भएको भन्दै खाली गरिदिन वडा कार्यालयले पत्र काटेको थियो । कित्ता नम्बर १७२ को कुल ११५ रोपनी मध्ये ७२ रोपनी जग्गा पछि दर्ता भएको बताइएको छ ।
पृथ्वीचोकको जग्गा खाली गर्ने सूचना जारी भएको ३५ औं दिनमा पोखरामा आयोजित कार्यक्रममा भने विभिन्न दलका नेताहरुले सुकुम्बासी समस्या समाधानका लागि प्रतिवद्धता गरेका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा भएको कार्यक्रममा उनीहरुको त्यस्तो भनाइ आएको हो ।
अन्तरक्रिया कार्यक्रमका प्रमूख अतिथि राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य निर्मल नेपालीले सबै दलहरु पटक पटक सरकारमा सहभागी भए पनि समस्या समाधान गर्न चासो नदिएको बताए । भूमि अधिकारकर्मी नेपालीका अनुसार सुकुम्बासी समस्याका आडमा धनी पुँजीपतिहरुलाई जग्गा दिने काम गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवरले चुनावका बेलामा पार्टीहरुले सुकुम्बासीहरुलाई झुक्याएको भन्दै अबका दिनमा समस्या समाधान गर्न लाग्नु पर्नेमा जोड दिए । कांग्रेस नेता कुँवरले सुकुम्बासी समस्या समाधानमा आफू र आफ्नो सँधै लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
सोही कार्यक्रममा नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले समस्या समाधान नुहुनुमा कुनै एउटा मात्र दललाई दोप दिएर उम्कन नमिल्ने तर्क गरे । विगतमा सबै दलहरु सरकारमा सहभागी भएको तथ्य स्मरण गराउँदै अबका दिनमा सबैको सहकार्यमा कार्य सम्पन्न गरिनु पर्ने एमाले नेता बरालको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीका महामन्त्री वरुणविक्रम राणाले सत्तारुढ दलहरुको अर्कमण्यताका कारण सुकुम्बासी समस्या समाधान हुन नसकेको दावी गरे । प्रधानमन्त्रीले चाहने हो भने ६ महिनाभित्र सुकुम्बासी समस्या समाधान हुने उनको तर्क छ ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका उपाध्यक्ष राजु राईले सत्तारुढ दलसँग संसदमा दुई तिहाइ बहुमत रहेकोले सुकुम्बासी बारे आवश्यक निर्णय गर्न कुनै समस्या नहुुनु पर्ने जिकिर गरे । सत्तारुढसहित अरु दलहरु सुकुम्बासी समस्या समाधान भए भोट बैंक समाप्त हुने भयबाट त्रसित भएको भन्दै आवश्यक निर्णय गरेर देखाउन रास्वपा नेता राईले चुनौति दिए ।
नेकपा माओबादी केन्द्रका नेता भीम नेपालीले सुकुम्बासीहरुका पक्षमा आफ्नो पार्टी सदैव लागि रहने भन्दै समस्या समाधान नभइकन कसैलाई पनि घरजग्गाबाट उठिबास नगर्न चेतावनी दिए । आयोजक राष्ट्रिय भूमि अधिकार मञ्च गण्डकीका अध्यक्ष रामबहादुर लामिछानेले गणतन्त्र आए पनि जनताको घरमा लालपुर्जा नआएको तर्फ सबै राजनीतिक दलहरुको ध्यान जानु पर्ने बताए ।
मञ्चको कास्की जिल्ला अध्यक्ष प्रेम गुरुङले पटक पटक भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान आयोगहरु गठन गरे पनि कास्कीमा समस्या ज्यूँका त्यूँ रहेकाले सरकारहरु असफल बनेको जानकारी दिए ।
कार्यक्रममा कास्कीका विभिन्न वडा तथा टोलमा भूमिहिन र अव्यवस्थित बसोबासीहरुले भोगेका समस्या बारे सहभागीले राजनीतिक दलका नेताहरुलाई जानकारी गराएका थिए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया