
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले बिहीबार कास्की जिल्लाका राजनीतिक दलसँग अन्तरक्रिया गरेका छन् ।पृथ्वीचोक बसपार्कको जग्गामा बस्दै आएका बसोबासीको घरजग्गा खाली गराउन वडा कार्यालयले सूचना जारी गरेपछि उनीहरुले यसअघि विभिन्न निकायमा मागपत्र बुझाएका थिए ।
बिस २०३६ सालदेखि बसोबास गरेकाहरुलाई ३५ दिनभित्र घरजग्गा खाली गरिदिन बडा कार्यालय ९ ले गएको बैशाख २ गते पत्र काटेको थियो । त्यो जग्गा पोखराका विभिन्न व्यक्तिका नाममाा दर्ता भएको भन्दै खाली गरिदिन वडा कार्यालयले पत्र काटेको थियो । कित्ता नम्बर १७२ को कुल ११५ रोपनी मध्ये ७२ रोपनी जग्गा पछि दर्ता भएको बताइएको छ ।
पृथ्वीचोकको जग्गा खाली गर्ने सूचना जारी भएको ३५ औं दिनमा पोखरामा आयोजित कार्यक्रममा भने विभिन्न दलका नेताहरुले सुकुम्बासी समस्या समाधानका लागि प्रतिवद्धता गरेका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा भएको कार्यक्रममा उनीहरुको त्यस्तो भनाइ आएको हो ।
अन्तरक्रिया कार्यक्रमका प्रमूख अतिथि राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य निर्मल नेपालीले सबै दलहरु पटक पटक सरकारमा सहभागी भए पनि समस्या समाधान गर्न चासो नदिएको बताए । भूमि अधिकारकर्मी नेपालीका अनुसार सुकुम्बासी समस्याका आडमा धनी पुँजीपतिहरुलाई जग्गा दिने काम गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवरले चुनावका बेलामा पार्टीहरुले सुकुम्बासीहरुलाई झुक्याएको भन्दै अबका दिनमा समस्या समाधान गर्न लाग्नु पर्नेमा जोड दिए । कांग्रेस नेता कुँवरले सुकुम्बासी समस्या समाधानमा आफू र आफ्नो सँधै लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
सोही कार्यक्रममा नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले समस्या समाधान नुहुनुमा कुनै एउटा मात्र दललाई दोप दिएर उम्कन नमिल्ने तर्क गरे । विगतमा सबै दलहरु सरकारमा सहभागी भएको तथ्य स्मरण गराउँदै अबका दिनमा सबैको सहकार्यमा कार्य सम्पन्न गरिनु पर्ने एमाले नेता बरालको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीका महामन्त्री वरुणविक्रम राणाले सत्तारुढ दलहरुको अर्कमण्यताका कारण सुकुम्बासी समस्या समाधान हुन नसकेको दावी गरे । प्रधानमन्त्रीले चाहने हो भने ६ महिनाभित्र सुकुम्बासी समस्या समाधान हुने उनको तर्क छ ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका उपाध्यक्ष राजु राईले सत्तारुढ दलसँग संसदमा दुई तिहाइ बहुमत रहेकोले सुकुम्बासी बारे आवश्यक निर्णय गर्न कुनै समस्या नहुुनु पर्ने जिकिर गरे । सत्तारुढसहित अरु दलहरु सुकुम्बासी समस्या समाधान भए भोट बैंक समाप्त हुने भयबाट त्रसित भएको भन्दै आवश्यक निर्णय गरेर देखाउन रास्वपा नेता राईले चुनौति दिए ।
नेकपा माओबादी केन्द्रका नेता भीम नेपालीले सुकुम्बासीहरुका पक्षमा आफ्नो पार्टी सदैव लागि रहने भन्दै समस्या समाधान नभइकन कसैलाई पनि घरजग्गाबाट उठिबास नगर्न चेतावनी दिए । आयोजक राष्ट्रिय भूमि अधिकार मञ्च गण्डकीका अध्यक्ष रामबहादुर लामिछानेले गणतन्त्र आए पनि जनताको घरमा लालपुर्जा नआएको तर्फ सबै राजनीतिक दलहरुको ध्यान जानु पर्ने बताए ।
मञ्चको कास्की जिल्ला अध्यक्ष प्रेम गुरुङले पटक पटक भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान आयोगहरु गठन गरे पनि कास्कीमा समस्या ज्यूँका त्यूँ रहेकाले सरकारहरु असफल बनेको जानकारी दिए ।
कार्यक्रममा कास्कीका विभिन्न वडा तथा टोलमा भूमिहिन र अव्यवस्थित बसोबासीहरुले भोगेका समस्या बारे सहभागीले राजनीतिक दलका नेताहरुलाई जानकारी गराएका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया