
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
कास्की।,पोखराको सभ्यता र संस्कृतिको इतिहासमा अनौठो र भव्य धार्मिक आयोजनाको रूपमा अघि बढिरहेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा सहित २५ जनाको समुहसहित आएकी छिन्। उनले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको छ।
यसअघि वैशाख ५ गते पोखरा आएकी देवी प्रतिभाले लगातार १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी थिइन्। उनका “प्यार से बोलोना” भन्ने शब्द आज लाखौं भक्तजनका लागि उर्जाको स्रोत बनेको छ। पोखरामा पहिलोपटक एउटै स्थानमा करिब दुई लाखभन्दा बढी भक्तजनको उपस्थितिमा सम्पन्न यस यज्ञस्थलमा खुट्टा टेक्ने ठाउँ समेत नपाएको अबस्था रहेको थियो।
देवी प्रतिभाको आगमनसँगै युवा दार्शनिक चैतन्यकृष्ण महाराजको बिदाइ गरिएको छ। त्यस्तै, जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए। शुक्रबार एकादशी परेकाले मात्रै एक लाखभन्दा बढी भक्तजनले कोटिहोममा उपस्थिति जनाएका थिए। वैदिक विधिबाट विविध पूजाआर्चना, हवन तथा आध्यात्मिक प्रवचन गरिएको थियो। श्री विभूषित १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुजस्ता महानुभावहरूले कथा वाचन र भक्तिभावयुक्त भजन प्रस्तुत गरेका थिए।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्रीकृष्णमूर्ति जी महाराजका अनुसार विराट महायज्ञमा अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित बिष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन्। भने स्व. सूर्य व. केसीको नाममा उनकी धर्मपत्नी प्रेम कुमारी केसीले आजीवन सदस्य रहने गरी २ लाख रुपैयाँ दान गरेकी छिन। पोखरेलीले भोलिका दिनमा १०० रोपनी जग्गा उपलब्ध हुने पोखरेलीले बताएको समेत गारेका जानकारी गराएका छन्।
रक्तदानमा हालसम्म ६०० भन्दा बढी युनिट रक्त संकलन भइसकेको छ। साथै, राष्ट्रिय भजन प्रतियोगितामा दुई सयभन्दा बढी समूहले सहभागिता जनाइसकेका छन्। महायज्ञमा सहभागि समाजसेवी सागर ढकालले “मेरो संस्कार म आफैले वैज्ञानिक रूपमा बुझ्नुपर्छ,” भन्दै संस्कारको वैज्ञानिक पक्षप्रति जोड दिएका थिए। उनले दैनिक जीवनमा संस्कार र संस्कृति जिवन्त राख्न आग्रह गरे।
विज्ञ वक्ता रमेश प्रसाईले “आजको युगमा यज्ञमा उपस्थिति जनाउनु मात्र होइन, यो हाम्रो सभ्यताको शिखर चुम्नु हो,” भनी भावनात्मक मन्तव्य दिएका थिए। उनले भक्तिभवको “हे नारद जी” कविता समेत प्रस्तुत गरे। जेठ २६ गतेसम्म सञ्चालन हुने कोटिहोम अन्तर्गत ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। दैनिक चार सयभन्दा बढी ब्राह्मणद्वारा सञ्चालन भइरहेको हवनले वातावरण शुद्धीकरण र आध्यात्मिक उर्जाको संचार गरिरहेको संयोजक ढकालले बताए।
महायज्ञमा तुलादान, ग्रहशान्ति, पितृ पुराण, विवाह, हनुमान चालीसा, रुद्राभिषेक, भूमिदान, गोदान लगायतका विविध वैदिक कर्मकाण्डको व्यवस्था गरिएको छ। साथै, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण कार्यक्रम भैरहेको छ । विवाह इच्छुकहरूका लागि शुभ विवाहको अवसर पनि प्रदान गरिएको छ।
दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारीबाट थाली नृत्यसहितको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। मानव सेवा फाउन्डेसनद्वारा ललितपुर र भक्तपुरमा सञ्चालित सामाजिक अभियानको सहयोगार्थ यो भव्य कार्यक्रम आयोजना गरिएको हो।
सकोटिहोम अझै जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। आध्यात्मिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र सेवामूलक गतिविधिहरूले भरिएको यो ऐतिहासिक यज्ञमा सहभागी भई पुण्य लाभ लिन सकिन्छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया