SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/२/८ गते
    २२८ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा । पोखराको मोहोरीया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा निर्वाचन प्रक्रिया मार्फत विद्यार्थी प्रमुख तथा उप–प्रमुखको चयन भएको छ ।

    विद्यालयमा हुने गतिविधिहरुलाई सहज रुपमा सम्पन्न गर्न र उनीहरूलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउनको लागि मतदान प्रक्रियाबाट प्रमुख तथा उपप्रमुखको छनोट गरिएको हो । ६ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको सो निर्वाचनमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले मतदान गरी प्रमुख तथा उपप्रमुखको छनोट गरेका छन् । कार्यक्रमलाई सहयोग र सफल गराउन शिक्षक होमराज अधिकारीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

    उक्त निर्वाचनबाट कक्षा १० मा अध्ययनरत छात्रा प्रशंशा कार्की प्रमुख र सोही कक्षामा अध्ययनरत छात्र सक्षम बाँस्तोला उप–प्रमुखमा अत्याधिक मत ल्याएर निर्वाचित भएका छन् ।खादा र ब्याज वितरण गर्दै विद्यालयका प्राचार्य कृष्ण कुमार श्रेष्ठले प्रमुख तथा उपप्रमुखलाई सपथ ग्रहण गराउनुभयो । उहाँले यस प्रकारको कार्यबाट विद्यार्थीले चुनावी प्रक्रियाका विषयमा ज्ञान हासिल गरेको बताउनुभयो।

    नवनिर्वाचित प्रमुख र उपप्रमुखले विद्यालयमा हुने हरेक गतिविधिलाई सहजिकरण गर्ने प्रतिबद्धता जनाए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं