
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी नराख्ने बताएका छन् । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो र युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा तथा तालिम परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयको आयोजनामा भएको परियोजना निर्देशन समितिको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् ।
“युवाहरूलाई लक्षित गर्दै सञ्चालित यी परियोजनाहरूले सीप, दक्षता र रोजगार सुनिश्चिततामा उल्लेखनीय प्रभाव पार्नेछन् । प्रदेश सरकारले दिगो भविष्य निर्माणका लागि यस्ता योजनाहरूलाई प्राथमिकतामा राखेको छ ।”, उनले भने ।
मन्त्री थापाले गुणस्तरीय प्राविधिक तालिम र सीप विकास कार्यक्रमले वैदेशिक रोजगारीमा जाने, स्वरोजगारको सम्भावना खोज्ने तथा उद्यमशील बन्न चाहने युवाहरूलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । उनले यस्ता परियोजनाहरुले प्रदेशमा सीप विकास, शैक्षिक गुणस्तर वृद्धि, रोजगारी सृजना जस्ता क्षेत्रमा महत्वपूर्ण सुधार ल्याउने बताए । विशेषत युवाहरु, महिला, विपन्न तथा पुनः स्थापित श्रमिकहरुको जीवनमा प्रत्यक्ष प्रभाव पर्न थालेको उनले उल्लेख गरे ।
मन्त्री थापाले मन्त्रालयले स्विजरल्याण्ड सरकारको सहकार्यमा शिक्षा क्षेत्रका तीन महत्वपूर्ण प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम (टिभिईटी) परियोजनाहरु कार्यान्वयन गर्दै आएको जानकारी गराए । उनले सरकारले रोजगारीमुखी प्राविधिक तथा व्यवसायिक शिक्षा, औद्योगिक प्रशिक्षार्थी तालिम, सीप परिक्षण तथा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली, स्तर निर्धारण एवम् प्रशिक्षक अनुमति पत्र आदिको कार्यान्वयन मार्फत समृद्ध प्रदेश निर्माणको संकल्प लिएको बताए । सामाजिक समावेशितालाई ध्यान दिँदै पहुँचबाट वञ्चित समुदायका लागि प्राविधिक शिक्षाका लागि छात्रवृति लगायत आवासीय तालिम कार्यक्रम संचालन गर्ने भनाई उनको छ ।
स्विस विकास सहकार्य (एसडीसी) का प्रमुख माथिएस मेयरले युवाको वृतिविकासमा गण्डकी प्रदेश सरकारले गरेको कामको प्रशंसा गरे । उनले नीजि क्षेत्र सँग मिलेर साझेदारी मोडलमा गरेको कामलाई उदाहरणका रुपमा लिएका छन् । उनले मानवसंसाधनको विकासमा स्विस सरकार साथमा रहेको समेत प्रतिबद्धता जनाएका छन् ।
मन्त्रालयका सचिव नवराज ढकालले प्राविधिक र व्यवसायिक शिक्षनलाई बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । स्विस सरकारलाई निरन्तर सहयोग गरिराख्न उनको अनुरोध छ । स्थानीय तहसँग समन्वय गर्दै मन्त्रालयले आफ्ना काम, कर्तव्य र अधिकारलाई अगाडि बढाउँदै लगेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघ गण्डकीका संस्थापक अध्यक्ष संजीव कोइरालाले स्विस सरकारले दिएको सहयोगलाई आम मजदुरहरुको सीप परिक्षणका लागि खर्च गर्नुपर्ने आवश्यकतालाई औंल्याए । गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर रानामगरले प्राविधिक सीपयुक्त शिक्षालाई स्थानीय तहमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।
जैमिनी नगरपालिका बाग्लुुङका उपप्रमुख हरिहर शर्मा लगायतले बोलेको कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख तोयानाथ लम्सालले परियोजनाको प्रगतिका विषयमा जानकारी गराएका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया