
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी नराख्ने बताएका छन् । दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो र युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा तथा तालिम परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयको आयोजनामा भएको परियोजना निर्देशन समितिको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् ।
“युवाहरूलाई लक्षित गर्दै सञ्चालित यी परियोजनाहरूले सीप, दक्षता र रोजगार सुनिश्चिततामा उल्लेखनीय प्रभाव पार्नेछन् । प्रदेश सरकारले दिगो भविष्य निर्माणका लागि यस्ता योजनाहरूलाई प्राथमिकतामा राखेको छ ।”, उनले भने ।
मन्त्री थापाले गुणस्तरीय प्राविधिक तालिम र सीप विकास कार्यक्रमले वैदेशिक रोजगारीमा जाने, स्वरोजगारको सम्भावना खोज्ने तथा उद्यमशील बन्न चाहने युवाहरूलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । उनले यस्ता परियोजनाहरुले प्रदेशमा सीप विकास, शैक्षिक गुणस्तर वृद्धि, रोजगारी सृजना जस्ता क्षेत्रमा महत्वपूर्ण सुधार ल्याउने बताए । विशेषत युवाहरु, महिला, विपन्न तथा पुनः स्थापित श्रमिकहरुको जीवनमा प्रत्यक्ष प्रभाव पर्न थालेको उनले उल्लेख गरे ।
मन्त्री थापाले मन्त्रालयले स्विजरल्याण्ड सरकारको सहकार्यमा शिक्षा क्षेत्रका तीन महत्वपूर्ण प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम (टिभिईटी) परियोजनाहरु कार्यान्वयन गर्दै आएको जानकारी गराए । उनले सरकारले रोजगारीमुखी प्राविधिक तथा व्यवसायिक शिक्षा, औद्योगिक प्रशिक्षार्थी तालिम, सीप परिक्षण तथा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली, स्तर निर्धारण एवम् प्रशिक्षक अनुमति पत्र आदिको कार्यान्वयन मार्फत समृद्ध प्रदेश निर्माणको संकल्प लिएको बताए । सामाजिक समावेशितालाई ध्यान दिँदै पहुँचबाट वञ्चित समुदायका लागि प्राविधिक शिक्षाका लागि छात्रवृति लगायत आवासीय तालिम कार्यक्रम संचालन गर्ने भनाई उनको छ ।
स्विस विकास सहकार्य (एसडीसी) का प्रमुख माथिएस मेयरले युवाको वृतिविकासमा गण्डकी प्रदेश सरकारले गरेको कामको प्रशंसा गरे । उनले नीजि क्षेत्र सँग मिलेर साझेदारी मोडलमा गरेको कामलाई उदाहरणका रुपमा लिएका छन् । उनले मानवसंसाधनको विकासमा स्विस सरकार साथमा रहेको समेत प्रतिबद्धता जनाएका छन् ।
मन्त्रालयका सचिव नवराज ढकालले प्राविधिक र व्यवसायिक शिक्षनलाई बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । स्विस सरकारलाई निरन्तर सहयोग गरिराख्न उनको अनुरोध छ । स्थानीय तहसँग समन्वय गर्दै मन्त्रालयले आफ्ना काम, कर्तव्य र अधिकारलाई अगाडि बढाउँदै लगेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघ गण्डकीका संस्थापक अध्यक्ष संजीव कोइरालाले स्विस सरकारले दिएको सहयोगलाई आम मजदुरहरुको सीप परिक्षणका लागि खर्च गर्नुपर्ने आवश्यकतालाई औंल्याए । गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर रानामगरले प्राविधिक सीपयुक्त शिक्षालाई स्थानीय तहमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।
जैमिनी नगरपालिका बाग्लुुङका उपप्रमुख हरिहर शर्मा लगायतले बोलेको कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख तोयानाथ लम्सालले परियोजनाको प्रगतिका विषयमा जानकारी गराएका थिए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया