
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा । नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका छन् ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित भएकी हुन् ।
पुरुषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । उनीहरु दुवैलाई छनोट समितिको सिफारिसमा वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान गरियो । वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो÷मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ समेत मनोनयनमा परेका थिए । पुरुषतर्फ टेनिसका प्रलिप खड्का र फुटबलका सुमित श्रेष्ठ थिए ।
महिला वर्ष खेलाडी उपाधि बिजेता अरुणा शाही नेपाली महिला भलिबल राष्ट्रिय टिमकी कप्तान हुन् । मुक्तिदान विद्यालयबाट आफ्नो खेल जीवनको सुरु गर्दा उनी मात्र १३ वर्षकी थिइन् । परिवारको बाधाका बिच उनले भलिबललाई नै रोज्दै अघि बढिन् । राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने अरुणाले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका पाएकी थिइन् । त्यसयता नियमित राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाइराख्न सफल अरुणाले भारतसँगको मैत्रिपूर्ण, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेल्दै भलिबलमा आफ्नो एकछत्र राज गरिरहेकी छिन् ।
अहिले उनी एकपछि अर्को सफलतामा रमाइरहेकी छिन् । २०८१ साल उनका लागि अझ स्वर्णिम बन्यो । अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा उनको कप्तानीमा नेपाली महिला टोलीले भारतमाथि निकाल्यो । भने फाइनलमा भारतसँगै पराजित भएर उपविजेता भएको थियो । टाइगर कपमा पनि आयोजक टाइगर ग्रुप पोखराबाट सहभागी बनेर उपाधि जिताएकी थिइन् । त्योभन्दा अघि आठौं एनभिए कपमा एभरेष्ट भलिबल क्लबबाट सहभागी बनेर टिमलाई द्वितिय बनाउन भूमिका खेलिन् । २०८१ सालमै नेपालमै पहिलो पटक भएको महिला भलिबल लिगमा चितवन शक्तिको मार्की खेलाडी थिइन् ।
पुरुषतर्फ वर्ष खेलाडी विश्वास अधिकारी नवलपुर बौद्धिकाली गाउँपालिका ३ बाझोबारीका उनी २ वर्षअघि मात्रै गण्डकी प्रदेशको टिममा डेब्यु गरे । मिडल ब्लकरको भूमिकामा खेल्दै आएका उनले २०६५ सालमा जन्मिएका विश्वासले श्रीलंकामा भएको काभा यु–२० भलिबल च्याम्पियनसिप खेल्दै रजत पदक हासिल गर्न सफल भएका थिए । उनका लागि राष्ट्रिय टिमबाट खेलेको यो पहिलो खेल समेत हो । उनले प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा समेत उनी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । ३४ औं राष्ट्रिय मेन्स भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले तेस्रो स्थान हासिल उनी टोलीमा थिए । आठौं पिएम कप महिला÷ पुरुष भलिबलमा दोस्रो, चौथो टाइगरकपमा दोस्रो समेत भएका थिए । १६ वर्षदेखी भलिबल खेल्न सुरु गरेका उनको पहिलो यात्रा स्थानीय क्लब नयाँछापबाट खेल्दै आएका थिए । त्यो बाहेक प्रदेशस्तरीय र पालिका स्तरीय खेलमा उनले प्राप्त गरेका पदकहरु पनि धेरै छन् ।
त्यस्तै मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ । उनलाई चाँदीको करुवासहित अवार्ड प्रदान गरिएको मञ्चका सचिव एवं अवार्ड कार्यक्रमका प्रचारप्रसार संयोजक राजु गिरीले बताए ।
उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट बनीन् । सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत उपाधि होडमा थिए । टेनिसका नीरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बने । उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त ग¥योभने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बिजय नेपालले पाए । उनीहरूलाई ३५ हजारसहित अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा खेलकुद मन्त्री बिन्दु कुमार थापाले स्वास्थ्य रहनको लागि खेलकुदको ठुलो महत्व रहेको बताए । साथै पर्यटन प्रवर्धनका लागि पनि खेलकुदको योगदान रहेको उनको भनाई थियो ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले खेल र खेलाडीका लागि गरिने यस्ता कार्यक्रमलाई सहकार्य गर्न तयार रहेको बताए । साथै खेलाडीको राष्ट्रप्रतिको योगदानलाई सम्मान व्यक्त गरे ।
त्यसैगरि पोखरा महानगरपालिका मेयर धनराज आचार्यले राज्यले आयोजना गर्नुपर्ने कार्य मञ्चले गरेको हुँदा निकै सह्रानिय कार्य भएको बताए । यस्ता कार्यक्रमले खेलाडीलाई प्रोत्साहन मिल्ने उनको भनाई थियो ।
त्यस्तै मञ्चका अध्यक्ष एमबि आस्था मगरले खेलकुद पत्रकारिता गर्नु भनेको समर्पण, धैर्य र इच्छाशक्तिको गहिरो परीक्षण रहेको बताए । ‘यस्ता चुनौतीबीच पनि हामीले सत्य, निष्पक्ष र तथ्यमा आधारित समाचार दिन निरन्तर प्रयास गरिरहेका छौं । र यस्ता अवार्डहरूले हाम्रो प्रेरणामा थप ऊर्जा थप्ने काम गरेका छन् ।’ –उनले भने ।
यस्तै अवार्डको छनौट समितिका संयोजकमा रोहितराज पराजुली थिएभने सदस्यहरुमा सुदर्शन रञ्जित, सुमन गुरुङ, बिजय नेपाली, रिखिराम जिसी, मञ्चका अध्यक्ष एमबि आस्था मगर र महासचिव परशुराम शर्मा थिए । त्यसैगरि वर्ष उत्कृष्ट पत्रकार छनौट समितिको संयोजकमा केशव पाठक र सदस्यमा रमेश पौडेल, माधव बराल, रोहितराज पराजुली, एमबि आस्था मगर र परशुराम शर्मा रहेका थिए ।
अवार्ड कार्यक्रममा समिक्षा अधिकारीको प्रस्तुती थियोभने सैनिक आवसिय माविका विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया