
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
-सचिन्द्र श्रेष्ठ ,केही महिना अघि देखि चर्किएको छ जसको पछिल्लो उदाहरण हाम्रो बागलुङका कलाकार प्रकाश सपुत सामाजिक सञ्जालको आक्रोशको केन्द्रका रुपमा छाई रहे। ‘बसन्त’ जस्तो सिर्जनात्मक प्रयासलाई राजनीतिक चश्माबाट हेरेर गरिएको बहिष्कारले न ‘बसन्त’आएको अनुभूति दिलायो, न कलाकारलाई न्यायनै ! यो विषय सेलाउन नपाउँदै, अभिनेत्री सुरक्षा पन्त गणतन्त्र र राजावादको दोबाटोमा फसेर अनावश्यक रूपमा आलोचितको तगारो भइन्।
सामाजिक सञ्जालमा देखिएको गालीगलौज, चरित्र हत्या र बहिष्कारको प्रवृत्तिले हामी कहाँ उभिएका छौं भन्ने गम्भीर प्रश्न खडा गर्छ। कलाकार सुरक्षा पन्तले चलचित्र ‘आमा’ मा प्रस्तुत गरेको अभिनय र त्यही चलचित्रको एक दृश्य—जहाँ उनले टाउको मुण्ड्याएकी थिइन्—लामो समय चर्चा र प्रशंसाको विषय बनेको थियो। तर आज, त्यही कलाकार केही विचार राख्न खोज्दा ट्रोलिङको शिकार बन्छिन् र बनाई रहन हामी लालयित पनि छौ।
यस्तै घटनामा मनीषा कोइरालाको सन्दर्भ पनि उल्लेखनीय छ। ‘हिरामण्डी’ जस्तो अन्तर्राष्ट्रिय परियोजनामा संलग्न कलाकारलाई, उनको राजनीतिक धारणा आधारमा गाली गर्नेहरूले पनि सो श्रृंखला हेर्न भने पछि परेनन्। विरोधको नाममा सिर्जनाको मूल्यांकन गर्ने यो प्रवृत्ति स्वयं विरोधाभासी पक्कै छ।
अहिले कलाकारहरूका लागि कुनै टेलिभिजन अन्तर्वार्ता वा यूट्युब शोहरू मात्र प्रदर्शनको मञ्च होइनन्, जालझेल,कन्टेर्वेर्सीको मैदान बन्न थालेका छन्। ‘इट्स माई शो’ जस्तो रियालिटी टक शोमा स्वस्तिमा खड्का फस्न पुगिन् भने, ‘द प्रकाश सुवेदी शो’ मा सुरक्षा पन्तलाई पनि उस्तै प्रश्नको घेराबन्दीमा पारियो। यी कार्यक्रमहरूको टीआरपी त बढ्ला, तर नेपाली मिडियाको साख घटाउने खतरा बढ्दो छ।
प्रश्न उठ्छ के हामीले कलाकारको सिर्जनालाई हेर्न सक्ने आँखा गुमाइसकेका हौ र ?उनीहरु के अभिनय मात्र हो त?आफ्नो ब्यक्तिगत बिचार,धारणा राख्ने कुनै हक छैन।
स्वयं प्रकाश सपुत, मह जोडी, स्वस्तिमा खड्का,दीपाश्री निरौला वा सुरक्षा पन्त—यी सबै कलाकारको यात्रा, संघर्ष र अभिनयले आफैंमा उल्लेखनीय दर्जा पाइसकेको छ। सुरक्षा पन्त त ‘कान्स फिल्म फेस्टिभल २०२२’मा नेपालको प्रतिनिधित्व गरिसकेकी अभिनेत्री हुन्। त्यसैले, केही अभिव्यक्ति वा वैचारिक असहमतिका आधारमा उनीहरूको सिर्जना बहिष्कार गर्नु अन्याय मात्र होइन, मूर्खता हो।
हाम्रो सानो सिने नगरीले यसरी अनावश्यक विवादमा समय र ऊर्जा खर्च गर्दा सिंगो मनोरञ्जन उद्योग धराशायी र बिस्तारै पतन हुन सक्छ। यसले देशको आर्थिक, सांस्कृतिक,सामाजिक पर्यटकीय विकासलाई पनि पछाडि धकेल्न सक्छ। बलिउड, हलिउड जस्ता फिल्म उद्योगहरूमा यस्ता विवाद भए पनि तिनलाई एक हदसम्म नियन्त्रणमा राख्ने परिपक्वता देखिन्छ, जुन हाम्रोमा अभाव खडकेको जस्तै देखिएको छ।
हामी सामाजिक सञ्जाल प्रयोगकर्ताहरू केही सेकेन्डको ‘क्लिप’ हेरेर कलाकारको जिन्दगीको मूल्यांकन र बहस गर्न पुग्छौं। न त सन्दर्भ बुझ्ने चेष्टा गर्छौं, न त त्यसको पछाडिको कथा,ब्यथा जान्ननै। यसले कलाकार मात्र होइन, सिर्जनात्मक स्वतन्त्रतानै संकटमा पार्छ।
कुनै नेता वा सेलिब्रिटी ठान्नेहरुको बारेमा बोल्दा बिचार पुराएर बोल्न आवश्यक होला तर बोल्नै नपाइने र बहिष्कार अभियाननै थालनि गर्नु कहाँ जायज होला र!यी हुने कार्यक्रमहरु कतिको आफ्नै ‘प्रोग्राम फर्मेट’त कतै जानी जानी ‘अटेनशन क्रिएट’गर्न,कुनै संघ संस्थाका सामाजिक सार्बजनिक कार्यक्रमहरु बोलिने भाषण,अभिब्यक्ति साथै अहिले चलेका टि. भी च्यानल,सामाजिक सञ्जाल र यूट्यूबहरु अगाडि छन।प्रकास सपुतको ‘बसन्त ‘हुदै सुरक्षाको ‘खेल’ले सोचे अनरूप नगर्नु यसैको नतिजा हो।
राजनीतिक धारणा वा विचारधारा—राजावादी होस् वा गणतन्त्रवादी—जुनसुकै भए पनि कलाकारलाई आफ्नो विचार राख्ने अधिकार लोकतन्त्रले दिन्छ। विरोध गर्नु स्वाभाविक हो, तर अपमान, गालीगलौज र बहिष्कार अभियान कदापि स्वीकार्य हुन सक्दैन।
कलाकारको सिर्जना एउटा सामूहिक मेहनतको परिणाम हो—जहाँ कलाकार मात्र होइन, निर्देशक, प्राविधिक, लगानीकर्ता र थुप्रै मेहनतकश कामदारहरूको पसिना मिसिएको हुन्छ। त्यसैले एउटा विचार वा संवादको कारणले सम्पूर्ण मेहनतमाथि ‘बायकट’को छाया हाल्नु, सयौंको रोजगारीमाथि खेलवाड गर्नु हो।
आजको दिनमा कलाकारको विरोध गरिनुमा कुनै ठोस कारण देखिँदैन। न त उनीहरूले संविधान, समाज,भाषा,लिङ्ग वा धर्मको अपमान गरेका छन्, न नै अनैतिक धारणा राखेका छन्। तर पनि ‘भाइरल’को लहरमा उनीहरूलाई बलिको बोका बनाइन्छ।
वास्तविकता के हो भने, यस्ता कार्यक्रमहरू धेरैजसो ‘प्रोग्राम फर्मेट’ अनुसार डिजाइन गरिन्छन्—धेरैपटक उक्साउने शैलीमै। ‘कन्ट्रोभर्सी’ बेचेर ‘भ्युज’ चर्चा बटुल्ने प्रवृत्तिले हाम्रो सिने नगरीलाई थप अस्थिर बनाएको छ।
अन्ततः, जब एक समय प्रधानमन्त्री ओलीले भनेका थिए, ‘कलाकार भनेका राष्ट्रका गहना हुन्,’ त्यो अभिव्यक्तिले धेरै नेपालीको मन छोएको थियो। तर दुर्भाग्यवश, उनकै कार्यक्रममा प्रकाश सपुतलाई आफ्नो निजी बिचार राख्दा समाजिक सञ्जालमा हेपिएको र हनुमान प्रबृतिको अनुभव हुन पुग्यो।
यही विरोधाभासले हामीलाई प्रश्न गर्न बाध्य बनाउँछ—अब फेरि कुन कलाकार साइबर आक्रमणको शिकार बन्ने हो र अब पनि नबोल्ने हो भने, अब पनि मौन बस्ने हो भने, सिने नगरीको आत्मा कता जान्छ !।अझै पनि हामी नसुध्रिए कहिले सुध्रिने अनि भन्नै मन लागेको हाम्रा कलाकार,चलचित्रकर्मी भन्नेहरु, सम्बंधित संघ संस्था यस्तो घटना बारम्बार घटी रहदा पनि त चुप म चुप किन हुन सक्या होला की फेरी अरु कस्को पालो कुर्ने हो ‘साइबर एटेक’का लागि !
कम्तिमा अब त हामी सिकौँ, कलाकारलाई सम्मान गरौँ। विरोध त लोकतन्त्रको सौन्दर्य हो, तर सम्मान बिना त्यो विरोधले सिर्जनाको संसार उजाड मात्र बनाउँछ|


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया