
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत । पर्वतको कुश्मामा आयोजित डिजिटल साक्षरता एवम् रुपान्तरणकारी नेतृत्व विकास कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको छ। पर्वत जिल्लामा रहेका क्रियाशील महिला पत्रकारलाई डिजिटल मिडिया मार्फत अनलाइन पत्रकारिता सिकाउने उद्देश्य उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम बि कले पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ गरिएको कार्यक्रमको प्रशंसा गर्दै, यसले पत्रकारहरूलाई डिजिटल माध्यममा थप सक्षम बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास कार्यालय पर्वतका प्रमुख गोविन्द पौडेलले महिला पत्रकारहरुको क्षमता विकास र उनिहरुलाई पेशामै रहेर आत्मनिर्भर हुनका लागि यो तालिम बढि उपयोगी हुने बताउदै , गण्डकी प्रदेशका ११ जिल्ला मध्ये पर्वतमा मात्र यस्तो कार्यक्रम रहेकोले यसलाई प्रभावकारी रुपमा संचालन गर्न र बढिभन्दा बढि ज्ञान हासिल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले सम्बोधन गर्दै डिजिटल पत्रकारिताको महत्त्व र यसको प्रभावको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष माया अधिकारी, नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष ओमप्रसाद घायल, प्रेस यूनियन पर्वतका अध्यक्ष उत्तम अधिकारी सञ्चारिका समुह पर्वतको अध्यक्ष रन्जना खत्रीलगायतले बोल्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष रञ्जना खत्री र संचालन सचिब साजन परियारले गर्नुभएको थियो ।
दुई दिन सम्म संचालन हुने तालिमको सहजीकरण नेपाल अनलाईन पत्रकार संघका पुर्व अध्यक्ष प्रवेश सुवेदीले गर्नुहुने भएको छ । तालिममा तीस जनाको सहभागिता रहेको छ ।

नेपाल पत्रकार महासंघको ७० औँ स्थापना दिवसको अवसरमा आयोजित तालिम शनिवार समापन हुने छ । दिवसको अवसरमा महासंघ पर्वत शाखाले गुप्तेश्वर वेदवेदांग पाठशालामा विभिन्न सामाग्री सहयोगको कार्यक्रम समेत राखेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया