
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७ वर्षपछि दिल्लीमा बहुमत सिट जितेको हो । शनिबार सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार बिजेपीले ७० मध्ये ४८ सिटमा जित हासिल गरेको हो ।
यसअघि निरन्तर दिल्ली सरकार चलाउँदै आएको आम आदमी पार्टी २२ सिटमै खुम्चिएको छ । आपको लज्जास्पद हारमा पार्टीका मुख्य नेता एवं पूर्व मुख्यमन्त्री अरविन्द केजरिवाल, मनिष सिसोडिया जस्ता नेताहरू पराजित भएका छन् । पछिलो विधानसभा निर्वाचनमा आपले दिल्लीमा ६२ सिट जित्दा बिजेपी ८ सिटमात्र जितेको थियो । यसपटक बिजेपीले आपका थप ४० सिट कब्जा गरेको हो । भारतको दोस्रो ठूलो पार्टी कांग्रेस भने दिल्ली विधानसभामा एकपटक फेरि जितिविहीन बनेको छ । उसले दिल्लीमा एक सिट पनि जित्न सकेन ।
दिल्ली निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका पूर्व मुख्यमन्त्री केजरिवाललाई बिजेपीका परवेश वर्माले पराजित गरेको हो । त्यो पनि ४ हजार बढी मतले उनले केजरिवाललाई हराएका हुन् । प्रवेशले ३० हजार ८८ मत ल्याउँदा केजरिवालले २५ हजार ९९९ मत मात्र ल्याए ।
केजरिवालले दिल्लीमा आफ्नो हार स्वीकार गरेका छन् । उनले सार्वजनिक अभिव्यक्ति सार्वजनिक गर्दै बिजेपीलाई जितका लागि बधाइ पनि दिएका छन् । ‘जनताको फैसलालाई मैले विनम्रताका साथ स्वीकार गरेको छु । जितको लागि बिजेपीलाई बधाइ । हामी जनताको सुख दुःखबाट टाढा रहँदैनौं,’ भिडियो वक्तव्य जारी गर्दै केजरिवालले भनेका छन् ।
उनले जनताले दिएको बहुमतलाई कदर गरी दिल्लीमा काम गर्न बिजेपीलाई आग्रह गरेको छ । उनले आफू सत्तामा रहँदा दिल्लीको शिक्षा, स्वास्थ्य, बिजुली र पानीको क्षेत्रमा काम गरेको बताए । उनले दिल्लीको इन्फास्ट्रक्चरमा पनि आफूहरूले राम्रो गरेको दाबी गरेका छन् ।
उनले आम जनता पार्टीले खरोरूपमा विपक्षीमा उभिएर जनताको सेवा गर्ने प्रतिवद्धता जनाए । दिल्लीका मुख्यमन्त्री आतिशीले पनि पनि हार स्वीकार गरेकी छन् । आफ्नो सिट सुरक्षित गरेका उनले आफ्नो पार्टीको हार स्वीकार गरेकी हुन् । उनले बिजेपीको गुन्डागर्दीविरुद्ध आफूहरूको अभियान जारी रहने उल्लेख गरेकी हुन् ।
केजरीवाललाई पराजित गरेपछि परवेश वर्माको चर्चा चुलिएको छ । हिन्दुस्तान टाइम्सका अनुसार परवेश वर्मा सन् २०१३ मा पहिलो पटक दिल्लीको विधानसभा चुनावमा निर्वाचित भएका थिए । त्यतिबेला मेर्हौली सिटमा दिल्ली विधानसभाका अध्यक्ष रहेका कंग्रेस उम्मेदवार योगनन्द शास्त्रीलाई पराजित गरेका थिए । विधानसभा छाडेर उनी २०१४ मा उनले लोकसभा चुनाव लडे र विजयी भए । चुनाव जितेपछि लोकसभामा उनले विभिन्न समितिमा सदस्य रहेर काम गरे ।
२०१९ को लोकसभा चुनावमा त उनले दिल्लीमा सबैभन्दा बढी मतान्तरले जित्ने उम्मेदवारको रेकर्ड नै बनाए । त्यतिबेला उनले कांग्रेसका महाबल मिश्रलाई ५ लाख ७८ हजार ४८६ मतले पराजित गरेका थिए । यसपालि उनी लोकसभा छाडेर विधानसभा झरेका हुन्। उनी प्रभावशाली राजनीतिक घराना पृष्टभूमिका हुन् । उनका बुवा साहिब सिंह वर्मा भाजपाका सिनियरमध्येका नेता हुन् भने दिल्लीका पूर्व मुख्यमन्त्री पनि हुन् ।
केजरीवाललाई पराजित गरेपछि परवेश वर्माको चर्चा चुलिएको छ।हिन्दुस्तान टाइम्सका अनुसार परवेश वर्मा सन् २०१३ मा पहिलोपटक दिल्लीको विधानसभा चुनावमा निर्वाचित भएका थिए। त्यतिबेला मेर्हौली सिटमा दिल्ली विधानसभाका अध्यक्ष रहेका कंग्रेस उम्मेदवार योगनन्द शास्त्रीलाई पराजित गरेका थिए।
विधानसभा छाडेर उनी २०१४ मा उनले लोकसभा चुनाव लडे र विजयी भए। चुनाव जितेपछि लोकसभामा उनले विभिन्न समितिमा सदस्य रहेर काम गरे।२०१९ को लोकसभा चुनावमा त उनले दिल्लीमा सबैभन्दा बढी मतान्तरले जित्ने उम्मेदवारको रेकर्ड नै बनाए। त्यतिबेला उनले कांग्रेसका महाबल मिश्रलाई ५ लाख ७८ हजार ४८६ मतले पराजित गरेका थिए।
यसपालि उनी लोकसभा छाडेर विधानसभा झरेका हुन्। उनी प्रभावशाली राजनीतिक घराना पृष्टभूमिका हुन्। उनका बुवा साहिब सिंह वर्मा भाजपाका सिनियरमध्येका नेता हुन् भने दिल्लीका पूर्वमुख्यमन्त्री पनि हुन्।
उनका काका अजद सिंह उत्तरी दिल्लीका मेयर थिए भने २०१३ मै दिल्ली बिधानसभाको चुनाव पनि लडेका थिए।
हिन्दुस्तान टाइम्सका अनुसार यसपालि केजरीवालविरूद्ध उम्मेदवारी दिएका परवेश वर्मा कुनै समय केजरीवाललाई ‘आतंककारी’ भन्थे। २०२० को विधानसभा चुनाव प्रचारको क्रममा वर्माले केजरीवाललाई ‘आतंककारी’ भनेपछि त्यतिबेला निर्वाचन आयोगले उनलाई २४ घन्टाका लागि प्रतिबन्ध लगाएको थियो।
केजरीवाललाई पराजित गरेपछि दिल्लीको भावी मुख्यमन्त्रीका रूपमा पनि वर्मालाई हेरिएको छ। प्रभावशाली राजनीति पृष्ठभूमी र पूर्वमुख्यमन्त्रीलाई नै पराजित गरेका कारण अबको मुख्यमन्त्रीमा उनको दाबी बलियो हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया