
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७ वर्षपछि दिल्लीमा बहुमत सिट जितेको हो । शनिबार सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार बिजेपीले ७० मध्ये ४८ सिटमा जित हासिल गरेको हो ।
यसअघि निरन्तर दिल्ली सरकार चलाउँदै आएको आम आदमी पार्टी २२ सिटमै खुम्चिएको छ । आपको लज्जास्पद हारमा पार्टीका मुख्य नेता एवं पूर्व मुख्यमन्त्री अरविन्द केजरिवाल, मनिष सिसोडिया जस्ता नेताहरू पराजित भएका छन् । पछिलो विधानसभा निर्वाचनमा आपले दिल्लीमा ६२ सिट जित्दा बिजेपी ८ सिटमात्र जितेको थियो । यसपटक बिजेपीले आपका थप ४० सिट कब्जा गरेको हो । भारतको दोस्रो ठूलो पार्टी कांग्रेस भने दिल्ली विधानसभामा एकपटक फेरि जितिविहीन बनेको छ । उसले दिल्लीमा एक सिट पनि जित्न सकेन ।
दिल्ली निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका पूर्व मुख्यमन्त्री केजरिवाललाई बिजेपीका परवेश वर्माले पराजित गरेको हो । त्यो पनि ४ हजार बढी मतले उनले केजरिवाललाई हराएका हुन् । प्रवेशले ३० हजार ८८ मत ल्याउँदा केजरिवालले २५ हजार ९९९ मत मात्र ल्याए ।
केजरिवालले दिल्लीमा आफ्नो हार स्वीकार गरेका छन् । उनले सार्वजनिक अभिव्यक्ति सार्वजनिक गर्दै बिजेपीलाई जितका लागि बधाइ पनि दिएका छन् । ‘जनताको फैसलालाई मैले विनम्रताका साथ स्वीकार गरेको छु । जितको लागि बिजेपीलाई बधाइ । हामी जनताको सुख दुःखबाट टाढा रहँदैनौं,’ भिडियो वक्तव्य जारी गर्दै केजरिवालले भनेका छन् ।
उनले जनताले दिएको बहुमतलाई कदर गरी दिल्लीमा काम गर्न बिजेपीलाई आग्रह गरेको छ । उनले आफू सत्तामा रहँदा दिल्लीको शिक्षा, स्वास्थ्य, बिजुली र पानीको क्षेत्रमा काम गरेको बताए । उनले दिल्लीको इन्फास्ट्रक्चरमा पनि आफूहरूले राम्रो गरेको दाबी गरेका छन् ।
उनले आम जनता पार्टीले खरोरूपमा विपक्षीमा उभिएर जनताको सेवा गर्ने प्रतिवद्धता जनाए । दिल्लीका मुख्यमन्त्री आतिशीले पनि पनि हार स्वीकार गरेकी छन् । आफ्नो सिट सुरक्षित गरेका उनले आफ्नो पार्टीको हार स्वीकार गरेकी हुन् । उनले बिजेपीको गुन्डागर्दीविरुद्ध आफूहरूको अभियान जारी रहने उल्लेख गरेकी हुन् ।
केजरीवाललाई पराजित गरेपछि परवेश वर्माको चर्चा चुलिएको छ । हिन्दुस्तान टाइम्सका अनुसार परवेश वर्मा सन् २०१३ मा पहिलो पटक दिल्लीको विधानसभा चुनावमा निर्वाचित भएका थिए । त्यतिबेला मेर्हौली सिटमा दिल्ली विधानसभाका अध्यक्ष रहेका कंग्रेस उम्मेदवार योगनन्द शास्त्रीलाई पराजित गरेका थिए । विधानसभा छाडेर उनी २०१४ मा उनले लोकसभा चुनाव लडे र विजयी भए । चुनाव जितेपछि लोकसभामा उनले विभिन्न समितिमा सदस्य रहेर काम गरे ।
२०१९ को लोकसभा चुनावमा त उनले दिल्लीमा सबैभन्दा बढी मतान्तरले जित्ने उम्मेदवारको रेकर्ड नै बनाए । त्यतिबेला उनले कांग्रेसका महाबल मिश्रलाई ५ लाख ७८ हजार ४८६ मतले पराजित गरेका थिए । यसपालि उनी लोकसभा छाडेर विधानसभा झरेका हुन्। उनी प्रभावशाली राजनीतिक घराना पृष्टभूमिका हुन् । उनका बुवा साहिब सिंह वर्मा भाजपाका सिनियरमध्येका नेता हुन् भने दिल्लीका पूर्व मुख्यमन्त्री पनि हुन् ।
केजरीवाललाई पराजित गरेपछि परवेश वर्माको चर्चा चुलिएको छ।हिन्दुस्तान टाइम्सका अनुसार परवेश वर्मा सन् २०१३ मा पहिलोपटक दिल्लीको विधानसभा चुनावमा निर्वाचित भएका थिए। त्यतिबेला मेर्हौली सिटमा दिल्ली विधानसभाका अध्यक्ष रहेका कंग्रेस उम्मेदवार योगनन्द शास्त्रीलाई पराजित गरेका थिए।
विधानसभा छाडेर उनी २०१४ मा उनले लोकसभा चुनाव लडे र विजयी भए। चुनाव जितेपछि लोकसभामा उनले विभिन्न समितिमा सदस्य रहेर काम गरे।२०१९ को लोकसभा चुनावमा त उनले दिल्लीमा सबैभन्दा बढी मतान्तरले जित्ने उम्मेदवारको रेकर्ड नै बनाए। त्यतिबेला उनले कांग्रेसका महाबल मिश्रलाई ५ लाख ७८ हजार ४८६ मतले पराजित गरेका थिए।
यसपालि उनी लोकसभा छाडेर विधानसभा झरेका हुन्। उनी प्रभावशाली राजनीतिक घराना पृष्टभूमिका हुन्। उनका बुवा साहिब सिंह वर्मा भाजपाका सिनियरमध्येका नेता हुन् भने दिल्लीका पूर्वमुख्यमन्त्री पनि हुन्।
उनका काका अजद सिंह उत्तरी दिल्लीका मेयर थिए भने २०१३ मै दिल्ली बिधानसभाको चुनाव पनि लडेका थिए।
हिन्दुस्तान टाइम्सका अनुसार यसपालि केजरीवालविरूद्ध उम्मेदवारी दिएका परवेश वर्मा कुनै समय केजरीवाललाई ‘आतंककारी’ भन्थे। २०२० को विधानसभा चुनाव प्रचारको क्रममा वर्माले केजरीवाललाई ‘आतंककारी’ भनेपछि त्यतिबेला निर्वाचन आयोगले उनलाई २४ घन्टाका लागि प्रतिबन्ध लगाएको थियो।
केजरीवाललाई पराजित गरेपछि दिल्लीको भावी मुख्यमन्त्रीका रूपमा पनि वर्मालाई हेरिएको छ। प्रभावशाली राजनीति पृष्ठभूमी र पूर्वमुख्यमन्त्रीलाई नै पराजित गरेका कारण अबको मुख्यमन्त्रीमा उनको दाबी बलियो हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया