News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News अन्तर्राष्ट्रिय मुख्य समाचार राष्ट्रिय समाचार

    अमेरिकामा भारतका अर्बपति व्यवसायी गौतम अडानी विरद्ध मुद्दा

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने अर्बपति व्यवसायी गौतम अडानी विरुद्ध अमेरिकामा धोखाधडी र घुस आरोपमा मुद्दा दायर भएको छ ।अडानी ग्रुपका अध्यक्ष समेत रहेका उनीविरुद्ध बुधबार न्यूयोर्कको अदालतमा मुद्दा दायर भएको हो ।

    अडानी र उनका भतिजा सागर अडानी सहित सात जना विरुद्ध सौर्य ऊर्जा प्लान्ट परियोजनाको ठेक्का हात पार्न २५ करोड अमेरिकी डलर घुस दिएको र यो कुरा लुकाउन खोजेको आरोपमा मुद्दा दायर भएको छ ।

    यो परियोजनाका लागि अडानी र उनको कम्पनी ग्रीन इनर्जीका पूर्व सीईओले अमेरिकी लगानीकर्ताबाट तीन अर्ब डलर उठाएको आरोप समेत लगाइएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया