SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२४ गते
    २९६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिनुभएको छ। महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रा.लिले आयोजना गरेको ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको लागि सरोकारवाालाहरुको कार्यशाला’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

    https://youtu.be/Aad2p2BJ8hA?si=HEXPmHt5eZKtwkRm

    ‘अनियन्त्रित मानवीय क्रियाकलापका कारण फेवाताल गेग्रयानहरुले भरिँदै गएको छ, माथिल्लो तटीय क्षेत्र र यसका जलाधार क्षेत्रहरूबाट बगेर आउने गेग्र्यान तालमा थुप्रिएका छन्, नगर प्रमुख आचार्यले भन्नुभयो, यी अनियन्त्रित मानवीय क्रियाकलापका परिणामहरू हुन्, यसलाई समयमा नै रोक्न सकिएन र सबै सरोकारवालाहरू बिच आवश्यक समन्वय हुन सकेन भने भविष्यमा आउन सक्ने गम्भीर वातावरणीय जोखिमको सामना गर्नु पर्ने हुन्छ।’ फेवातालको संरक्षण भविष्यको पुस्ताका लागि पनि महत्त्वपूर्ण हुने भन्दै उहाँले यसमा चनाखो बन्न सबै पक्षलाई आह्वान समेत गर्नुभयो ।

    https://youtu.be/Aad2p2BJ8hA?si=43MJk_2ZIC_MCwu2

    फेवातालको संरक्षणका लागि तल्लो तटीय क्षेत्रले माथिल्लो तटीय क्षेत्रको समग्र वातावरण संरक्षण र जीविकोपार्जन लगायत क्षेत्रमा योगदान गर्नु पर्ने उहाँले बताउनुभयो । ‘फेवाताल देखाएर माथिल्लो जलाधार क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरूलाई विभिन्न किसिमका अङ्कुशहरू लगाउने अनि त्यसको फाइदा सधैभरी तल्लो तटीय क्षेत्रले मात्र लिने कुरा प्राकृतिक न्यायको सिद्धान्तका हिसाबले पनि मिलेको छैन, उहाँले भन्नुभयो, अव यसको व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानीको बलियो संयन्त्र स्थापना गरी सन्तुलन कायम गर्नै पर्दछ।’ यसो गर्न सके मात्र फेवातालको संरक्षण र विकासको दायित्व सवैपक्षमा बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

    https://youtu.be/Aad2p2BJ8hA?si=43MJk_2ZIC_MCwu2

    फेवातालमा बर्सेनि बगेर आउने ठुलो मात्राको गेग्र्यान रोक्नका लागि तालको माथिल्लो क्षेत्रमा मड ड्याम निर्माण गर्ने योजनामा महानगरपालिका रहेको उहाँले बताउनुभयो । यसअघि फेवातालमा मिसिने विभिन्न खोलाहरूमा निर्माण गरिएका शिल्टेसन तथा चेक ड्यामहरूले समेत फेवातालमा आउने गेग्रयानहरुलाई रोक्न मद्दत गरेको उहाँले बताउनुभयो।

    फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको औचित्यका विषयमा अध्ययन टोलीका नेता केशव खनाल, फेवातालमा पारिस्थिततिकीय सेवा शुल्क भुक्तानीका क्षेत्रमा यसअघि भएका प्रयासहरूको बारेमा दिल बहादुर भट्टराईले आफ्नो प्रस्तुति राख्नु भएको थियो । कार्यक्रममा रुपातालमा तयार पारिएको पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्रको बारेमा समेत प्रस्तुत गरिएको थियो।

    कार्यक्रमका सहभागीहरूले फेवातालको संरक्षणका लागि प्रभावकारी पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनामा जोड दिएका छन्। सरोकारवाला पक्षहरूले यस प्रकार संयन्त्रको स्थापना भए पारिस्थिततिकीय प्रणालीको सन्तुलन कायम गर्न सकिने बताएका छन् । पर्यावरणको संरक्षण र वातावरणीय सन्तुलनले मात्र फेवातालको भविष्यलाई दिगो बनाउन सकिने उनीहरूको तर्क छ ।

    वातावरण जोखिम विश्लेषण विना निर्माण गरिएका ग्रामीण सडकहरू, परम्परागत कृषि प्रणाली, अव्यवस्थित विकास निर्माण, बढ्दो प्रदूषण, जलकुम्भी लगायतका मिचाहा प्रजातिको विकास, जलाधार क्षेत्रको संरक्षण अभाव लगायत कारण फेवाताल पुरिँदै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं