SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/१८ गते
    ३४१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ ।जर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो ।

    सार्वजनिक टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् ।गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा टिजरमा समेटिएको छ ।

    https://youtu.be/Aad2p2BJ8hA?si=GliTUsJnybGJD9TS

    वुवाको मुख हेर्ने दिनको छेको पारेर सार्वजनिक टिजर सम्पूर्ण बुवाहरूप्रति समर्पित गरिएको छ ।

    प्रकाश एसएलसीमा जिल्लाकै प्रथम भएको खुसी बुवालाई सुनाउँदै सुरु हुन्छ । त्यसपछि विजय आफूले दुःख गरेर छोरालाई पढाएको सम्झिन्छन् । आफ्नो स्टकोट काटेर छोरालाई भोटो सिलाएको, काँधमा बोकेर स्कुल पुर्याउने गरेको, अरुको घरघरमा पुगेर सारङ्गी गाउँदै हिँडेर छोरालाई पढाएको, आफूले गाउँ छोड्न नपाए पनि छोरो सहर गएर सफलता पाओस भनेर कल्पना गरेको सम्झिन्छिन् ।

    प्रकाशले सहरबाट फर्किएपछि बुवाले छोडेर गएर सारङ्गी जतनले खोल्दै बुवाले काँधमा बोकेर हिँड्ने गरेको सम्झिन्छन् । अरुको अगाडि शीर झुकाउनु नपर्नेगरी पढाउने बुवाले गरेको प्रतिबद्धतासँगै टिजर सकिन्छ ।

    एक मिनेट ५० सेकेन्ड लामो टिजरले अभिभावकले आफ्नो सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग र संघर्ष तथा त्यसले दिने उपलब्धी समेटेको छ ।

    ‘पूर्णबहादुरको सारङ्गी एक विपन्न बुवाको आफ्नो सन्तान प्रतिको सपना पुरा गर्न गरिने सङ्घर्ष को कथा हो । यही आउँदो बुवाको मुख हेर्ने दिनलाई मध्यनजर गर्दै हामीले तमाम बुवाहरूलाई उहाँहरूको सङ्घर्षलाई समर्पित गर्दै हामीले यो सानो टिजर सार्वजकि गरेका हौं,’ निर्माता विनोद पौडेलले भने ।

    https://youtu.be/GIWL8V2f_io?si=afJHcoIx0E7A1ps7

    सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

    सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् ।

    यो फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् ।

    विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको फिल्माका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

    फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं