
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा ।पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका सौगात थापा तेस्रो पुस्ता हुन् । पोखराको व्यवसायिक घराना अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा अघि कार्यसमितिमा तेस्रो पुस्ताको आगमन भएको देखिदैन । पहिलो र दोस्रो पुस्ताबाट अब नेतृत्व तेस्रो पुस्तामा रुपान्तरण भएको छ । प्रवन प्रजापति अध्यक्ष हुँदा कार्यसमितिमा मनोनित भएका सौगात तेस्रो पुस्ताका दरिला उम्मेदवार हुन् । सानै उमेर देखि जिम्मेबारी सम्हालेका सौगातले भाद्र २८ र २९ गते हुने उद्योग बाणिज्य संघको ३५ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् ।
सौगात नयाँ पुस्ताका लागि उदाहरण हुन् । व्यवसायलाई परिमार्जित गर्दै गरिएको लगानीले समेत उनको व्यवसायिक आकार र आयतनमा फेरबदल ल्याएको छ । आजको आवश्यकता अनुसार बगैँचा रिर्सोट एण्ड स्पा रिनोभेसन हुँदैछ । ३१ एभिन्युु नाम दिएर बन्दै गरेको मिक्सिड युुज ब्लिडिङले साच्चै पोखराको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपालकै नमुना ब्लिडिङमा होटल सँगै अन्य लक्जरी सुविधा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यका साथ सौगात लगानी गर्दैछन् । लेकसाइड स्थित सेन्टरपोइन्टमा रहेको अंशुभरा स्क्वायर मलले समेत सौगातको सोचलाई फरकपन दिएको छ । पोखराको चिप्लेढुंगामा रहेको पोखरा टे«डमलको बोर्ड अफ डाइरेक्टर समेत रहेका सौगातले आफ्नै सक्रियतामा उक्त व्यवसायलाई समेत परिमार्जित रुप दिँदैछन् । अंशुभराले अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी गरेको छ । अंशुभरा अब ब्राण्ड बन्दै छ । एउटै छानामुनि सबै खालको सुविधा उपलब्ध गराउने हेतुले खोलिएको उक्त कम्पनिमा धेरै आश्रित छन् ।
व्यवसाय सँगै सामाजिक कार्यमा समेत सौगातको सक्रियता पाइन्छ । पोखरा उद्योग वाणिज्य संघमा आबद्ध भई व्यवसायीको हक, हित र अधिकारका लागि आवाजलाई बुलन्द बनाउने बाटोमा उनको यात्रा अगाडि बढ्दैछ । पछिल्लो समय राजनीतिमा अब युवा भन्ने भाष्य स्थापित भएको छ । गएको निर्वाचनबाट युवाहरु सदनमा नै पुगेको देखिन्छ । सामाजिक संस्थामा समेत युवाहरुको नेतृत्वदायी भूमिका देखिन्छ । सौगात थापा पनि युवाहरुको प्रतिनिधित्व गर्दै उद्योग बाणिज्य संघको निर्वाचनमा होमिएका छन् ।
उद्यम, कृषि र पर्यटनलाई आत्मसात् गर्दै यस क्षेत्रमा युवाहरुलाई प्रवेश गराउने उद्देश्य सौगातको छ । भन्छन्, “पछिल्लो समय युवामा वितृष्णा आएको छ । सम्भावना हुँदाहुँदै पनि देश छाडेर परदेश गएका छन् । युवालाई स्वरोजगार गराउने उद्देश्य स्वरुप अर्जुुन पोखरेलको प्यानल लागिरहेको छ । हामी कुरा होइन काम गर्नका लागि आएका हौं । निर्वाचित भइसकेपछि पोखरेली व्यवसायीको हितबमोजिम नै काम गर्छौं । यसमा हाम्रो टीम एकरुप भएर अगाडि बढ्छ ।”
बाणिज्य संघ अब युवाको नेतृत्वमा अगाडि बढ्दैछ । पोखरा उद्योग बाणिज्य संघको इतिहासमा नै पहिलो पटक तेस्रो पुस्ता कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएको भेटिन्छ ।२०७१ सालमा सौगातका बुवा विन्दुकुमार थापाले उद्योग बाणिज्य संघको नेतृत्व सम्हालेका थिए । हाल उनी गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन् । बुवाकै पथमा हिडिरहेका सौगात रुपान्तरणमा विश्वास गर्छन् ।
उद्योग बाणिज्य संघको साख जोगाउन र सम्पूर्ण व्यवसायीलाई एकीकृत गराई उनिहरुको समस्यालाई समाधान गर्न थापाको उम्मेदवारी हो । सौगातले यसअघि नै दुई वर्षे कालमा उद्योग बाणिज्य संघलाई नयाँ स्वरुप दिन खोजे । नयाँ पुस्ताको नयाँ सोचमा उद्योग बाणिज्य संघ चल्नुपर्छ भन्ने धारणा उनको छ । आर्थिक मन्दीले पोखराका व्यवसायीले भोग्नुपरेका समस्यालाई समाधान गर्न पहल गर्ने उद्देश्य सहित सौगात अगाडि बढिरहेका छन् । उनको एउटै ध्येय “सबल, सक्षम, सुदृढ र आत्मनिर्भर उद्योग बाणिज्य संघ” हो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया