SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/१३ गते
    २६५ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पौडेल, पोखरा। पोखरा १६ स्थित बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने भएको छ।वडा कार्यालय, पोखरा १६ को समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र १८ गतेदेखि २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा मेला गर्न लागिएको मुल आयोजक समितिका संयोजक वडा सदस्य राजकुमारी वाँनियाले जानकारी दिनुभयो ।परम्परागत रूपमा हुदै आइरहेको तिज मेला यसअघि स्थानीय हिमालय क्लबले गर्दै आएकोमा क्लवले मेला संचालन गर्न नसक्ने जनाएपछि वडाको सक्रियतामा वडाभित्रका आमा समुहलाई नै आयोजक र सह आयोजकको जिम्मा दिई ४ दिनसम्म मेला संचालनको तयारी शुरु गरिएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले वताउनुभयो ।

    मेलामा परम्परागत तिज गीत प्रस्तुति, प्रथम अन्तर क्लव ह्याण्डवल प्रतियोगिता,अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता र वडाभित्रका विद्यावारिधी प्राप्त व्यक्तित्वलाई सम्मान कार्यक्रम तय गरिएको प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिनुभयो ।मेलामा भाद्र १८ र १९ गते ह्याण्डवल प्रतियोगिता, २० गते तीज मेलाको उद्घाटन तथा अन्तर विद्यालय लोक नृत्य र सांस्कृतिक कार्यक्रम साथमा सम्मान कार्यक्रम र अन्तिम दिन तीज गीत तथा नृत्य प्रस्तुती रहने संयोजक थापाले वताउनुभयो ।मेलामा स्थानिय कलाकारको सांगितिक प्रस्तुती समेत रहने छ । प्रथम अन्तर क्लव ह्याण्डवल प्रतियोगिताका लागी पोखरामा रहेका विभिन्न क्लवसँग समवन्य गरिएको संयोजक अनिल वस्नेतले जानकारी दिनुभयो ।प्रतियोगिताका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग समेत गरेका छन् ।

    तीज महिलाहरुको बिशेष चाड भएकाले पनि महिला समूह मार्फत कार्यक्रम संचालन गर्न लागिएको र वडाभित्रका सवै समुहको सहयोग रहेको बडहरबोट आमा समूहका अध्यक्ष कमला तिमिल्सिनाले बताउनुभयो। बडा प्रतिनिधी तथा स्थानियहरुले महिलाहरुप्रति गरेको बिश्वास कायम राख्दै मेलालाई सफल बनाउन वडा भरिका महिलाहरु उत्साहित भएर अन्तिम तयारीमा जुटेको उहाँले वताउनुभयो।मेला संचालनका लागी करिव १३ लाख खर्च लाग्ने र सो रकम विभिन्न सहयोगदातावाट संकलन गरिने वडा सदस्य एवं अर्थ संकलन उपसमितिका संयोजक रामचन्द्र आचार्यले जानकारी दिनुभयो ।मेला व्यवस्थापनका लागी गठित मुल समिति र उपसमितिले विभिन्न संघ संस्थासँग छलफल गरी सुझाव समेत लिएका छन् ।

    शाहकालिन इतिहास जोडिएको बाटुलेचौर तिजमेला मुलुककै पुरानो तीज मेला हो ।यसले समग्र यस क्षेत्रकै संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको वडाध्यक्ष तिमिल्सिनाले वताउनुभयो।राजा कुलमण्डल शाहको शासनकाल तिरै पबित्र सेति नदी तथा ठुलीपोखरी नुहाएर आएका महिलाहरुले बाटुलेचौरको मैदानलाइ बिश्रामस्थलको रुपमा प्रयोग गरि गित मार्फत आफ्ना मनका बह पोख्ने थलोको रुपमा उक्त स्थानलाइ लिएका थिए।

    मेलामा तिजको परम्परागत हम्काइलो भाका समेत प्रस्तुत गरिने बताइएको छ।मेलाको तयारी स्वरुप वडा भित्रका आमा समुहले आन्तरिक तयारी तिब्र पारेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं