
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
सन्देश श्रेष्ठ, पोखरा । पोखरामा भोलिदेखि ईन्टर स्कुल व्याण्ड कम्पिटिसन आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा शुक्रबार र शनिबार हुने दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसन पोखरा सभागृह हलमा आयोजना हुन लागेको हो । कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि हुनसक्ने स्कुल व्याण्ड प्रतिष्पर्धामा १८ विद्यालयका १९ व्याण्डले प्रतिष्पर्धा गर्ने आयोजक पोखरा सांगीतिक कलाकार संघले जनाएको छ । धेरै विद्यालयले प्रतिष्पर्धाका लागि आवेदन दिएपनि डिजिटल अडिसनका आधारमा १९ व्याण्ड अन्तिम प्रतिष्पर्धाका लागि छनौट गरिएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।
प्रतियोगितामा यस वर्ष सैनिक आवासीय मावि पोखरा, मदरल्याण्ड सेकेण्डरी स्कुल (बी), मदरल्याण्ड सेकेण्डरी स्कुल (ए), न्यू डायमण्ड मावि, कास्की मोर्डनाईज्ड सेकेण्डरी स्कुल, प्रतिभा मावि, गुरुकुल विद्यासदन, पोखरा एकेडेमी, बालविद्या ईंग्लिस बोर्डिङ स्कुल र अल्फा बोर्डिङ स्कुल प्रतिष्पर्धामा छन् । त्यस्तै, लेविन्स रेसिडेन्सियल स्कुल, कालिका मावि, फिस्टेल एकेडेमी, प्रगती सेकेण्डरी स्कुल, ग्लोबल कलेजिट मावि, कुमुदिनी होम्स मावि, कान्तिपुर एकेडेमी, गण्डकी बोर्डिङ स्कुल र सगरमाथा मावि प्रतिष्पर्धामा छन् ।
‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिताको शुक्रबार गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ । संघका अनुसार शुक्रबार १९ वटै स्कुलले आ–आफ्नो प्रस्तुती दिनेछन् । पूर्वाह्न ११ बजेदेखि शुरु हुने प्रतिष्पर्धामा सैनिक आवासीय माविले प्रस्तुती दिएपछि निरन्तर तालिका अनुसार नै प्रत्येक विद्यालयले प्रस्तुती दिने अध्यक्ष गुरुङले बताए । प्रतिष्पर्धी स्कुलका व्याण्डहरुले शुक्रबार गण्डकी प्रदेशका सर्जकहरुको गीत प्रस्तुत गर्नुपर्नेछ । उनीहरुले दिएको प्रस्तुतीका आधारमा उत्कृष्ट १० दश फाइनलमा पुग्नेछन् ।
https://youtu.be/qYmb5HdkPhM?si=YiFZbbHdDK_GSh9q
फाईनलमा पुगेका स्कुल व्याण्डहरुले प्रतियोगिताको अन्तिम दिन शनिबार दुईवटा गीतहरु प्रस्तुत गर्नुपर्नेछ । जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्नुपर्ने अध्यक्ष गुरुङले बताए । सोहि प्रस्तुतीका आधारमा बिजेता, उपबिजेतालगायतको घोषणा गरिने उनको भनाई छ ।
संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको तयारी पूरा भएको संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले जानकारी दिए । प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने संघका अध्यक्ष गुरुङले बताए । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–उनले भने ।
संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ ।
प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईस लाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया