SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/१३ गते
    ३१६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो ।

    विश्वशान्तिको कामनासहित हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसमेत राखिएको महाआरतीको शुभारम्भसँगै यसपछि प्रत्येक एकादशीमा यसलाई निरन्तरता दिइने योजना राखिएको छ । महाआरतीको शुुभारम्भ समारोहमा राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले यस शुुभ कार्यमा सबैको साथ र सहयोगका लागि आह्वान गर्नुुभयो ।कार्यक्रममा राधाकृष्ण गुुरुकुल संस्कृत विद्यालयका प्रधानाध्यापक एवम्महाआरतीका संयोजक प्रकाश उपाध्याय रेग्मी, शिक्षक दामोदर गौतम, राधाकृष्ण मन्दिर शान्ति आश्रमका सचिव घनश्याम खनाल लगायतले बोल्नुुभएको थियो ।

    महाआरती अन्तर्गत तीनवटा आरती गरिएको थियो । यहाँ हुने महाआरतीको सम्पूर्ण व्यवस्थापन जिम्मा लिन चाहनेले रु १२ हजार सहयोग रकम बुझाएर कर्ता बन्नसक्ने व्यवस्था मिलाइएको छ । महाआरती प्रत्येक एकादशीका दिन अपराह्न ५ः३० बजे हुने जनाइएको छ । आजको महाआरतीमा मुख्य कर्ताका रुपमा राधा गुुरुआमा, गोपालदाशी ढकाल र मनोहरि भण्डारी रहनुुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं