SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/१३ गते
    २६६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ । भाद्र २८ र २९ गते हुँदै गरेको ३५ औं महाधिवेशनका लागि पोखरेल प्यानल मतदाताको समस्या सुन्दै र मत माग्दै हिंडिरहेको छ । बिन्ध्यवासिनी मन्दिरको दर्शन गरी घरदैलो सुरु गरेको टोलीले लामाचौर देखि छोरेपाटन सम्मका व्यवसायीहरुको पीर मर्कालाई सुनेर सम्बोधन गर्न प्रत्यत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    व्यवसायीहरुको घरदैलोमा पुग्दा पोखरेल प्यानललाई राम्रो समर्थन मिलेको छ । सम्भावना बोकेको टोली घरमै पुग्दा व्यवसायी दंग छन् । युवा जोस र जाँगर अनि भिजन बोकेर हिंडेको टोलीले जित्ने विश्वास मिलेको छ । उद्योग वाणिज्य संघको छविलाई उचाल्न पोखरेल प्यानलको जीत सुनिश्चित भएको तर्क व्यवसायीहरुको छ । अर्जुन पोखरेल प्यानल १५ बुँदे प्रतिबद्धता पत्रसहित घरदैलोमा पुगेको हो । “सम्मानित संघ, समुन्नत व्यवसाय” नारालाई आत्मसात् गर्दै संघलाई आम पोखरेलीको साझा घरको रुपमा विकास गर्ने संकल्प पोखरेलको छ । आफू निर्वाचित भएमा साना, मझौला र ठूला व्यावसायीहरुको समस्यामा साथै रहने पोखरेलले उल्लेख गरेका छन् ।

    अर्जुन प्यानलको वरिष्ठ उपाध्यक्ष पदमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग) पदमा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य) पदमा बलराम आचार्य, महासचिव पदमा शोभा गौतम, कोषाध्यक्ष पदमा मनोज कुमार श्रेष्ठ, उपमहासचिव पदमा बालकृष्ण कोइराला, कार्यसमिति सदस्यहरुमा क्रमश : भीम गौतम, जीवन प्रकाश श्रेष्ठ, प्रेम प्रसाद सुवेदी, सौगात थापा, लेखनाथ सुवेदी, देवेन्द्र प्रजु, टिकाराम सुवेदी (माधव), ललित बहादुर कुँवर, दुधमान (आशिष) गुरुङ, यादव प्रसाद पोखरेल रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं