SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/१२ गते
    २९८ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर उजाड,पोखरा । नेकपा एकिकृत समाजवादीको केन्द्रीय सचिवमा कास्कीका श्रीनाथ वराल निर्वाचित भएका छन् । नेकपा एसको पदाधिकारी चयनका लागी भएको निर्वाचनमा १ सय ७ मत प्राप्त गरी वराल निर्वाचित भएका हुन् ।

    सचिवमा निर्वाचित भएका अन्यमा शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ मत प्राप्त गरी निर्वाचित भए । सचिवमै उमेद्वारी दिएका पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य भने पराजित भए ।

    उनले ७५ मत प्राप्त गरे । नवनिर्वाचित सचिव वराल पार्टी अध्यक्ष माधव नेपाल पक्षधर हुन् भने पराजित आचार्य महासचिव घनश्याम भुषाल निकट हुन् ।

    पोखरा १३ आर्वा निवासी वराल नेकपा एस गण्डकी प्रदेश अध्यक्ष पनि हुन् ।गत निर्वाचनमा कागेस, माओवादी, नेकपा एस गठवन्धनवाट कास्की क्षेत्र नं. २ मा उमेद्वार वनेका वराल, पराजित भएका थिए ।

    उनी तेस्रो स्थानमा रहँदै ९ हजार ६ सय ५९ मत प्राप्त गरेका थिए । उनी २०५४ सालमा जिल्ला विकास समिति कास्कीको उपसभापति निवार्चित भई कुशलता पुर्वक कार्य सम्पादन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं