SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/११ गते
    २८७ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर उजाड,पोखरा। पोखरा महानगरपालिका वडा नम्बर–१६ लामाचौरमा लामाचौर तिज महोत्सव आयोजना हुने भएको छ ।नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २६ औं संस्करणको लामाचौर तीज महोत्सव यही भदौ १९ देखि २१ गतेसम्म हुन लागेको हो ।

    महोत्सवकै अवसरमा अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता ,अन्तर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, पनि समावेश रहेको छ । खुल्ला तिज गीत प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार १ सय ११, द्वितीय हुने समूहले ३० हजार १ सय ११, तृतीय हुने समूहले २० हजार १ सय ११ र सान्त्वना स्थान प्राप्त गर्ने समूहले १० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने ,विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा प्रथम हुनेले ४० हजार १ सय ११, द्वितीय हुनेले २५ हजार १ सय ११, तृतीय हुनेले १५ हजार १ सय ११ र सान्त्वना स्थान प्राप्त गर्ने ३ टिमलाई ५ हजार १ सय ११ दरले पुरस्कार प्रदान गरिने छ ।

    महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुली लगायतको विशेष प्रस्तुति रहने समाजका अध्यक्ष स्वागत सिंह भण्डारीले जानकारी दिए । आज पोखरामा आयाजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार महोत्सवको मुख्य आकर्षण लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता रहेको छ । प्रतियोगितामा ५र५ टिम सहभागी हुने भएका छन् । प्रतियोगिताको ११ औं संस्करणमा नेपाल पुलिस क्लव, त्रिभूवन आर्मी क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लव, न्यू डायमण्ड युथ स्पोर्टस क्लव र न्यू एभरेस्ट भलिबल क्लवलाई सहभागिताका लागि पत्राचार गरिएको क्लवका प्रथम उपाध्यक्ष दीनेश भण्डारीले जानकारी दिए ।

    पुरुष भलिबल प्रतियोगितामापनि सशस्त्र प्रहरी बलको एपिएफ क्लव, त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, मणिमुकुन्द भलिबल क्लव बुटवल र गण्डकी प्रदेश भलिबल टिमलाई सहभागिताका लागि पत्राचार गरिएको प्रथम उपाध्यक्ष भण्डारीले बताए ।

    सहभागी टिमको यातायात, आवास तथा खानालगायतका सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने उनले बताए । प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फको उपाधि बिजेताले १ लाख ५० हजार १ सय ११, उपबिजेताले १ लाख १ सय ११ र तृतीय हुनेले ५० हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी सहित बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने भण्डारीले जानकारी दिए । भलिबल भने महोत्सव उद्घाटनको अघिल्ल्लो दिन

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौ पर्वत महोत्सव आज देखी शुरु

    पर्वत । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सव आज देखी शुरुहुन गईरहेको...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं