SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/११ गते
    २७९ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा मंगलबार पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिएको छ। भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकाल देखि कास्कीकोटमा दहि जात्रा हुँदै आएको छ। गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितीको आयोजनामा दहिको होलीमा हजारौं मानिसहरुको सहभागिता रहेको थियो। सांस्कृत रुपमा मनाउदै आएको यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाएका छन् ।

    https://youtu.be/GIWL8V2f_io?si=wCgCIDcBrJil3Qj9

    दहिको होली खेल्ने परम्परा अन्य स्थानमा नरहेको भन्दै यो दहिको होली कास्कीकोटमा मात्र रहेको धार्मीक क्षेत्रविकास समितीका सचिव तथा कार्यक्रम संयोजक ठाकुर प्रसाद त्रिपाठीले दावी गरे।

    यस पटक विभिन्न सांस्कृतिक झाँकी बाजा गाजा सहित जात्रा निकालिएको थियो। अन्य ठाउँमा श्रीकृष्णको जन्म हुनु भन्दा पहिलेदनै नाचगान तथा जात्राहरु निकाल्ने गरिन्छ तर, कास्कीकोटमा मात्र श्रीकृष्ण जन्मे पछि मात्र भोलि पल्ट दहिको होली खेलेर पर्व मानाउने गरिएको त्रिपाठीले बताए ।

    विगत १२ वर्ष देखि दहि जात्रालाई स्थानीहरुले दहिको होली एक आपसमा छेपेर मनाउने गरेका छन्। मन्दीरका व्यवस्थापक अमाली खिम बहादुर कार्कीका अनुसार जात्रामा अन्य साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो।

    दहिजात्रा विगत देखि सम्पदा संरक्षण मञ्च कास्कीकोट ,नेपाल वृन्दावनधाम र स्थानीयले संचालन गर्दे आएका छन्। आगामी वर्षहरुमा कास्कीकाटको उच्च भागमा रहेको औलधाममा गएर जात्रा समापन हुने भएको नेपाल वृन्दावन धाम कास्कीका अध्क्षय ओम प्रसाद सुवेदीले जानकारी दिए । दहि जात्रामा भजन चुट्का तथा विभिन्न झाँकी बाजागाजा सहित जात्रा गरिएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौ पर्वत महोत्सव आज देखी शुरु

    पर्वत । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सव आज देखी शुरुहुन गईरहेको...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं