SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/१० गते
    ३२४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।श्रीकृष्ण प्राकट्य उत्सवको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा आयोजित रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले पहिलो रक्तदाता मिलन केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन ।

    सो अवसरमा वोल्दै रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले विभिन्न संघ संस्थाहरुले आयोजना गरेको रक्तदान कार्यक्रमबाट रक्तसञ्चार केन्द्र पोखरामा कहिलेपनि रगतको अभाव नभएको वताए । विभिन्न विपत्तिका समयमा समेत रक्तसञ्चार केन्द्रमा रगतको अभाव नरहेको वताउदै उनले हरेक स्वस्थ ब्याक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सकिने र पछिल्लो समय गण्डकी प्रदेश सरकारको सहयोगमा रक्तसञ्चार केन्द्रबाट निशुल्क रगत प्रदान गरिरहेको उनको भनाइ रहेको थियो ।

    त्यस्तै श्रीकृष्ण प्रणामी सेवा समितिमा गत साउन १० देखी आयोजना भएको श्रीकृष्णवीतक एवं श्रीकृष्ण कथा प्रवचनका प्रमुख बाचक तुलसीस्वरुप महाराजले स्वास्थ्यनै धन भएकाले मानिसले स्वस्थ रहनका लागी समेत रक्तदान गर्न आवश्यक रहेको वताए । स्वस्थ मानिसले रक्तदान गरी रगत अभावमा परेका विरामीको उद्धार हुने भएकाले रक्तदान सेवा समेत रहेको उनको भनाइ रहेको थियो ।

    सो अवसरमा वोल्दै श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले श्रीकृष्ण प्रणामी मन्दिरमा धार्मिक कार्यक्रममात्र नभइ विभिन्न सामाजिक कार्यक्रमहरु समेत हुदै आएको वताउदै आफुहरुले स्वास्थ्य शिविर, आँखा शिविर रक्तदान कार्यक्रमहरुलाई समेत निरन्तरता दिदै आइरहेको र सोही अनुरुप श्रीकृष्ण जन्माष्टमीको अवसर पारी श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समितिको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको वताए ।

    श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको अध्यक्ष तोयानाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समितिका निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मी, समितिका निवर्तमान सदस्य देवी प्रसाद खतिवडा, श्रीकृष्ण प्रणामी सेवा समिति कास्की जिल्ला अध्यक्ष लिलाम्बर सापकोटा, बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली लगाएतले शुभकामना मन्तब्य राखेका थिएभने कार्यक्रमम पोखरा महानगरपालिका वडा नं ७ का निवर्तमान सदस्य दिनवन्धु पौडेल लगायतको उपस्थिती रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौ पर्वत महोत्सव आज देखी शुरु

    पर्वत । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सव आज देखी शुरुहुन गईरहेको...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं