
१पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
२शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
३गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
४विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
५मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
६प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
७गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
८पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
९मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
१०वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
११विद्यालयलाई शैक्षिक सामग्री सहयोग
१२जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
सन्देश श्रेष्ठ, पोखरा । पोखरामा आगामी साता हुने ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा १९ स्कुलले प्रतिष्पर्धा गर्ने भएका छन् । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा यहि भदौ १४ र १५ गते पोखरा सभागृहमा हुने दोश्रो संस्करणको खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा १९ स्कुल छनौट भएका हुन् ।
धेरै विद्यालयले सहभागिताका लागि आवेदन दिएपनि उनीहरुले पठाएको भिडियोको आधारमा १९ स्कुल छनौट गरिएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । धेरै नै स्कुलले सहभागिताका लागि आवेदन र भिडियो पठाएका थिए,उनले भने,‘तर हाम्रो जुरी कमिटीले १९ स्कुललाई मात्र अन्तिम प्रतिष्पर्धामा सहभागिताका लागि छनौट गरेको छ ।’
विद्यालय स्तरका कक्षा १२ सम्मका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा सैनिक आवासीय मावि पोखरा, मदरल्याण्ड सेकेण्डरी स्कुल (बी), मदरल्याण्ड सेकेण्डरी स्कुल (ए), न्यू डायमण्ड मावि, कास्की मोर्डनाईज्ड सेकेण्डरी स्कुल, प्रतिभा मावि, गुरुकुल विद्यासदन, पोखरा एकेडेमी, बालविद्या ईंग्लिस बोर्डिङ स्कुल र अल्फा बोर्डिङ स्कुल छनौट भएका छन् ।
त्यस्तै, लेविन्स रेसिडेन्सियल स्कुल, कालिका मावि, फिस्टेल एकेडेमी, प्रगती सेकेण्डरी स्कुल, ग्लोबल कलेजिट मावि, कुमुदिनी होम्स मावि, कान्तिपुर एकेडेमी, गण्डकी बोर्डिङ स्कुल र सगरमाथा मावि प्रतिष्पर्धाका लागि छनौट भएको अध्यक्ष गुरुङले जानकारी दिए । ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिता आउँदो शुक्रबार शुरु हुँदैछ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
संघका अनुसार भदौ १४ गते शुक्रबार १९ वटै स्कुलले आ–आफ्नो प्रस्तुती दिनेछन् । पूर्वाह्न ११ बजेदेखि शुरु हुने प्रतिष्पर्धामा सैनिक आवासीय माविले प्रस्तुती दिएपछि निरन्तर तालिका अनुसार नै प्रत्येक विद्यालयले प्रस्तुती दिने अध्यक्ष गुरुङले बताए । प्रतिष्पर्धी स्कुलका व्याण्डहरुले पहिलो दिन गण्डकी प्रदेशका सर्जकहरुको गीत प्रस्तुत गर्नुपर्नेछ । उनीहरुले दिएको प्रस्तुतीका आधारमा उत्कृष्ट १० दश फाइनलमा पुग्नेछन् ।
फाईनलमा पुगेका स्कुल व्याण्डहरुले प्रतियोगिताको अन्तिम दिन दुईवटा गीतहरु प्रस्तुत गर्नुपर्नेछ । जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्नुपर्ने अध्यक्ष गुरुङले बताए । सोहि प्रस्तुतीका आधारमा बिजेता, उपबिजेतालगायतको घोषणा गरिने उनको भनाई छ ।
संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले जानकारी दिए ।
प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने संघका अध्यक्ष गुरुङले बताए । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–उनले भने ।
संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ ।
प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईस लाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया