SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/९ गते
    ३३४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले सिद्धिने बाटोमा अगाडि बढेको टिप्पणी गरेका छन् । आज (आइतबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोडा चढेर प्रधानमन्त्री बनेसँगै एमाले सिद्धिने बाटोमा अगाडि बढेको बताएका हुन् ।

    प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकार पनि कांग्रेसको गतिमा अगाडि बढिरहेको उनले दाबी गरे । प्रधानमन्त्री ओलीलाई अहिले आफ्नो विवेकले काम गर्ने कुने छुट नरहेको उनको दाबी छ । नेता खनालले कांग्रेससँग मिलेर ओलीले सरकार बनाएसँगै एमाले पंतिमा विरोध, असन्तोष, आक्रोश बढेर गएको बताए ।

    ‘केपी ओलीको नेतृत्व घोर दक्षिणपन्थी अवसरवादतर्फ गयो । अब कांग्रेसको घोडा चढेर ऊ प्रधानमन्त्री भइरहेको छ । कांग्रेसको गतिभन्दा बाहिर केही पनि हिड्न पाउँदैन एमाले । घोडा जति डौडिन्छ, त्यति न हो दौडने । त्यस कारणले अहिले कांग्रेसको गतिमा एमाले नेतृत्व हिँड्दैछ । त्यसकारण एमाले पंतिमा विरोध, असन्तोष, आक्रोश निरन्तर बढेर गइरहेको छ । नेतृत्व र पंतिबीचको अन्तरविरोध बढ्दो अवस्थामा छ । असन्तुष्टि बढ्दो अवस्थामा छ । उनीहरु हामीलाई सिध्याउने कुरा गर्छन्, तर उनीहरु आफैं सिद्धिने बाटोमा छन्,’– उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौ पर्वत महोत्सव आज देखी शुरु

    पर्वत । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सव आज देखी शुरुहुन गईरहेको...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं