SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/८ गते
    २४२ &#२३४६;&#२३३५;&#२३२५;

    राजाराम पौडेल,पोखरा। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । शनिबार पोखरामा फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीले आयोजना गरेको वार्षिक साधारण सभा एवम् १२ औँ अधिवेशनको उद्‌घाटन गर्दै उनले व्यवसायमा अस्वस्थ प्रतिष्पर्धा भने गर्न नहुनेमा सचेत गराए । ‘व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ, अस्वस्थ प्रतिष्पर्धा गर्नुहुँदैन’ उनले भने ।

    स्वदेशी उत्पादनको उपयोगमा जोड दिएका उनले त्यसको प्रयोग गर्नको लागि ऐन नियमावली मार्फत परेका समस्या फुकाउन सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।

    ‘हाम्रो उत्पादन हामी उपयोग गरौँ र हामीले वन ऐन नियमावली संशोधन गर्नुपर्ने विषयहरूलाई राम्रोसँग तपाइहरूले प्रष्ट पार्नुहोस्’ उनले आग्रह गरे‌ ।

    धराशायी हुँदै गरेको व्यवसायको क्षेत्रमा नयाँ सरकारको गठन पश्चात सुधारका केही सङ्केत देखिन थालेको उनको दावी थियो । नेप्सेमा भएको वृद्धि त्यसको एउटा उदाहरण भएको बताएका उनले निष्कृय पैसालाई सक्रिय बनाउनुपर्ने बताए । फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर बनाउनको लागि उनले व्यवसायीसँग आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौ पर्वत महोत्सव आज देखी शुरु

    पर्वत । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सव आज देखी शुरुहुन गईरहेको...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं