SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/७ गते
    ४७१ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर उजाड, पोखरा । पोखराको शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्न लागेको राष्ट्रिय स्तरको श्रीकृष्ण भजन प्रतियोगिताको तयारी तिव्र वनाएको छ ।

    हिन्दु धर्मालम्वीको पवित्र पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा यही भाद्र १० गते स्थानिय पोखरा १६ वाटुलेचौरको खेल मैदानमा हुने धार्मिक झाँकी सहितको प्रतियोगिताको तयारी तिव्र पारिएको प्रतिष्ठानका अध्यक्ष हरि वहादुर वरुवालले जानकारी दिए ।

    विगत २५ वर्षदेखि निरन्तर रुपमा प्रतियोगिता गर्दै आईरहेको प्रतिष्ठानले यस वर्ष प्रतियोगिता संचालनको रजत जयन्ती समारोहका साथमा कार्यक्रमलाई विशेष वनाउने गरी तयारी तिव्र पारेको र आन्तरिक वाहेकका वाह्य तयारी अन्तिम चरणमा पुगेको वताईएको छ ।

    प्रतियोगिता संचालनका लागि करिव १६ लाख रुपैयाँ खर्च लाग्ने र उक्त रकम विभिन्न सहयोगी संघ संस्था एवं दाताहरुवाट संकलन गरिने लक्ष्यका साथ विभिन्न संस्था, व्यवसायीको घर दैलोमा पुगी सहयोग आव्हान गरिएको अर्थ संकलन उपसमितिका संयोजक कुलवहादुर खत्रीले जानकारी दिए ।

    उनका अनुसार विभिन्न संघ, संस्था, व्यक्तिले तत्कालै सहयोग गरेको र केहीले आश्वासन दिएको वताए ।प्रतियोगितामा उल्लेख्य सहभागिता जनाउने गरी प्रचार प्रसारलाई समेत तिव्रता दिईएको तथा घरदैलो र पत्राचार मार्फत छिमेकी जिल्लाका धार्मिक संघ संस्थालाई पनि सहभागिताका लागी आव्हान गरिएको प्रचार प्रसार उपसमितिका संयोजक राम प्रसाद पौडेल घर्मेलीले वताए ।

    प्रतियोगितामा कास्की सहित छिमेकी जिल्ला तनहुँ, पर्वत, स्याग्जा,पाल्पा, लम्जुङ्ग, म्याग्दी लगायतका जिल्लावाट सहभागी हुने प्रतिष्ठानले जनाएको छ । प्रतियोगितालाई व्यवस्थित रुपमा संचालन गर्न अध्यक्ष वरुवालको संयोजकत्वमा मुल आयोजक समिति, सल्लाहकार समिति र विभिन्न ११ वटा उपसमिति गठन गरि तयारी तिव्र पारिएको प्रतिष्ठानले जनाएको छ । विभिन्न उपसमितिले आ आफ्नो जिम्मामा परेका कार्यलाई अन्तिम चरणमा पुर्याएका छन् ।

    https://youtu.be/GIWL8V2f_io?si=cF0KYw0co5OHBY7t

    प्रतियोगितामा प्रथम हुने टोलिलाई नगद रु १ लाख र प्रमाणपत्र, दोस्रो हुनेलाई ७५ हजार, प्रमाणपत्र, तेस्रो हुनेलाई नगद ५० हजार, प्रमाणपत्र, सान्त्वना हुने टोलिलाई नगद २५ हजार प्रमाणपत्र र सहभागी टोलिलाई प्रोत्साहन स्वरुप नगद ५ हजार पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सचिव दिपेन्द्र वाँनियाले जानकारी दिए । नेपाली कला, संस्कृति र साहित्यको उत्थानकै निम्ती २०५७ सालवाटै प्रतियोगिता संचालन गरिएको सचिव वाँनियाले वताए । यस वर्ष आयोजना हुने भजन प्रतियोगिता २५ औं संस्करणको हो ।

    जनकवि केशरी स्व. धर्मराज थापा, कवि स्व.कुल वहादुर केसीको परिकल्पनामा वि.सं २०४५ सालमा स्थापना भएको प्रतिष्ठानले शुक्ला साहित्य राष्ट्रिय पुरस्कार स्थापना, लोककवि चेतवहादुर वरुवाल स्मृति अक्षयकोष, मदनचन्द्रा स्मृति साहित्य एवं समाजसेवा अक्षयकोष र वाल साहित्य पुरस्कारसमेतस्थापना गरी वितरण गर्दै आईरहेको र वेलावेलामा कवि गोष्ठी, साहित्य वाचन श्रृंखला समेत संचालन गरेको प्रतिष्ठानले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौ पर्वत महोत्सव आज देखी शुरु

    पर्वत । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सव आज देखी शुरुहुन गईरहेको...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं