
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
शिशिर उजाड, पोखरा । पोखराको शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गर्न लागेको राष्ट्रिय स्तरको श्रीकृष्ण भजन प्रतियोगिताको तयारी तिव्र वनाएको छ ।
हिन्दु धर्मालम्वीको पवित्र पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा यही भाद्र १० गते स्थानिय पोखरा १६ वाटुलेचौरको खेल मैदानमा हुने धार्मिक झाँकी सहितको प्रतियोगिताको तयारी तिव्र पारिएको प्रतिष्ठानका अध्यक्ष हरि वहादुर वरुवालले जानकारी दिए ।
विगत २५ वर्षदेखि निरन्तर रुपमा प्रतियोगिता गर्दै आईरहेको प्रतिष्ठानले यस वर्ष प्रतियोगिता संचालनको रजत जयन्ती समारोहका साथमा कार्यक्रमलाई विशेष वनाउने गरी तयारी तिव्र पारेको र आन्तरिक वाहेकका वाह्य तयारी अन्तिम चरणमा पुगेको वताईएको छ ।
प्रतियोगिता संचालनका लागि करिव १६ लाख रुपैयाँ खर्च लाग्ने र उक्त रकम विभिन्न सहयोगी संघ संस्था एवं दाताहरुवाट संकलन गरिने लक्ष्यका साथ विभिन्न संस्था, व्यवसायीको घर दैलोमा पुगी सहयोग आव्हान गरिएको अर्थ संकलन उपसमितिका संयोजक कुलवहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार विभिन्न संघ, संस्था, व्यक्तिले तत्कालै सहयोग गरेको र केहीले आश्वासन दिएको वताए ।प्रतियोगितामा उल्लेख्य सहभागिता जनाउने गरी प्रचार प्रसारलाई समेत तिव्रता दिईएको तथा घरदैलो र पत्राचार मार्फत छिमेकी जिल्लाका धार्मिक संघ संस्थालाई पनि सहभागिताका लागी आव्हान गरिएको प्रचार प्रसार उपसमितिका संयोजक राम प्रसाद पौडेल घर्मेलीले वताए ।
प्रतियोगितामा कास्की सहित छिमेकी जिल्ला तनहुँ, पर्वत, स्याग्जा,पाल्पा, लम्जुङ्ग, म्याग्दी लगायतका जिल्लावाट सहभागी हुने प्रतिष्ठानले जनाएको छ । प्रतियोगितालाई व्यवस्थित रुपमा संचालन गर्न अध्यक्ष वरुवालको संयोजकत्वमा मुल आयोजक समिति, सल्लाहकार समिति र विभिन्न ११ वटा उपसमिति गठन गरि तयारी तिव्र पारिएको प्रतिष्ठानले जनाएको छ । विभिन्न उपसमितिले आ आफ्नो जिम्मामा परेका कार्यलाई अन्तिम चरणमा पुर्याएका छन् ।
https://youtu.be/GIWL8V2f_io?si=cF0KYw0co5OHBY7t
प्रतियोगितामा प्रथम हुने टोलिलाई नगद रु १ लाख र प्रमाणपत्र, दोस्रो हुनेलाई ७५ हजार, प्रमाणपत्र, तेस्रो हुनेलाई नगद ५० हजार, प्रमाणपत्र, सान्त्वना हुने टोलिलाई नगद २५ हजार प्रमाणपत्र र सहभागी टोलिलाई प्रोत्साहन स्वरुप नगद ५ हजार पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सचिव दिपेन्द्र वाँनियाले जानकारी दिए । नेपाली कला, संस्कृति र साहित्यको उत्थानकै निम्ती २०५७ सालवाटै प्रतियोगिता संचालन गरिएको सचिव वाँनियाले वताए । यस वर्ष आयोजना हुने भजन प्रतियोगिता २५ औं संस्करणको हो ।
जनकवि केशरी स्व. धर्मराज थापा, कवि स्व.कुल वहादुर केसीको परिकल्पनामा वि.सं २०४५ सालमा स्थापना भएको प्रतिष्ठानले शुक्ला साहित्य राष्ट्रिय पुरस्कार स्थापना, लोककवि चेतवहादुर वरुवाल स्मृति अक्षयकोष, मदनचन्द्रा स्मृति साहित्य एवं समाजसेवा अक्षयकोष र वाल साहित्य पुरस्कारसमेतस्थापना गरी वितरण गर्दै आईरहेको र वेलावेलामा कवि गोष्ठी, साहित्य वाचन श्रृंखला समेत संचालन गरेको प्रतिष्ठानले जनाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया