SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/६ गते
    ३९० &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पौडेल, पोखरा । त्रिभुवन विश्वविद्यालयबाट संचालित स्नातक तह व्यवस्थापन संकाय तर्फको नतिजामा पोखराको विन्ध्यवासिनी क्याम्पस उत्कृष्ट भएको छ ।

    बाटुलेचौरमा रहेको क्याम्पसवाट बिबिएस दोस्रो वर्षको सार्वजनिक नतिजामा क्याम्पसबाट सहभागी निर्मला रेग्मीले ७९.४ प्रतिशत नतिजा प्राप्त गरेकी छन्। उनले प्राप्त गरेको नतिजा देशभरकै उत्कृष्ट रहेको क्याम्पसले दावी गरेको छ।

    क्याम्पसका प्राध्यापक माधव अधिकारीले आफ्नो विद्यार्थीले प्राप्त गरेको नतिजा देशभरकै उत्कृष्ट रहेको दाबी गरे ।उनले क्याम्पसको वातावरण शिक्षा केन्द्रित र गुणस्तरीय शिक्षाको हकमा कुनै कन्जुस्याइँ नगरेका कारण नतिजा उत्कृष्ट आएको दावी गरे ।

    क्याम्पसले उत्कृष्ट नतिजा ल्याउने रेग्मीलाई बधाई ज्ञापन समेत गरेको छ। अनुभवी प्राध्यापकहरूबाट अध्यापन हुने उक्त क्याम्पसले विविएसमा नयाँ भर्ना समेत खुला गरेको जनाइएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौ पर्वत महोत्सव आज देखी शुरु

    पर्वत । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सव आज देखी शुरुहुन गईरहेको...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं