SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/५ गते
    ३४८ &#२३४६;&#२३३५;&#२३२५;

    गोरखा । २२ वर्षीया महिलालाई बन्धक बनाएर हत्या गर्न खोजेको आरोपमा श्रीमान र ससुरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ फिनामका महमद अफजल मिया र उनका बुवा महमद अहमद मिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।

    ‘नाताले श्रीमती एवं बुहारी पर्ने फरिदा खातुनलाई उनीहरुले दुई दिनदेखि कोठामा बन्धक बनाएर केही पनि खान नदिइ राखेका रहेछन्,’ उनले भने, ‘कोठाभित्रको खाबोमा ती महिलालाई बाँधेर मार्ने उदेश्य सहित लौरी, पेटी, खुकुर र चक्कु समेतले प्रहार गरेको भन्ने पनि छ ।’ घरभित्र थुनेर गएको अवस्थामा भाग्न सफल भएपछि ती महिलाले आफ्ना श्रीमान र ससुराविरुद्ध जाहेरी दिएकी थिइन् ।

    सोही जाहेरीको आधारमा उनीहरुलाई आइतवार पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले बताए । पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=BMPlzkzxuDdL2ez0

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौ पर्वत महोत्सव आज देखी शुरु

    पर्वत । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सव आज देखी शुरुहुन गईरहेको...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं