
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पोखरा ।मगर जातिको भाषा, धर्म तथा कला संस्कृति सम्बन्धि अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि मिस मगर नेपाल २०२४ का प्रतियोगीहरु स्याङ्जाको चित्रे पुगेका छन् । एसटी क्रियसन म्यानेजमेन्ट प्रालीको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुने मिस मगर समुदायको भाषा, तथा संस्कृति सम्बन्धि अध्ययन तथा अनुसन्धानका लागि स्याङ्जाको चित्रेमा कार्यक्रम आयोजना गरिएको हो ।
ग्राण्ड फिनालेका लागि छनोट भएका ११ जना प्रतिस्पर्धीसहित पोखराबाट मगर समुदायको भाषा, कला, संस्कृतिको अध्ययनको लागि स्याङ्जाको चित्रेमा शुक्रबार र शनिबार अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिइन् ।
मिस मगर नेपाल २०२४ का प्रतियोगिहरुलाई मगर भाषा तथा संस्कृति सम्बन्धी अध्ययन भ्रमण एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै स्याङ्जाको हरिनास गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले मगर समुदायको भाषा, संस्कृति पुस्तान्तरण हुन आवश्यक रहेको बताइन् ।
मिस मगर नेपालका प्रतियोगिहरुलाई अध्ययन भ्रमणका लागि यहाँ ल्याउनुभएकोमा हामी खुशी छौं’, उपाध्यक्ष रानाले भनिन्, ‘स्याङ्जाको चित्रे मगर समुदायको बाहुल्यता भएको गाउँ हो, यहाँ मगर भाषा, संस्कृतिहरु अझै पनि रहेका छन्, मगर भाषा, सस्कृति हामीले पुस्तान्तरण गर्न आवश्यक छ, यस प्रतियोगिताले पक्कैपनि मगर समुदायको भाषा, संस्कृति संरक्षणमा सहयोग पु¥याउँछ भन्ने विश्वास लिएको छु ।’
कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष एवम् भ्रमण संयोजक पवित्रा थापा मगरले मगर समुदायको भाषा, संस्कार–सस्कृति बुझाउन सहयोग पु¥याउने उद्धेश्यले चित्रे गाउँलाई रोजेको बताईन् ।
एसटी क्रियसन म्यानेजमेन्ट एवम् मिस मगर नेपालका निर्देशक सुरज थापा मगरले मगर युवतीहरुको नेतृत्व विकाससँगै भाषा, संस्कृति, इतिहास बुझाउन प्रतियोगिताहरु आयोजना गर्दै आएको बताए । ‘मिस मगर नेपाल २०२४ आयोजना गर्दै गर्दा हामी अहिले सातौ संस्करणको ग्राण्ड फिनालेमा आइपुगेका छौं, नेपालको विभिन्न जिल्लाबाट २० जना प्रतियोगिहरु छनोट हुनुभएको थियो’, थापाले भने, ‘विभिन्न चरणहरु पार गर्दै अहिले ग्राण्ड फिनालेका लागि ११ जना अन्तिम चरणमा छनोट हुनुभएको छ, उहाँहरुलाई मगर समुदायको परम्परा, भाषा, संस्कृतिसँगै नेतृत्व तथा व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना गरेका हौं ।’
कार्यक्रममा मिस मगर नेपाल २०२४ का शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिका निर्देशक बिरबहादर राना (विरेन), नेपाल मगर संघ कास्कीका सहसचिव शिव थापा, चित्रेका टोल संयोजक पहलसिंह राना मगर लगायतले बोलेका थिए ।
मिस मगरका प्रतिस्पधीहरुलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास, भेषभुषा, कला र संस्कृति लगायतका तालिमहरुसमेत प्रदान गर्दै आएको आयोजकले जनाएको छ ।
मगर समुदायको भाषा, तथा संस्कृति सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि गएको मिस मगर नेपाल २०२४ का प्रतियोगिहरुलाई हरिनास गाउँपालिका–४ चित्रेका मगर समुदायले रोधिखोलादेखि पिपल डाँडासम्म मगर समुदायको मौलिक कौराहा, झाबुरा, पञ्चेबाजासहित स्वागत तथा सम्मान गरिएको थियो ।
कार्यक्रम एसटी क्रियसन म्यानेजमेन्टका अध्यक्ष मानबहादुर घर्ति (एमबी)को अध्यक्षता, प्रतियोगिता निर्देशक सुरज थापामगरको स्वागत र कार्यक्रम संयोजक रुद्र श्रीस मगरको सञ्चालनमा सम्पन्न भएको थियो । मिस मगर नेपाल २०२४ को ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुँदै छ । कार्यक्रमको मिडिया पार्टनरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र मगर संसार फोटो ग्यालरी रहेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया