
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले संस्कार सहितको शिक्षाको आजको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन कास्कीले शनिबार आयोजना गरेको अभिभावक अभिमुखीकरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् ।
अभिभावकको अज्ञानताले, बालबालिकाप्रति गरिने नकारात्मक व्यवहारले उसको जीवनमा नकरात्मक प्रभाव पर्ने बताउँदै मन्त्री थापाले अभिभावकले यसमा विशेष ध्यान दिनुपर्ने बताए । बाबुआमा हजुरबा हजुरआमाका आनी बानी बोली व्यवहार बच्चाले नजिकबाट नियालिरहेको हुनाले त्यसै अनुरुपको सिकाई प्रति अभिभावक चनाखो हुनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
“समाज परिवर्तनसँगै अभिभावकको भूमिका पनि परिवर्तन भएको छ । अन्तर पुस्ता जोड्ने, बाबुआमा वा मान्यजनप्रति गरिने व्यवहार, संस्कार र संस्कृति सिकाउने जिम्मा पनि अभिभावककै हो ।”, उनले भने ।
समाजमा भएका ज्ञान गुणका कुरा, शास्त्रमा भएका ज्ञान गुणका कुरा र बाहिरी जगतमा भएका ज्ञान गुणका कुरा अभिभावकबाट नै बालबालिकाले सिक्ने हुँदा सकरात्मक चिन्तनको विकास तर्फ लाग्नुपर्ने उनले बताए । बालबालिकाको उत्सुकता र आवश्यकतालाई अभिभावकहरुले सही सम्बोधन गर्न सकेमात्र उनीहरुमा आत्मविश्वास र आत्मसम्मान बढ्ने भनाई उनको छ । शिक्षित र सुसंस्कृत अभिभावकले आफ्ना बालबालिकाहरुको मनोविज्ञान बुझेर सोही अनुरुप मार्गदर्शन गर्नुपर्ने उनले बताए ।
सामाजिक सञ्जालको सही प्रयोग गर्ने बाटोमा आफ्ना बालबालिकालाई डोह¥याउन अभिभावक स्वयमले सामाजिक सञ्जालको समुचित प्रयोग गर्नुपर्ने धारणा मन्त्री थापाको छ । विगतमा विद्यार्थीहरुलाई मात्र केन्द्रित गरी विभिन्न कार्यक्रमहरु गर्ने गरिएकोमा अहिले अभिभावकहरुलाई समेत समेट्ने गरी प्रदेश सरकारले कार्यक्रम तय गरेको जानकारी उनले गराए । प्रदेश सरकारले यस आर्थिक वर्षदेखि अभिभावक शिक्षा तथा वृत्ति परामर्श, मानव मूल्य र सीपको विकास जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेको भनाई उनको छ ।
शिक्षक विद्यार्थी प्रतिभा पहिचान, असल अभ्यास प्रवर्द्धन, सिक्दै कमाउदै कार्यक्रम, सिकाउनका लागि पढाइ कार्यक्रम, न्यून सिकाइ उपलव्धि भएका विषयमा अतिरिक्त कक्षाको व्यवस्था, विद्यार्थीहरुका लागि सृजनात्मक लेखन र बालबालिकाहरुका लागि साहित्यिक पुस्तक वितरण कार्यक्रमका साथै सिकाउनका लागि पढाई लगायतका महत्वपूर्ण कार्यक्रमहरु यो आवमा कार्यान्वयन हुने उनले बताए । यसका साथै शिक्षक विद्यार्थी, अभिभावक लगायतका सरोकारवालाहरुमा आत्म अनुसाशन वृद्धि गर्ने अभिप्रायले प्रदेश सरकारले यसै आ.व. देखि प्रदेशभर योग ध्यान र जीवनविज्ञानका कार्यक्रम पनि सञ्चालन गर्दैछ ।
प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिका प्रसाद आचार्यले शिष्टता, सालिनता, परिश्रमीको शिक्षा अभिभावकले नै बालबालिकालाई सिकाउन सक्ने बताए । धनको लगानी भन्दा पनि मनको लगानीको आवश्यकता रहेको उनको भनाई छ ।नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले अब सीप सहितको शिक्षा आवश्यकता भएको उल्लेख गरे । समयानुसारको शिक्षाले नै विद्यार्थीमा परिवर्तन आउने भनाई उनको छ । गह्रङगो पाठ्यक्रमलाई हलुका बनाउन तर्फ लाग्नुपर्ने आवश्यकता रहेको उनले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया