
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पोखरा । लायन्स क्लब इनटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तरगत रिजन १२ मा रहेका पाँच वटा क्लबको संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा लेखनाथ, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारी, लायन्स क्लब अफ पोखरा आरम्भ चौतारी, लायन्स क्लब अफ पोखरा उन्नति चौतारी र लायन्स क्लब अफ पोखरा भिजिटले संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम आयोजना गरेका हुन् ।
गण्डकी प्रदेश सरकारका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा पोखराको साइमन पार्टी प्यालेसमा आयोजित कार्यक्रममा महिला उद्यमी तथा समाजसेवी हेम कुमारी पुनलाई सम्मान अर्पण गरियो । समाजसेवा तथा महिला उद्यमीको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री देवकोटाले लायन्स क्लब नेतृत्व विकास गर्ने संस्था रहेको बताए । कार्यकाल एकवर्षे हुने र नेतृत्व नदोहोरिने विशेषता भएको कारण यो गतिशील रहेको र सदस्यको स्तरवृद्धि गर्दै लैजाने विषयलाई राजनीतिक दलले समेत सिको गर्नुपर्ने बताए । राजनीतिमा सँधै एउटै व्यक्ति एउटै पदमा बसेर नेतृत्व विकासमा बाधक बन्ने गरेकोमा यसबाट शिक्षा दिलाउन लायन्सकर्मीले राजनीतिक नेतृत्वलाई झकझकाउने र खबरदारी गर्नु पर्नेमा जोड दिए ।
मन्त्री देवकोटाले लायन्सले सामाजिक कार्यमा गरेको योगदान तथा विपद्मा गरेको सहयोगको खुलेर प्रशंसा गरे । गण्डकी प्रदेश सरकारलाई मध्यावधिमा जान नदिनका लागि आफूले योगदान गर्दा मुद्दा खेपेर पदविहिन हुनुपरेको समेत गुनासो गरे । उपयुक्त कार्ययोजना लिएर आएको खण्डमा लायन्सले गर्ने कार्यक्रममा आवश्यकताको आधारमा सहयोग गर्ने वाचा समेत उनले गरे ।
लायन्स क्लब इनटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट गर्भनर तथा पदस्थापना अधिकृत मिलन थापाले वर्ष वर्ष २०२४–२०२५ का अध्यक्ष, पदाधिकारी र सदस्यको पदस्थापना गराइन् । पदस्थापना कार्यमा उनलाई सेकेन्ड भाइस डिस्ट्रिक्ट गर्भनर प्रजापति बाँस्तोलाले साथ दिए । डिस्ट्रिक्ट गर्भनर थापाले इन्टरनेसनल प्रेसिडेन्ट फ्याब्रीसियो एलिभेराको ‘मेक योर मार्क’ र आफूले अगाडि सारेको ‘खुशी बाँडौ’ थिमलाई ध्यान दिएर कार्यक्रम गर्नको लागि अनुरोध गरिन् ।
सो कार्यक्रममा वर्ष २०२३–२०२४ मा गरेका कामको प्रतिवेदन टिका बहादुर लम्साल, लिला तिमिल्सेना, ई.रविन सुवेदी र हिरामणि भुसालले प्रस्तुत गरे । वर्ष २०२४–२०२५ का अध्यक्ष ई. सागर भट्टराई, चित्र बहादुर गुरुङ, कृष्ण कुमारी कुँवर, अर्जुन भुजेल, हिरामणि भुसालले जिम्मेवारी प्राप्त गरे पश्चात गरेका काम तथा भावी योजना बारेमा अवगत गराए ।
कार्यक्रममा डिस्ट्रिक्ट एसिस्टेन्ट चिफ एडभाइजर सन्तोष घिमिरे, पढाउ अभियानका चिफ घनश्याम ढुंगाना, रिजन १२ का रिजन चियर पर्सन तथा कार्यक्रम संयोजक मोहनराज आचार्य, जोन चियर पर्सन महेश्वर रिमाल र चेत बहादुर कुमाल, सम्मानित महिला उद्यमी हेम कुमारी पुन, डिस्ट्रिक्ट को चिफ ओरेन्टेसन राजाराम पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रमको आर्कषणको रुपमा सांस्कृतिक प्रस्तुती समेत रहेको थियो । सोही कार्यक्रम मार्फत आयोजक क्लबहरुले डिस्ट्रिक्ट तथा इन्टरनेशनलका कार्यक्रमका लागि सहयोग हस्तान्तरण समेत गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया