
१आठौ पर्वत महोत्सव आज देखी शुरु
२पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै
३हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो
४गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत
५“पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”
६जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु
७एकता आवासीय माविद्वारा ‘वृहत शैक्षिक प्रदर्शनी’ सम्पन्न
८पर्वत कारागार प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
९पर्वतका विद्यालयबीच टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै
१०दूरसञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा
११पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु
१२हेमजा युनाईटेले न्यानो कपडा तथा स्टेशनरी वितरण
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
६मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
७‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग
८वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न
९सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै
१०कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
११फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण
१२मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास
पोखरा । लायन्स क्लब इनटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तरगत रिजन १२ मा रहेका पाँच वटा क्लबको संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा लेखनाथ, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारी, लायन्स क्लब अफ पोखरा आरम्भ चौतारी, लायन्स क्लब अफ पोखरा उन्नति चौतारी र लायन्स क्लब अफ पोखरा भिजिटले संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम आयोजना गरेका हुन् ।
गण्डकी प्रदेश सरकारका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा पोखराको साइमन पार्टी प्यालेसमा आयोजित कार्यक्रममा महिला उद्यमी तथा समाजसेवी हेम कुमारी पुनलाई सम्मान अर्पण गरियो । समाजसेवा तथा महिला उद्यमीको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री देवकोटाले लायन्स क्लब नेतृत्व विकास गर्ने संस्था रहेको बताए । कार्यकाल एकवर्षे हुने र नेतृत्व नदोहोरिने विशेषता भएको कारण यो गतिशील रहेको र सदस्यको स्तरवृद्धि गर्दै लैजाने विषयलाई राजनीतिक दलले समेत सिको गर्नुपर्ने बताए । राजनीतिमा सँधै एउटै व्यक्ति एउटै पदमा बसेर नेतृत्व विकासमा बाधक बन्ने गरेकोमा यसबाट शिक्षा दिलाउन लायन्सकर्मीले राजनीतिक नेतृत्वलाई झकझकाउने र खबरदारी गर्नु पर्नेमा जोड दिए ।
मन्त्री देवकोटाले लायन्सले सामाजिक कार्यमा गरेको योगदान तथा विपद्मा गरेको सहयोगको खुलेर प्रशंसा गरे । गण्डकी प्रदेश सरकारलाई मध्यावधिमा जान नदिनका लागि आफूले योगदान गर्दा मुद्दा खेपेर पदविहिन हुनुपरेको समेत गुनासो गरे । उपयुक्त कार्ययोजना लिएर आएको खण्डमा लायन्सले गर्ने कार्यक्रममा आवश्यकताको आधारमा सहयोग गर्ने वाचा समेत उनले गरे ।
लायन्स क्लब इनटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट गर्भनर तथा पदस्थापना अधिकृत मिलन थापाले वर्ष वर्ष २०२४–२०२५ का अध्यक्ष, पदाधिकारी र सदस्यको पदस्थापना गराइन् । पदस्थापना कार्यमा उनलाई सेकेन्ड भाइस डिस्ट्रिक्ट गर्भनर प्रजापति बाँस्तोलाले साथ दिए । डिस्ट्रिक्ट गर्भनर थापाले इन्टरनेसनल प्रेसिडेन्ट फ्याब्रीसियो एलिभेराको ‘मेक योर मार्क’ र आफूले अगाडि सारेको ‘खुशी बाँडौ’ थिमलाई ध्यान दिएर कार्यक्रम गर्नको लागि अनुरोध गरिन् ।
सो कार्यक्रममा वर्ष २०२३–२०२४ मा गरेका कामको प्रतिवेदन टिका बहादुर लम्साल, लिला तिमिल्सेना, ई.रविन सुवेदी र हिरामणि भुसालले प्रस्तुत गरे । वर्ष २०२४–२०२५ का अध्यक्ष ई. सागर भट्टराई, चित्र बहादुर गुरुङ, कृष्ण कुमारी कुँवर, अर्जुन भुजेल, हिरामणि भुसालले जिम्मेवारी प्राप्त गरे पश्चात गरेका काम तथा भावी योजना बारेमा अवगत गराए ।
कार्यक्रममा डिस्ट्रिक्ट एसिस्टेन्ट चिफ एडभाइजर सन्तोष घिमिरे, पढाउ अभियानका चिफ घनश्याम ढुंगाना, रिजन १२ का रिजन चियर पर्सन तथा कार्यक्रम संयोजक मोहनराज आचार्य, जोन चियर पर्सन महेश्वर रिमाल र चेत बहादुर कुमाल, सम्मानित महिला उद्यमी हेम कुमारी पुन, डिस्ट्रिक्ट को चिफ ओरेन्टेसन राजाराम पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रमको आर्कषणको रुपमा सांस्कृतिक प्रस्तुती समेत रहेको थियो । सोही कार्यक्रम मार्फत आयोजक क्लबहरुले डिस्ट्रिक्ट तथा इन्टरनेशनलका कार्यक्रमका लागि सहयोग हस्तान्तरण समेत गरेका थिए ।
१भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार
२इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण
३चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न
४पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा
५पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने
प्रतिक्रिया