News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    पर्वत कुश्मा नारी समुहको सर्बेश्वर महादेव मन्दिरमा प्रसाद बितरण कार्यक्रम सम्पन्न

    पर्वत । पर्वत जिल्लामा रहेको पर्वत कुश्मा नारी समुहको आज साउन अन्तिम सोमबार  सर्बेश्वर महादेव मन्दिरमा प्रसाद बितरण साथै भजन कृर्तन कार्यक्रम सम्पन्न भएको छ । समुहका दिदीबहिनीले विभिन्न चाडपर्वहरुमा सामाजिक कार्य गर्दै आईरहेको छन ।

    नारी समुहका दिदिबहिनिहरुले आफ्नो स्व ईच्छाले रकम सकंलन गरेर मन्दिरमा आउने भक्तजनलाई प्रसादको ब्यबस्था गरेको समुहकी अध्यक्ष अनिता सपकोटाले बताउनु भयो ।

    हामिले गर्ने अनेकौ खर्चबाट थोरै मात्रा घटायो भने पनि समाजिक कार्य गर्न खासै गार्हो नहुने समुहकी संस्थापक चित्रकला भारतीले बताउनु भयो । आफ्नो ब्यत्तिगत खर्च उठाएर प्रसाद बितरण तथा भजनकृतन गरेको मा भक्तजनहरुले धन्यबाद ब्यक्त गरेका थिए ।

    पर्वत कुश्मा नारी समुहका दिदीबहिनी बाट साउन महिनाको अन्तिम सोमबार कुश्माको फिल्महल नजिकै रहेको सर्बेश्वर महादेव मन्दिरमा प्रसाद बितरण तथा भजनकृतन भईरहेको छ। उहाँहरुको सामाजिक कार्यलाई उच्च सम्मान छ ।

    प्रतिक्रिया

    ट्रेन्डिङ